साफ यु-२० फुटबलको उपाधिका लागि नेपाल र बँगलादेश भिड्ने

काठमाडौं, ११ भाद्र । साफ यु-२० फुटबल च्याम्पियनशिपको उपाधिका लागि नेपाल र बँगलादेशबीच प्रतिष्पर्धा हुने भएको छ । बुधबार एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने प्रतिष्पर्धामा दुवै टोली तयारी अवस्थामा छन् ।
नेपालले समूह चरणमा बँगलादेशलाई हराइसकेको छ । बँगलादेशले कडा प्रतिष्पर्धी भारतलाई हराएर फाइनलको यात्रा तय गरेको हो ।
नेपालले भुटानलाई पराजित गरी फाइनलमा पुगेको हो । नेपाली टोली घरेलु मैदानमा जितका लागि आतुर देखिएको छ ।