७ पुस २०८१, आइतबार | December 22, 2024

सुरक्षा परिषदमा भारतको प्रवेश कहिले ?


September 16, 2024
1.7k
Shares

विपिन देव: स्वीटजरल्याण्डको जेनेभा कुटनीतिका लागि महत्वपूर्ण ठाउँ मानिन्छ । संसारका बल्झिएका समस्याहरु माथि जेनेभाका विभिन्न थिंक ट्यांकहरुले बहस र विर्मशको कार्यक्रमहरुको आयोजना गर्ने गर्दछ । दोस्रो विश्व युद्ध पश्चात् जेनेभाको भूमिबाट शान्ति, अमन र चयनको लागि धेरै प्रयासहरु भएका छन् । वर्तमान भू– राजनीतिलाई तीन प्रमुख घटनाहरुले प्रभावित गरिरहेको देखिन्छ । संसारको तनाब ट्रान्सएटलान्टिकमा हुनु (रसीया – युक्रेन युद्ध), अमेरिका चीनको द्वन्द्वले नयाँ शितयुद्धको वातावरण निर्माण गर्नु र दक्षिण गोलाद्धमा भारतले असंलग्नताको भाष्यलाई पूर्नस्थापना गर्नु जस्ता परिघटना भू–राजनीतिलाई प्रभावित गरेको देखिन्छ । सन् २०२४ सेप्टेम्बर, १२ र १३ का दुई दिने जेनेभा यात्रामा भारतका परराष्ट्रमन्त्री जेनेभाका विभिन्न सोध संस्थानहरु सँगको सम्वादमा यी विश्वमा मौलिक मुद्दाहरु प्रति भारतीय परराष्ट्रनीतिको दृष्टिकोणलाई सुत्रात्मक रुपले उनले व्याख्या गरेका छन् । जेनेभामा सयूक्त राष्ट्र संघ सँग आवद्ध रहेका विभिन्न संघ संस्थाहरुको कार्यालय समेत रहेको हुँदा जेनेभामा विज्ञहरुको बाक्लो उपस्थिति हुने गर्दछ ।

वर्तमान भू– राजनीति र संयुक्त राष्ट्रसंघ बीच तादम्यता कमजोर रहेको डा. जयशंकरको तर्क रहेको छ । ७० वर्ष पहिले गठन भएको संठठन बदलिदो भु–राजनीतिक समस्यालाई चिरफार र समाधान गर्न असमर्थ रहेको कुरा उनले उद्घोष गरेका छन् । संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा संसारका सवभन्दा अधिक जनसंख्या भएको मुलुक भारतको प्रतिनिधित्व नहुनु, दक्षिण अफिकाका ५१ वटा मुलुकहरुका सहभागिता नहुनु र नवउदीयमान अर्थतन्त्रहरुको आवज ध्वनिकृत नहुनु त्यस्ता कारणहरुले गर्दा संयुक्त राष्ट्र संघको उपादेयता प्रश्नको घेरामा आएको देखिन्छ ।

अर्को शब्दमा भन्ने हो भने संयुक्त राष्ट्र संघमा दक्षिण गोलाद्धमा रहेका १२५ मुलुकहरुको भुमिकालाई पुनः परिभाषित गर्नु पर्ने टड्कारो आवश्यकता देखिन्छ । संयुक्त राष्ट्र सघं अमेरिका र यूरोपको गोलचक्करमा रहेकोले गर्दा विश्वका जल्दो वल्दो मुद्दा र समस्यालाई निरुपण गर्न असमर्थ रहेको छ । संयुक्ति राष्ट्र संघलाई समावेशी बनाउनु पर्ने डा. जयशंकरको तर्क रहेको छ । वर्तमान भू–राजनितिमा जी सेभेन, जी ट्उन्टी, व्रिक्स, संघघइ सहयोग संगठन, विम्सटेक, आर सेप जस्ता संघ संगठनहरुले विश्वको मौलिक समस्याहरुलाई आलोकित गरेको देखिन्छ । आफ्नो तेजस्वी तर्कद्वारा उनले ब्रिक्सको स्वरुप र प्रारुपलाई समेत आलोकित गरेका छन् ।

वर्तमान भू–राजनीतिक परिवेशमा व्रिक्समा सहभागी हुन अफिका र एसियका मुलुकहरु चासो देखाइरहेको छ । व्रिक्सका मुख्य सदस्यहरुमा चीन, रसीया, भारत, ब्राजिल र दक्षिण अफ्रिका रहेका छन् । ब्रिक्सद्धारा बंैक लगायत अन्य संघ संस्थाको समेत स्थापना गरिएको छ । विगतका वर्षमा जोहेन्सवर्गमा भएको व्रिक्सको शिखर सम्मेलनले विश्वको मौलीक मुद्दाहरुलाई चीरफार गर्न प्रत्येन समेत गरेको थियो । भारत र चीनबीचको कटुताले व्रिक्सको सक्रियतालाई कमजोर पारेको तर्क समेत विज्ञहरुको रहेको छ । विगतकाहरु वर्षमा जी टेउन्टीको सक्रियता बढ्नुको कारण भारतको अब्बल नेतृत्व रहेको उनको ठहर रहेको छ ।

