३१ भाद्र २०८१, सोमबार | September 17, 2024

एसमा पदाधिकारी हारेका विरोध र जीवनरामलाई पोलिटब्यूरोमा सर्वाधिक मत


August 29, 2024
1.2k
Shares

काठमाडौं, १३ भाद्र । नेकपा एसको पदाधिकारी र पोलिटब्यूरोको मतपरिणाम सार्वजनिक भएको छ । केन्द्रीय सदस्यले मतदानबाट अधिकांश पदाधिकारीको चयन गरेका छन् । पोलिटब्यूरोमा ८४ जना सदस्य मतदानबाट चयन भएका छन् ।

पदाधिकारीमा चुनाव हारेका विरोध खतिवडा र जीवनराम श्रेष्ठले पोलिटब्यूरोमा सर्वाधिक मत ल्याए । सबैभन्दा बढी मत पाउने विरोध खतिवडा रहे । उनले २०१ मत पाए । श्रेष्ठले १९५ र रमा आले मगरले १९४ मत पाइन् ।

रामकुमारी झाक्रीले उपाध्यक्षमा पराजय भोगिन् । उनलाई जयन्तीदेवी राईले पराजित गरिन् । झाँक्रीले पोलिटब्यूरोमा सर्वाधिक चौंथो बढी मत १८२ ल्याइन् । रमा आले मगरको १९४, रामचन्द्र झाको १८०, कल्याणीकुमारी खड्काको १८०, डा. विजय पौडेलको १६९, रामकुमारी ज्ञवालीको १७७, भवानी खापुङको १७६, डा. वंशिधर मिश्रको १६९, विजय गुरुङको १६९, उर्वादत्त पन्तको १६५, निरादेवी जैरुको १६२, नागेन्द्र चौधरीको १६० मत रह्यो ।

उपाध्यक्षमा धर्मनाथ प्रसाद साह, डा.गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भए ।

उपमहासचिवमा रामकुमारी भट्टराई, मेटमणि चौधरी, गरिमा शाह र राजेन्द्रकुमार राई निर्वाचित भए । सचिवमा गणेशबहादुर विश्वकर्मा, श्रीनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्राकुमारी भुसाल निर्वाचित भए ।

अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मतिले चयन भइसकेका छन् । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भए ।

प्रतिक्रिया