३ पुस २०८१, बुधबार | December 19, 2024

मोदीको अर्थपूर्ण सिंगापुरयात्रा


September 9, 2024
1.1k
Shares

विपिन देव: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालमा परराष्ट्रनीति र भू-राजनीति बीच तादम्यता बढिरहेको छ । तेस्रो कार्यकालमा जी सेभेन समिटमा इटालीमा भाग लिनु, रुस यात्रा गर्नु, युक्रेन यात्रा गर्नु र लगतै ब्रुनई र सिंगापुर यात्रा गर्नु जस्ता परिघटनाले परराष्ट्रनीतिको सक्रियतालाई उद्घोष गर्दछ । युद्धमा होमिएका रुस र युक्रेन यात्राले गर्दा मोदी विश्वभर छाए । भर्खरै रुसका राष्ट्रपति पुटनीले भारतको मध्यस्थताको जिकिरले गर्दा मोदीको कूटनीतिक महारथ झल्किन्छ । मोदीले युक्रेन युद्ध अन्तका लागि सुरक्षा सल्लाहकार अजित दोभाललाई सक्रिय बनाइसके । हुनतः पुटिनले भारत लगायत चीन र ब्राजिलको समेत जिकिर गरेका छन् । तर चीन र ब्राजिलको मध्यस्थतालाई पश्चिमा संसारले स्वीकार गर्ने अवस्था छैन ।

सन् २०२४ सेप्टेम्बरको ५ र ६ मा मोदीको सिंगापुर यात्रा भू-राजनीति भन्दा भू-अर्थनीतिबाट अभिप्रेरित रहेको छ । भारत र आसीयान (थायल्याण्ड, मलेशिया, ब्रनई, इनडोनेशीया, फिलिपिन्स, मयानमार, लाओस, सिंगापुर, कम्वोडिया र भियतनाम) विच सम्बन्ध सघन रहिआएको छ । यी मुलुकहरूमा भारतीय सभ्यता र संस्कृतीको गहिरो प्रभाव रहेको छ । कम्बोडियाको अंकुरभाटको मन्दिर अहिले पनि हिन्दु सभ्यताको विकास र प्रभावको साक्षी रहेको छ । हिन्दु सभ्यताको गहिरो प्रभावलाई मध्यनजर राख्दै आसीयानको शिखर सम्मेलनमा सांस्कृतिक कार्यक्रमको लागि रामायणलाई छानिएको थियो । नब्बेको दशकमा आशियानको उपयोगितालाई भारतका तत्कालीन प्रधानमन्त्री नरसिंहारावले आत्मसाथ गरेका थिए । उनको नारा नै “ल्क इष्ट” रहेको थियो । अर्थात् व्यापार र लगानीको लागि रावले आशियानलाई अपिल गरेका थिए । तत्कालीन अवस्थामा भारत आर्थिक दिवालियापनको संघारमा रहेको थियो । वर्तमान अवस्था पृथक रहेको छ । भारत पि.पि.लाई आधार मान्ने हो भने विश्वको तेस्रो अर्थतन्त्रको रुपमा स्थापित नै भइसकेको छ ।

मोदीको यो पॉचौ सिंगापुर यात्रा आर्थिक कारोवारको लागि मुखरित रहेको छ । वर्तमान परिवेशमा सिंगापुरमा ९ हजार भारतेली कम्पनीहरूले कारोबार गरिरहेका छन् भने सिंगापुरका ४४ कम्पनीहरू भारतमा कारोबार गरिरहेका छन् । सन् २०२० देखि भारतमा सबभन्दा बढी लगानी गर्ने मुलुकहरूमा सिंगापुर नै रहेको छ । सिंगापुर भारतको छैठौ व्यापारिक साझेदार रहेको छ । एक तथ्याङ्क अनुसार विश्वको १० प्रतिशत सेमिकण्डकटर सिंगापुरले उत्पादन गर्ने गरेको छ । वर्तमान परिवेशमा ड्रोनदेखि क्षेप्यास्त्रसम्म, बासिंग मेहिनदेखि विद्युतीय सवारीसम्म सेमिकण्डकटरको चिप्सले महत्वपूर्ण भुमिका खेल्ने पर्दछ ।

