२ आश्विन २०८१, बुधबार | September 19, 2024

बैंकमा पैसै पैसा ऋण लिने घटे, कुन बैंकको ब्याजदर कति (सूचीसहित)


September 16, 2024
4.1k
Shares

काठमाडौं, ३१ भाद्र । बैंकहरुमा पैसै पैसा भएपनि ऋण लिनेहरु कम हुँदा ब्याजदर फेरि घटेको छ । असोज महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । कतिपय बैंकको ब्याजदर ६ प्रतिशतमा झरेको छ ।

व्यक्तिगत मुद्दतीमा नै ब्याजदर घटेपछि बैंकमा रकम जम्मा गर्नेहरु निराश भएका छन् । ऋणीहरुलाई भने राहत मिलेको छ ।

कतिपय बैंकले ब्याजदर स्थिर राखेका छन् । तर, धेरैजसो बैंकहरुबाट ऋणीले आशा गरेजस्तो ऋण नलिएपछि रकम थुप्रिएको छ ।

बैंक तथा वित्तिीय संस्थामा ऋण दिन मिल्ने रकम थुप्रिएपछि नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ झिक्ने भएको छ । निक्षेप बढ्ने र ऋण लिन मिल्ने रकम बजारमा नपुग्दा तरलता थुप्रिएको छ ।

 

कुन बैंकको ब्याजदर कति 

बैंक भदौको ब्याजदर असोजको ब्याजदर
कृषि विकास बैंक ६.०६५ ६.०७
राष्ट्रिय वाणिज्य बैंक ६.०७ ६.००
नेपाल एसबीआई बैंक ६.२५ ६.००
लक्ष्मी सनराइज बैंक ६.५० ६.५०
ग्लोबल आईएमई बैंक ६.२५ ६.२५
कुमारी बैंक ६.७१ ६.०१
प्राइम बैंक ६.७५ ६.२५
नेपाल बैंक ५.२५ ५.९५
सानिमा बैंक ६.२० ५.९०
सिटिजन्स बैंक ६.७५ ६.४०
नबिल बैंक ७.०० ६.७५
इन्भेस्टेमेन्ट मेगा बैंक ६.५० ६.५०
सिद्धार्थ बैंक ६.५० ६.५०
स्टान्डर्ड चार्टर्ड बैंक ७.०० ७.००
माछापुच्छ्रे बैंक ७.०० ७.००
प्रभु बैंक ६.१० ६.१०
एनएमबी बैंक ७.४१ ६.५०
एनआईसी एसिया बैंक ७.४१ ७.१८
एभरेष्ट बैंक ६.१० ६.००
हिमालयन बैंक ७.०० ७.००

प्रतिक्रिया