३ आश्विन २०८१, बिहिबार | September 19, 2024

श्राद्धको सौन्दर्य


September 18, 2024
747
Shares

रोशण शाहा: हाम्रा मन मस्तिष्कमा माथिका जस्ता भावनाहरू जब हामी भौतिक, मानसिक, संस्कारीक एवम् धार्मिक चौतर्फी कङ्गाली वा दिवालियापनको दलदलमा भास्सिन्छौँ, तबमात्रै हाम्रा मनमा यस्ता दीनहीन दुर्भावनाहरू सल्वलाउँछन् होला !!!

तर यदि हाम्रो संस्कार संमृद्ध छ, स्वच्छ हृदय छ भने, हामी अग्रज मातापिता पितृहरूलाई जीवित छँदा पनि मायाँ सेवा श्रुसार एवम् श्रद्धा गर्दछौँ र मृत्यू पर्यन्त पनि गरिरहन्छौँ । सँधै बराबरी प्रेम श्रद्धा समर्पणको भाव रहिरन्छ । अँझ हामीलाई मृत पितृहरू प्रति झनै अनुग्रहित भएर, भौतिक साथ गुमाएको अनुभव, केही गर्ने धोको बाँकी नै रहेको हुट्हुटीले उहाँहरूको सँधै ऋणी रहेको अनुभूति गर्दछौँ ।

जसरी आरन्यसंस्कार दिएर संस्कारीत गर्ने ऋषि र श्रृष्टी गर्ने भगवान प्रति हामी आफुलाई सँधै अनुग्रही वा ऋणी ठान्दछौँ । सनातन सभ्यताको हिन्दू संस्कारमा पितृ ऋण, ऋषि ऋण र देव ऋण तिरेर पनि तिर्न नसकीने मान्दछौँ । यही त्रिऋणको बन्धन प्रतिक आफूलाई ऋणमा बाँधियकाछौँ भनि सम्झन, गृहस्तका गृहस्थी कर्ममा व्यस्त हुँदा सो ऋणको बोध सँधै भैराखोस भनि जनाउँ दिन तिन ऋण का प्रतिक तिन तिन धागो ले बनेको जनै लगाउँछौँ ।

जनै ग्रहणगर्ने संस्कारलाई उपनयन (उप नयन) संस्कार भन्दछौँ । नयन भनेको आँखा एवम् दृष्टि हो । आँखाले देख्ने भौतिक वाहिय जगतको दृष्य हो । उपनयन भनेको आँखाले देखिने भौतिक वाहिय जगतको दृष्य भन्दा पृथक, आन्तरिक अध्यात्मिक ज्ञानको दृष्य बोध हो । यस्तो बोधदृष्टि जस्मा जन्म दिने पितृ, वैदिक आरण्य संस्कार दिने ऋषि र ब्रह्माण्ड को श्रृष्टि गर्ने भगवान प्रति अनुग्रहित उत्तरदायी ऋणि भएको बोध भएर पितृ, ऋषि र भगवान् लाई सम्मान, श्रद्धा, प्रार्थना र पूजा गर्ने वैदिक सनातनी हिन्दू संस्कार छ !

सनातन हिन्दू धर्मको यो संस्कार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सोह्र श्राद्ध भनिन्छ । यो पितृहरूको सामूहिक स्मरण, श्रद्धा, प्रार्थना, पूजा गरी धार्मिक विधिवत् तरीकाले अआफ्ना पितृको मृत्यू तिथिमा परिवारका अग्रजहरू द्वारा श्राद्ध गरी पनाईने पर्व हो ।

जहाँ को समाजमा आधारभूत आवश्यकता का गाँस बास र कपास एवम् भौतिक जोहोका लागि लिप्तसंघर्षको अवस्थामा समाज हुन्छ, तेस्तो समाजको सभ्यता र संस्कारमा यस्तो पितृ श्राद्धको परिकल्पना सम्म हुननसक्ने हामी सजिलै बुझ्न सक्दछौँ । अतस् यो श्राद्धको संस्कार सनातन हिन्दू सभ्यतामा अभिन्न संस्कारहरू मध्य एक संस्कार बनेर रहेको तथ्यबाट पनि यो कुरा आँकलन गर्न सक्दछौँ कि, सनातनी हिन्दूहरूका पूर्वजहरू भौतिक एवम् बौद्धिक रूपमा अत्यन्तै सम्पन्न रहेकाले नै आध्यात्मिक ज्ञनको संमृद्धी प्राप्तगरी यस्तो संवृद्ध संस्कारको शिखरमा पुग्न सकेकाहुन् । सोही संमृद्ध संस्कारहरूले हामीलाई पनि संस्कारीत पारीदिएका छन् । यसको श्रद्धा साथ हामीहरूले पालना अवलम्बन गर्न असमञ्जसमा पर्नु हुँदैन । यसमा हामीसबैले आफ्ना पूर्वजहरू र संमृद्ध सनातन सभ्यता प्रति गर्वको अनुभूति गर्दै श्रद्धा भाव राख्नु पर्दछ !

अन्य रीलिजनकाहरू रकि र रेम्बो लगाएत धेरै हलिउड मेगा ब्लॉकबस्टर हिट फिल्मका नायक सिलवेस्टर स्टैलोन जस्ताले आफ्नो मृत छोराको आत्माको मुक्तिका लागि हरिद्वारमा श्राद्ध गराउँछन् ।

हामी सनातन सभ्यताकै सन्तति भएर आफ्ना पूर्वज एवम् मातापिताको ुश्राध्दु गर्ने कर्मलाई हामी बोझ ठानि पितृले पाउने हैन भन्दै, यो अन्धविश्वासी कर्म हो, भनेर पन्छिन खोज्दछौँ भने यो हामीहरूको भौतिक र बौद्धिकरूपमै छाएको दिवालियापनले गर्दा स्वसंस्कार र स्वधर्मको महत्व बुझ्न नसकेको हो भन्ने प्रष्ट्याउने छ । आफ्ना मातापिता एवम् पतृहरू प्रति किञ्चित् अनुग्रहीता, श्रद्धाभाव, उत्तरदायित्व बोध नभएको हो ।

यस्तो बक्नसक्ने भनेको आफ्ना पतृहरू भन्दा हामीहरूलाई भौतिकतवाद वा अर्थमै बढी महत्व दिने अतृप्त आर्थिक प्यास भएको कङ्गाल सोच भएको बुझिन्छ, नत्र सन्ततिका खुशीकालागि आफ्नो सबैकुरा र जीवन नै खपाईदिने आफ्ना मातापिता पितृ सँग समिप्यता र बात्सल्य प्रेमको महत्वबोध गरेको भए सायद हामीहरू ुमरीसकेका पितृलाई अहिले पिण्ड गुडाएर कहाँ पाउँछन् ररुु भन्ने निकृष्ट दीनहीन मानसिकतामा यस्तो द्रुभावना नैहामीमा आउँदैनथ्यो कि।।।!

सबैलाई ज्ञात रहोस् !

पितृ नभए हामी हुने थियनौ भन्ने ज्ञानले पूर्वजहरूमा श्रद्धा जाग्द छ । श्रद्धा भावको बोध ले नै हामी ससंस्कार हिन्दू विधिवत् श्राद्धगर्दछौ । यो ‘श्राद्ध’गर्ने संमृद्ध हिन्दू सनातनी संस्कार हो !

सनातनी हिन्दू संस्कारमा मातापिता वा पितृहरूलाई खुसी नराखी भगवान नै खुसी नहुने मान्यता राख्दछौँ । सबै पितृहरू लाई नमन् प्रणानम ! हामीहरूमा मातापिता पूर्वज पितृहरू प्रति सँधै मायाँ सम्मान श्रद्धाभाव रहिरहोस् !

प्रतिक्रिया