३१ भाद्र २०८१, सोमबार | September 16, 2024

अमेरिकामा मारिएकी मुनाकी आमा उतै उडिन्


September 5, 2024
664
Shares

काठमाडौं, २० भाद्र । अमेरिकामा मारिएकी संखुवासभाकी मुना पाण्डेको उतै अन्त्येष्टि हुने भएको छ । यसका लागि उनकी आमा अनिता अधिकारी पाण्डे त्यसतर्फ उडेकी छिन् ।

एनआरएनको सहयोगमा अनिता अमेरिका उडेकी हुन् । उनी पुगेपछि २४ भाद्रमा मुनाको दाहसंस्कार हुने बुझिएको छ ।

नर्सिङकी विद्यार्थी मुनाको भारतीय मूलका बबि सिंह साहले ११ भाद्रमा गोली हनी हस्टनमा हत्या गरेका थिए । साह पक्राउ परेका छन् । दुवैबीच लामो समययता चिनजान भएको र हत्याको कारणबारे अनुसन्धान चलिरहेको जनाइएको छ ।

सुगर ड्याडी नामको साइटमार्फत् दुवैबीच चिनजान भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुबीच कुराकानी हुने गरेको तथ्य समेत पत्ता लागेको छ ।

प्रतिक्रिया