३ आश्विन २०८१, बिहिबार | September 19, 2024

सेनाको संख्या बढाउँदै रुस


September 17, 2024
498
Shares

एजेन्सी, १ असोज । रुसले सेनाको संख्या बढाउने भएको छ । सेना बढाउने निर्देशन पत्रमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेका छन् ।

रुसी सेनाको संख्या २४ लाख हुने भएको छ । जसमा १५ लाख नियमित सेना हुनेछन् । सन् २०२३ मा पनि रुसले सेनाको संख्या बढाएर २२ लाख पुर्याएको थियो जसमा १३ लाख नियमित सेना छन् । अब सेनाको संख्या २ लाख ३८ हजारले बढ्नेछन् ।

रुसले युक्रेनसँगको युद्धपछि सेनाको संख्या बढाएको हो । रुस पश्चिमा देशसँगको सम्भावित युद्धका लागि पनि तयारी अवस्थामा छ ।

प्रतिक्रिया