३ आश्विन २०८१, बिहिबार | September 19, 2024

वास्तु दिवस मनाइयो


September 18, 2024
830
Shares

काठमाडौं, २ असोज । वास्तु दिवस मनाइएको छ । हरेक वर्ष असोज १ मा वास्तुदिवस मनाइँदै आइएकोमा यस वर्ष पनि नेपाल ज्योतिष परिषद्को कार्यालयमा धुमधाम संग मनाइएको हो ।

वास्तु दिवसमा विश्व ज्योतिष महासंघको राष्ट्रिय समिति ,दक्षिण एसियाली ज्योतिष महासङ्घको राष्ट्रिय समिति तथा नेपाल ज्योतिष परिषद्को राष्ट्रिय समितिको संयुक्त आयोजनामा समापन भएको जानकारी कार्यक्रमका आयोजक विश्व ज्योतिष महासंघका राष्ट्रिय समितिका सभापति देवराज गौतमले जानकारी दिए ।

नेपाल ज्योतिष परिषद् राष्ट्रिय समितिका सभापति कमलप्रसाद काफ्ले कार्यक्रमको सभापतित्व गरेका थिए । विशेष अतिथिमा पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. कृष्ण अधिकारी , विशेष अतिथिमा विश्व ज्योतिष महासङ्घका अध्यक्ष डा. लोकराज पौडेल, दक्षिण एसियाली ज्योतिष महासङ्घका अध्यक्ष डा. सहदेव बिष्ट वास्तुविद डा. माधव मङ्गल जोशी , माधवराज पाण्डे, लक्ष्मण पन्थी , खिलनाथ काफ्ले लगायतका विभिन्न विधाका ज्योतिष, वास्तु ,हस्तरेखा ,तन्त्र ,अङ्कज्योतिष, आदि विधाका गुरुहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको प्रथम सत्रमा दीप, कलश ,गणेश पूजन,विश्वकर्मा भगवानको तस्बिरमा पूजन तथा माल्यार्पण दीप प्रज्वलन, स्वस्तिवाचन , ज्योतिष क्षेत्रमा लामो समय योगदान गरी जीवन अर्पण गर्नुभएका स्वर्गीय ज्योतिष गुरुहरूप्रति समवेदना प्रकट , नेपालको राष्ट्रिय गाना तथा स्वागत मन्तव्यबाट गरिएको थियो।

स्वागत मन्तव्यको क्रममा प्रमुख आयोजकको हैसियतले ज्योतिष एवं वास्तुविध देवराज गौतमले सम्पूर्ण अतिथिहरुलाई आफ्नो स्वागत मन्तव्यले समेटी वास्तुको विषयमा पनि आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा विशेष अतिथिज्यूहरुद्वारा वास्तु सम्बन्धी जानकारी ,शुभकामना मन्तव्य, प्रमुख अतिथिज्यूबाट ज्योतिष ,वास्तु तथा तन्त्रको आन्तरिक सम्बन्धमा महत्वपूर्ण जानकारी तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा दक्षिण एसियाली ज्योतिष महासङ्घ राष्ट्रिय समितिका सभापति श्री खिलनाथ काफ्लेले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया