३१ भाद्र २०८१, सोमबार | September 17, 2024

ओली सरकारद्वारा टिकटक प्रतिबन्ध फुकुवा


August 22, 2024
581
Shares

काठमाडौं, ६ भाद्र । सरकारले टिकटक प्रतिबन्ध फुकुवा गरेको छ । प्रचण्ड नेतृत्वको सरकारले १० महिनाअघि गरेको प्रतिबन्ध केपी शर्मा ओली नेतृत्वको सरकारले बिहिबारको मन्त्रिपरिषद्को निर्णयबाट फुकुवा गरेको हो ।

टिकटकले सामाजिक सद्भाव खलबलाएको भन्दै प्रतिबन्ध लगाइएको थियो । तर, ओली सरकार बन्नेवित्तिकै प्रतिबन्ध फुकुवाको प्रक्रिया बढाइएको थियो ।

प्रतिबन्ध फुकुवा गर्न नेपालका लागि चिनियाँ राजदून छन सङले दबाब दिदै आएका थिए ।

प्रतिक्रिया