३१ भाद्र २०८१, सोमबार | September 17, 2024

आरजुलाई प्रधानमन्त्री बन्ने हतारो, देउवाले के गर्लान् ?


August 25, 2024
1.6k
Shares

काठमाडौं, ९ भाद्र । आरजु राणा संभ्रान्त पारिवारिक पृष्ठभूमिकी हुन् । राणा परिवारकी चेली आरजुको अधिकांश अध्ययन विदेशमै भयो । उनकी आमा प्रतिभा राणा राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध छिन् । उनी मन्त्री र राजदूत समेत भइसकेकी छिन् ।

आरजुले विदेशमा विद्यावारिधी सम्मको अध्ययन सकेर नेपालमा एनजीओ आइएनजीओमा काम गरिन् । यसकारण पनि उनको डोनर देश र एजेन्सीसँग गहिरो सम्बन्ध छ ।
आरजुको विवाह काँग्रेसका त्यतिबेलै शक्तिशाली नेता शेरबहादुर देउवासँग भएको थियो । देउवा अहिले काँग्रेस सभापति छन् । आरजुसँगको विवाहले देउवा झन् शक्तिशाली बने । उनी पटक पटक प्रधानमन्त्री पनि बने ।

आरजुसँग राजनीतिक मध्यस्थकर्ता बन्ने खुबी पनि छन् । कार्यकर्ता व्यवस्थापनमा पनि खप्पिस छिन् । आरजुकै मध्यस्थतामा केपी शर्मा ओली र शेरबहादुर देउवाबीच बालकोटमा वार्ता भई नयाँ गठबन्धन बन्यो । प्रचण्ड सरकार ढल्यो ओली प्रधानमन्त्री बने । देउवा अबको दुई वर्षपछि प्रधानमन्त्री बन्ने सहमति बनेको छ ।

ओली र देउवा मिलाउने भूमिका खेलेकाले आरजुलाई परराष्ट्रमन्त्री मिल्यो । काँग्रेसभित्र कसैले यसको विरोध गरेनन् । आरजुले उचित समयमा काँग्रेसका लागि उचित काम गरेकाले बोली बन्द भए काँग्रैसभित्र देउवाविरोधी समूहको ।

आरजु महत्वाकांक्षी देखिन्छिन् । उनले देउवापछिको नेताका रुपमा आफूलाई प्रस्तुत गर्न थालेकी छिन् । उनमा प्रधानमन्त्री बन्ने महत्वाकांक्षा पनि जागेको छ । शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने प्रतिक्षामा रहँदा आरजुले पनि मौकामा चौका हान्ने सम्भावना देखिदैछ । देउवाले पनि पत्नी आरजुलाई अहिले नै बढाउन सक्छन् ।

काँग्रेसको विधान अनुसार देउवा अब सभापति बन्न पाउँदैनन् । यसकारण देउवाले आफ्नो उत्तराधिकारी बनाइहाल्नुपर्छ । उनले बनाउने भनेकै आरजुलाई हो भन्ने देखिइसकेको छ । यसकारण आरजु प्रधानमन्त्रीको दौडमा देखिइसकिन् ।

भारत भ्रमणमा पनि आरजुले उच्च महत्व पाइन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटिन् । भेटमा त्यहाँका सुरक्षा सल्लाहकार अजित दोभाललगायत उच्च अधिकारी थिए । आरजुको बाह्य जगत्मा पनि बलियो सम्बन्ध छ । यो सम्बन्धको शक्तिमा उनी प्रधानमन्त्री बन्ने प्रयासमा बढिसकेकी छिन् ।

आरजुलाई प्रधानमन्त्री बन्न उनकै दलभित्रबाट अवरोध भने हुनसक्छ । काँग्रेस भित्रको प्रभावशाली नेताहरु आरजुलाई स्वीकार्दैनन् । उनको राजनीतिक पृष्ठभूमि काँग्रेसभन्दा फरक खालेको छ । अर्कोतर्फ, देउवा समूहमै आरजुलाई स्वीकार्न नचाहने हस्ती नेताहरु छन् । यसले उनलाई प्रधानमन्त्रीको कुर्सीसम्म पुग्न भने सजिलो छैन ।

प्रतिक्रिया