२ आश्विन २०८१, बुधबार | September 19, 2024

रविलाई जोगाउने देखि काँग्रेस र एमालेका नेता कार्यकर्ताको सहकारी ठगीलाई वैधानिकता दिने नियत


September 16, 2024
1.7k
Shares

काठमाडौं, ३१ भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जोगाउने नियतका साथ सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले प्रतिवेदन बुझाएको छ । सुर्य थापा नेतृत्वको समितिले ४० वटा सहकारीबाट ८७ अर्ब अपचलन भएको निष्कर्ष निकालेको छ । तर, सहकारीबाट खरबौं रकम अपचलन भएको तथ्य खुलेको छ ।

सहकारीको रकम दुरुपयोग गर्नेमा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ, नेकपा एमालेका नेता समेत रहेका सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल पनि छन् । तर, उनीहरुबारे पनि खुलेरै उल्लेख गरिएको छैन ।

सहकारी रकम दुरुपयोगको गहिरो छानविन भएमा एमाले र काँग्रेसका केन्द्र देखि वडा तहसम्मका नेता कार्यकर्ता कारबाहीको दायरामा पर्ने देखिएपछि सामसुम पार्ने नियतले प्रतिवेदन तयार पारिएको देखिएको छ । त्यसैले समितिको नेतृुत्व गरेका एमाले सांसद सुर्य थापाले सहकारीप्रति नकारात्मक बादल हटाउन खोजिएको बताएका छन् ।
सहकारीका नाममा सर्वसाधारणको रकम जम्मा गर्न लगाएर दुरुपयोग गरिएको तथ्यहरु खुलेका छन् । संगठित रुपमा राजनीतिक आवरण ओढेकाहरुले सर्वसाधारणको रकम पचाउन खोजेका छन् । उनीहरु राजनीतिक संरक्षण पाएर कारबाहीको दायरामा नल्याउने नियत राखिएको छ । सहकारीमा काँग्रेस, एमाले, माओवादीलगायत दलहरुले आफ्ना कार्यकर्तालाई रोजगारी पनि दिएका छन् । उनीहरुले यसैको आधारमा गलत तरिकाले संगठन पनि बनाएको पाइएको छ । त्यो संगठन भत्केला भन्ने भयले पनि उनीहरु सहकारी ठगीलाई वैधानिकता दिन खोजिरहेका छन् ।

प्रतिक्रिया