६ पुस २०८१, शनिबार | December 21, 2024

भारत-चीन सम्बन्धको रहस्य


August 22, 2024
1.2k
Shares
विपिन देव: सभ्यता र संस्कृतिका दृष्टिले भारत र चीनको विशिष्ट पहिचान छ । भारतको गँगा नदीको सभ्यता र चीनको ह्वाङ हो नदीको सभ्यताको लामो इतिहास छ जुन विकसित हुँदै आजको युगसम्म प्रभावशाली भई फैलियो । वर्तमानमा आर्थिक विकासको क्षेत्रमा अभूतपूर्व सफलता हासिल गरेका छन् भारत र चीन दुवैले । यो दशक भित्र नै भारत विश्वको तेस्रो अर्थतन्त्र हुन तम्तयार रहेको छ भने चीन विवको दोस्रो अर्थतन्त्रको रूपमा स्थापित भइसकेको छ । सिंगापुर ली क्वान विश्वविद्यालयको सामरिक जानकार किशोर मेहवुवानीले आफ्नो पुस्तक “एसियन मिराकल” मा २१ औं शदाब्दीलाई एसियाको शताब्दीको रूपमा व्याख्या गरेका छन् । दक्षिण कोरिया, जापान, आसीयानका मुलुकहरू थाइल्यान्ड, इनडोनेसिया, मलेशियालगायत भारतले आर्थिक विकासको क्षेत्रमा धेरै खुडकिलो पार गरेका छन् । यी सकारात्मक पृष्टभूमीमा समेत चीन र भारत जस्ता उदीयमान राष्ट्रहरू सम्वादहीनताको भूमरीमा फसेको देखिन्छ ।
विश्व राजनीतिक मञ्चमा भारत-चीन सम्वन्धको ठुलो प्रभाव रहेको छ । भारत र चीनबीच सघन सम्वन्ध भएको खण्डमा दक्षिण गोलाद्र्धका मुलुकहरू समेत यसको यथेष्ट लाभ प्राप्त गर्न सक्दछ । सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि भारत चीन सम्वन्धले नयॉ उचाई लिने जानकारहरूको बुझाई थियो । उहानदेखि ममलापुलरम हु‘दै मोदी र राष्ट्रपति सी संसारमा सबभन्दा अधिक वार्तालाप गर्ने नेताहरूको रूपमा छाएका थिए । यदि हु‘दा हु‘दै पनि दोकलम विवाद हु‘दै भारत चीन विच गलवान घाँटीको तनाव, सैन्यभण्डारण र सैनिक भिडन्तले दुई देशबीचको कमजोर कूटनीतिलाई प्रतिबिम्बित गरेको देखिन्छ । सन् २०२० को गलवान घाँटीको भिडन्तमा २० जना भारतीय सैनिकहरूको सहादत हुनु र रसिया र जंजीराका रिर्पोट अनुसार ४० जना भन्दा अधिक चीनिया सैनिकहरूको सहादत हुनु जस्ता परिघटनाले भारत चीन सम्वन्धको तरलतालाई उद्घाटित गर्दछ ।
भारत र चीन दुवै आणविक अस्त्र र शस्त्रवाट सज्जित सैनिकहरू डंडी र फलामको तारले एक अर्का विरुद्धमा अभिमत गर्नु जसता घटनालाई जानकारहरू सैनिकहरूको संयमतालाई समेत व्याख्या गरेका छन् । सन् २०२० देखि सन् २०२४ सम्म भारत चीन सम्वन्धमा सुधार देखिएको छैन् । भारत प्रजातान्त्रिक मुलुक मात्र नभई विश्वकै ठूलो जनसंख्या भएको देश हो । यसकारण पनि ऊसँगको सम्बन्धले विशेष अर्थ राख्छ ।  चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो राष्ट्रवादको नयॉ भाष्य अनुरुप भारतसंग सामथ्र्यको आधारमा सीमा समस्यालाई छिनोफानो गर्ने घोषणा समेत गरेको छ । यी परिदृष्यमा भारत चीनबीच तनाब शिथिलिकरणको लागि उच्च स्तरीय राजनैतिक प्रयास भएको देखिदैन ।
सन् १९८८ र सन् २०१० मा भारत र चीन विच भएका समझादारी र सम्झौता मानमर्दन भएको देखिन्छ । भारतको न्युक्लियर सप्लायर ग्रुप सदस्यताको लागि चीनले विरोध गर्नु र कुख्यात आतंकवादी महसुद अजरलाई विश्व आतंकवादी सूचीमा नामांकरण गर्न चीनले भारतलाई सर्मथन नगर्नु जस्ता परिघटनाले यी दुई देशबीचको सम्बन्ध सहज हुन सकेको छैन । स्मरण रहोस काठमाडौंबाट इण्डियन एयर लाइन्सलाई अपहरण गर्ने आतंकवादी महसुद अजर नै थिए ।
वर्तमान अवस्थामा दुई देशहरू सीमा समस्यामा सैनिकहरूबीच सम्वादको लागि डब्लु एम.सी.सी. स्थापना गरेका छन् । अर्थात् सैनिक कमाण्डरहरूले एक अर्काबीच संवाद गर्दै रहने समझादारी भएको  छ ।
भारतका सामरिक जानकार विजय गोखलेले मोदीको तेस्रो कार्यकालको महत्वपूर्ण अर्जुनदृष्टि भारत चीन सम्बन्धमा आवश्यक पहलकदमी गर्नु पर्ने भनाई अभिव्यक्त गरेका छन् । भारत चीन सम्वन्धलाई रेखांकित गर्दै गोखलेल तीनवटा पुस्तकहरू “थिनामेन स्क्वायर” “लौंग गेम” र “क्र्स विण्ड” समेत प्रकाशित गरेका छन् । गोखलेका अनुसार भारतले आप्mनो आर्थिक महत्वांकाक्षालाई प्रत्याभूत गर्न चीनसंगको सम्वन्धलाई उच्च प्राथमिकता दिनु पर्दछ । भारतले निर्यातमा फड्को मारेको छ । विगतका वर्षमा नै ७०० अर्ब अमेरिकी डलर भन्दा भारतको निर्यात अधिक रहेको छ । भारतले तयार गरिरहेको विद्युतीय, औषधालय, लत्ता कपडा लगायत अनेकौं सामानहरूको कच्चा पर्दाथ चीनवाट आयत गरेको देखिन्छ । वर्तमान व्यापार वितरण प्रणाली (स्पलाई चेन)मा निर्भर रहेको छ । वितरण प्रणालीको समीकरणमा चीन सबभन्दा महत्वपूर्ण खेलाडी रहेको छ । यी परिवेशमा भारतले चीनसंगको सम्वन्धलाई  सुधार गरेको खण्डमा आर्थिक विकासको क्षेत्रमा थप उपब्धी प्राप्त गर्न सक्दछ ।
वर्तमान अवस्थामा चीनको सम्बन्ध अमेरिका, युरोप, जापान, दक्षिण कोरिया र आसीयानका केही मुलुकहरूसंग विसिएको छ । चीनसंग सामरिक साझेदारीमा रहेका मुलुकहरू पाकिस्तान, इरान, उत्रर कोरिया केही हदसम्म रसीया आर्थिक रूपले दिवालीपनको संघारमा रहेको छ । चीनले आफ्नो निर्यातलाई बढाउन भारतसंगको व्यापारिक सम्वन्धलाई उच्च महत्व दिनु पर्ने वाध्यता देखिएको छ । वर्तमान भू(राजनीतिक परिस्थितिले गर्दा विभिन्न अन्तराष्ट्रिय मञ्चहरूमा चीन अलगथलग देखिएको छ । भारतीय परराष्ट्र नीतिले चीनको वाध्यतालाई प्रचूर मात्रामा लाभ लिदै र अफ्नो व्यापार घाटालाई मध्यनजर राख्दै चीनसंगको व्यापारिक कारोवारलाई उच्च महत्व दिनु पर्दछ । साम्यवादी मनोग्रन्थीमा इतर शक्तिहरू प्रति सम्मान हु‘दैन ।
भर्खरै विश्व हात्ती दिवसको अवसर भारत आवासीय चिनियाँ राजदुतले एक अभिव्यक्रि सार्वजनिक गरेका छन् । अर्थात् चीनले हात्तीलाई सम्मान गरेको कुरा उनले उल्लेख गरेका छन् । अर्थात् कूटनीतिक भाषामा उनले भारतलाई “हात्ती”को रूपमा संज्ञा दिदै भारतसंगको व्यापारलाई उच्च महत्व दिने समेत संकेत गरेका छन् । प्रति उत्तरमा भारतका पूर्व राजदुत विजय गोखलेले चीनले आफ्नो पुरानो मानसिकता परिर्वतन गर्नु पर्ने आग्रह गरेका छन् । अर्थात् चीनिया कम्युनिष्ट पार्टीको भाष्यले भारतलाई साधु, सर्प र हात्तीको देश भन्दै नजरअन्दाज गर्दै आएका छन् । विश्व रंगमञ्चमा भारतको लोकप्रीयतालाई चीनले अस्वीकार गरेको छैन । वर्तमान परिवेशमा चीनलाई दबाबमा राख्न भारतसंग धेरै कूटनीतिक अस्त्रहरू छन् । तिब्वबका धर्मगुरु दलाई लामाको वासस्थान भारतमा हुनु, ताइवानसँग भारतको सघन सम्वन्ध हुनु र चीनको सीमावर्ती मुलुकहरूसंग भारतको राम्रो व्यापारिक कारोवार हुनु जस्ता कारणहरूले गर्दा भारतले चीनलाई कूटनीतिक दवाव राख्न सार्मथ्य राख्दछ । वास्तवमा कूटनीति कमजोर कडीमा प्रहार गर्ने अस्त्र समेत हो ।
सन् २०२४ मा मोदीको रुस यात्रा समेत भारत, चीन र रुसको त्रीकोणत्मक सम्वन्धलाई विश्लेषण गर्न केही आधारहरू तयार गर्दछ । रुस र युक्रेन युद्धको पूर्वसन्ध्यामा पुटिन चीन यात्रा गरेका थिए भने युद्धताका नै राष्ट्रपति सीले रुस यात्रा गरेका थिए । यी यात्राहरूको आलोकमा रुस र चीन सामरिक रूपले साझेदार भएको सन्देश दिन खोजिएको थियो । चीन र रुसको सघन सम्वन्धको पराकम्पन भारत र रुस सम्बन्धमा पर्ने समेत जानकारहरूको आँकलन रहेको थियो । विश्वको हरेक कूटनीतिक सम्वन्धहरू मध्ये भारत र रुस सम्वन्ध विशेष रूपमा रेखाङकित गर्ने खालको उदाहरण हो ।
सन् १९४७ देखि हालसम्म भारत र रुस सम्बन्ध अविरल रूपले सघन रहेको  छ । अर्थात् रुसले मोदीलाईसर्वोच्व सम्मान दिएर रुस र भारत बीचको उच्च सम्बन्धलाई प्रस्तुत गर्दै भारतको विरुद्धमा चीनसंग सहकार्य नगर्ने उद्घोष थियो । चीनले अमेरिका र युरोपको आर्थिक खुड्किलोको आधारमा नै प्रगतिको धावक बन्न सफल भयो । वर्तमान अवस्थामा भारतलाई यो अवसर प्राप्त भएको छ । भारतले चीनसँगको सम्बन्धलाई उच्च महत्व दिदै राष्ट्रपति देङ्ग र राजिव गान्धीबीच भएको सम्झौतालाई आधारस्तम्भ बनाएर व्यापारिक कारोबारलाई उच्च महत्व दिनु पर्दछ । अर्थात् चीन र भारतले उच्च स्तरमा संवादलाई सुचारु गर्नु पर्ने चाहना यस क्षेत्रको शान्ति र समृद्धिको चाहना राख्नेहरुबाट भइरहेको छ ।

प्रतिक्रिया