३१ भाद्र २०८१, सोमबार | September 17, 2024

के काँग्रेस, एमाले एक्लै चुनाव लड्लान् ?


September 4, 2024
1.2k
Shares

काठमाडौं, १९ भाद्र । पछिल्ला दुईवटा आमनिर्वाचनमा मुख्य दलहरु गठबन्धन बनाएर चुनाव लडे । गठबन्धनले बहुमत समेत ल्याए । तर, अहिले मुख्य दलहरु एक्लै चुनाव लड्ने भन्दैछन् । के दलहरु एक्लै चुनाव लड्लान् ?

चुनावले नेपाली काँग्रेसलाई पहिलो र नेकपा एमालेलाई दोस्रो ठूलो दल बनाए । माओवादी तेस्रो ठूलो दल बनेको छ । नयाँ दल रास्वपा चौंथो दल छ । २०७९ सालको चुनावमा काँग्रेस र माओवादीसहितका दलले गठबन्धन बनाएका थिए । २०७४ को चुनावमा एमाले र माओवादीले गठबन्धन बनाएर चुनाव लड्दा बहुमत ल्याए ।

गठबन्धन विना एक्लै चुनाव लड्दा मुख्य दलहरुले अहिलेजस्तो बढी सिट जित्ने सम्भावना भने कम छ । मत बाँडिदा जित र हारको अवस्था नै फरक हुन्छ । यसले पनि चुनाव सम्म फेरि गठबन्धनमा जान सक्छन् ।

देशको चुनाव प्रणालीले कुनै एक दलले बहुमत ल्याउने सम्भावना कमजोर छ । यसकारण पनि गठबन्धनको राजनीति चलिरहन्छ ।

प्रतिक्रिया