भारतले आर्थिक महत्वांकाक्षालाई प्रत्याभूत गर्न सेमिकण्डटरको क्षेत्रमा फड्को मार्न गुरुयोजनाका साथ अगाडि बढिरहेको छ । तदनुरुप भारतमा विश्वका पॉचवटा कम्पनीहरू आफ्नो काम समेत सुरु गरेको देखिन्छ । सेमिकण्डकटर क्षेत्रमा ताइवान, सिंगापुर, दक्षिण कोरिया जापान र अमेरिका अब्वल रहेको छ । भारतको यी मुलुकहरूसंग सघन सम्बन्ध रहेको छ । मोदीले सिंगापुरका व्यापारिक घरानाहरूलाई सेमिकण्डकटरको श्रेत्रमा निवेशको लागि आग्रह गरेका छन् । सिंगापुर क्रिटिकल मिनरलको लागि समृद्ध रहेको छ । क्रिटिकल मिनरल भन्नाले पोलिमेटालीक, पोलिमेट्रोस्रफाईड र कलोटलरेजफिरो मिगाइड बुझिन्छ । यी मिनरलको प्रयोग ड्रोन, क्षेप्यास्त्र, विद्युत्तीय उपकरण, टेलिकम्युनिकेशन लगायत विभिनन उपकरणहरूको निर्माणमा उपयोगी हुन्छ । सिंगापुरले सीप र सं-सघानलाइ भारतमा लगानी र निर्यात गर्न युद्ध स्तरमा अगाडि बढिरहेको छ । विगत २० वर्षमा सिंगापुरी कम्पनीहरूले भारतमा १६० अर्ब अमेरिकी डलरको लगानी गरेको देखिन्छ । अभिताभ अचार्य आफ्नो पुस्तक “इष्ट ऑफ इण्डिया”मा सिंगापुरको प्रविधि र पू‘जीले भारतमा आर्थिक क्रान्ति हुन सक्ने संकेत दिएका छन् ।

मोदीले सिंगापुरी व्यापारीहरूलाई जीवनको विविध पक्षमा लगानी गर्न निमन्त्रणा दिएका छन् । सिंगापुरका ९ प्रतिशत जनसंख्या भारतीय मूलको रहेको छ । तर ९ प्रतिशतले सिंगापुरको जन(जीवनमा गहिरो प्रभाव पारेको देखिन्छ । आउने पॉच वर्षमा भारतले १०० वटा नयॉ विमानस्थल निर्माण गर्ने लक्ष्य राखेको छ । सिंगापुरको लगानीलाई अर्जुनदृष्टिमा राख्दै सो क्षेत्रमा सिंगापुर एयरलाइन्स र इण्डियन एयरल्यान्स लगायत एयर इण्डियालाई सहकार्यको लागि अपिल गरिएको छ । आउने पॉच वर्षमा भारतले नयॉ १०० वटा स्र्माट शहरको निर्माणको लागि लक्ष्य लिएको छ । पुराना गाडीहरूलाई विद्युत्तीयकरण गर्न समेत भिमकायी योजनालाई मोदीले सिंगापुरमा उद्घोष गरेको देखिन्छ । भारत आर.सेप.को सदस्य रहेको छैन । आर सेप भन्नाले आशियान लगायत चीन जापान र अष्ट्रेलियाद्वारा अनुमोदित गरेको व्यापारिक छाता संगठन हो ।

आशियान र हिन्द प्रसान्त क्षेत्रमा भारतले द्विपक्षिय सम्बन्धलाई नै बढी जोड दिएको छ । आशियानसंग कनेकटिभिटी बठाउन भारतले कालादान गुरुयोजनालाई अगाडि बढाएको छ । सो योजना अन्तर्गत म्यानमार हु‘दै आसीयानसंग स्थल मार्गद्वारा जोडिने लक्ष्य रहेको छ । म्यानमारको राजनीतिक अस्थिरताका कारणले सो गुरुयोजनामा शिथिलत्ता आएको छ । कालान्तरमा सो गुरुयोजना सफल भएको खण्डमा भारत र आसीयान विच कारोवारमा तीव्रता बढुने हुन्छ । वर्तमान परिवेशमा सिंगापुर र भारतको बढ्दो व्यापारिक सम्बन्धको लाभ नेपालले कसरी लिन सक्छ भन्ने मोलिक प्रश्न रहेको छ । लगानी मैत्री वातावरण निर्माण गर्न नीति र नियमलाई परिमार्जित गर्न आपतकालिन आर्थिक नीतिको प्रारम्भ गर्नु पर्दछ । लगानी मैत्री वातावरण निर्माण गर्न शास्त्रीय समाजवादलाई तिलाङ्जली गर्दै भातृसंघ संस्थाहरूलाई राज्यको नीति र नियममा हस्तक्षेप गर्न पूर्णरुपले निस्तेज गर्नु पर्दछ । नेपालसंग दुईवटा विकल्प रहेको छ । खुला बजार र पू‘जी निर्माणलाई सबलता दिनु वा आत्मघाती राष्ट्रवादलाई पक्षपोषण गर्दै दलियताको नाममा संरचनात्मक भ्रष्टिकरणलाई प्रश्रय दिनु । विकल्प रोज्ने नेतृत्वले विश्व परिदृष्यलाई मध्यनजर राख्दै विकासमैत्री कानुनलाई निर्माण गर्दै पू‘जी निवेशको लागि मार्ग प्रशस्त गर्नु पर्दछ । मोदीको सिंगापुर यात्रा यही लक्ष्यबाट परिलक्षित रहेको छ ।

 

 

प्रतिक्रिया