३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रहरीमा ३० वर्षे प्रावधान हट्ने


August 22, 2024
1.2k
Shares

काठमाडौं, ६ भाद्र । नेपाल प्रहरीमा ३० वर्षीय प्रावधान हट्ने भएको छ । सरकारले यसका लागि नियमावली नै संशोधनको अन्तिम तयारी गरेको छ । संशोधनलगत्तै ठूलो संख्यामा अवकाशमा जान लागेकाहरु सेवामै रहनेछन् ।

प्रहरीमा ३० वर्षीय प्रावधानले यसै वर्ष बहालवाला आइजीपी, एआइजीपीलगायत उच्च अधिकृतहरु अवकाशमा जानेछन् । यो हटेमा भने आइजीपीको सेवावधि थपिनेछ । वर्तमान आइजीपीले ३ वर्ष कार्यकाल काम गर्न पाउनेछन् ।

सर्वोच्च अदालतले पनि ३० वर्ष सेवावधिमा अवकाश पाउने प्रावधानका विरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गरेको छ । यो आदेशले अवकाश पाउन लागेकाहरुको अवकाश रोकिने भएको छ । सर्वोच्चको अन्तरिम आदेशले पनि तरंग ल्याएको छ । यसलाई ३० वर्षे सेवावधि हटाउने संकेतका रुपमा पनि हेरिएको छ ।

प्रतिक्रिया