जेनेभामा डा. जयशंकरले भारत चीन सम्बन्धका केही अध्यारा कुनालाई समेत आलोकित गरेको छन् । भारत चीनको कटुताका पराकम्पनको दस्तुर दक्षिण गोलाद्र्धका मुल्यकहरुलाई समेत चुकाइ रहेको कुरा उनले जिकिर गरेका छन् । ४० को दशक देखि नै भारत – चीन विच को कुटुता बढिरहेको उनले उल्लेख गरेका छन् । सन १९६२ को भारत–चीन विच युद्ध उपरान्त दुई देश विच दौत्य समबन्ध पनि शिथिलिकरणको अवस्थामा थियो । एकले अर्का देशमा राजदुत समत पठाएमा थिएनन् ८० को दशक पश्चात भारत र चिन भूमण्डलीकरण खुला अर्थव्यवस्थाको हुरी र बेगलाई सहत सकेन ।

अर्थात अर्थिक कारोबार र व्यापारलाई अर्जुनदृष्टीमा राखेर दौत्य समवन्धलाई अगाडी बडाए । सीमा सम्बधी समस्यालाई निरुपण गर्न सन् १९९३ मा सम्झौता समेत गरे । यी सम्झौता र समझदारीका कारणले यी दुई मूलुकहरु विच १२५ विलिया अमेरीकी डलरको व्यापारिक कारोबार समेत भयो ।

राष्ट्रपति सी को आगमनले सम्बन्धमा प्रगाडता र सौहाद्रताको संकेत दिएतापनि सन् २०१७ को डोकलम विवाद हुँदै सन् २०२० मा गलबाल कुरुक्षेत्रमा परिणत भयो । १५ हजार फिटमा ५० हजार सैनिक दुवैले एक अर्कौ विरुद्ध तैनाथ गरीका छन् । डा. जयशंकर अनुसार वर्तमान परिवेशमा दुईवटै मुलुकहरु तनाव शिथिलिकरणको दिशामा पाइला टेकी सकेका छन् । तर भारत चीन विच सिमा समस्या समाधान नहुन्जेल सम्म सम्वन्ध सुधार नहुन सक्ने उनको तर्क रहेको छ । वास्तवमा भारत चीन विच तनावको मुख्य कारण व्यापार घाटा समेत रहेको छ । चीनले अरु देशको बजारमा सहज प्रवेश गरेतापनि चीनले आफ्नो बजारमा संरक्षणवादको नीतिलाई नै अंगिकार गरेको हुन्छ ।

जयशंकरको सम्बादमा क्र्वाडको भूमीका समेत उल्लेखित रहेको थियो । सन् २००७ मा क्र्वाड (चर्तुभूजीय संगठन) उदगम भएता पनि यसको सक्रियता सन् २०१७ उपरान्त नै विश्व राजनितिमा देखियो । अर्थात सन् २०१७ उपरान्त अमेरिका, अष्ट्रेलिया, जपान र भारत क्वाडको छातामुनी विश्व राजनीतिमा आफ्नो सक्रियतालाई बढाएको देखिन्छ । यी चारवटै मुलुकहरुमा प्रजातान्त्रिक पद्धति र बहुलवादी समाजिक संरचना भएकोले क्र्वाडले जिवनको विविध क्षेत्रमा आफ्नो सक्रियता देखाएको छ । क्वाडको सक्रियताको कारक तत्व मध्ये चीनको आक्रमक शैली समेत प्रमुख कारण हो । हिन्द महासागरीय क्षेत्रमा चीनको बढ्दो प्रभावलाई सन्तुलत गर्न चारवटै मुलुकहरु सहकार्यको यात्रालाई बढाउन प्र्रतिवद्ध रहेको छ ।

आफ्नो चहकिलो र गहकिलो सम्वादमा उनले आए मेक (इण्डिया, मिडिल इष्ट एण्ड यूरोपियन कोरीडोर) को बारेमा समेत उनले ध्यान आर्कषण गरेमा छन् । हजारौ वर्ष पहिले रोमन सम्राज्य र भारत विच अरिवियन सागरवाट व्यापारिक कारोबार भएको भएपनि इतिहासको कालखण्डले गर्दा यो मार्ग सक्रिय रहेन । वर्तमान परिवेशमा भारत, अमेरिका र मध्ये एसियाका अव्वल मुलुकहरु यूएई र साउदी अरब यो व्यापारिक मर्गलाई चालु गराउन सहकार्यको यात्रालाई थालनी गरेका छन् । मध्ये एसियामा इजरायल र हमासको द्वन्द्वले गर्दा तत्कालका लागि यो गुरुयोजना ओझेलमा परेतापति कालन्तरमा थालनी हुने डा. जयशंकरले दृढता जाहेर गरेका छन् ।
समग्रमा जनेभामा डा. जयशंकरले विश्व राजनैतिक र कुटनीतिक मञ्चमा भारत विश्ववन्धुत्ववादलाई मार्गदर्शन बनाएर अघि बढिरहेको जिकिर गरेका छन् ।

 

प्रतिक्रिया