३१ भाद्र २०८१, सोमबार | September 17, 2024

आरजुलाई भारतले किन दियो यति धेरै महत्व


August 21, 2024
1.8k
Shares

काठमाडौं, ५ भाद्र । आरजु राणा नेपाली काँग्रेसकी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी हुन् । उनी यसपटक भारत भ्रमण परराष्ट्रमन्त्रीको पोर्टफोरियोमा पुगिन् समकक्षी एस जयशंकरको निम्तोमा ।

आरजु परराष्ट्र भएपछि पहिलो भ्रमण भारतबाट सुरु गरिन् । उनले न्यानो आतिथ्य पाइन् दिल्लीमा । जयशंकरसँग लन्च बैठकको साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरिन् । निकै व्यस्तताबीच मोदीले आधा घन्टा भेटे आरजुलाई ।

नेपालका धेरैजसो परराष्ट्रमन्त्री भारतका प्रधानमन्त्रीसँग भेटको सायदै अवसर पाएका छन् । तर, आरजुल्े पाइन् । उनी वेटिङ प्रधानमन्त्रीको पत्नी हुनुले पनि यो सफलता पाइन् ।

आरजुले निकै संघर्ष गरेर परराष्ट्र बन्ने मौका पाइन् यसपटक । केपी शर्मा ओली नेतृत्वको सरकार बनाउन उनैले देउवालाई बालकोट लगेकी थिइन् । यसकारण पनि ओली मन्त्रिमण्डलमा आरजु परराष्ट्र बनिन् ।

आरजुले पछिल्लो समय भारतीय अधिकारीहरुसँग नियमित भेटहरु गर्दै आएकी छिन् । उनको विगतमा दिल्ली दौड पनि बाक्लो थियो । भारतसँग कतिपय सम्झौता देउवाका पालामा भएको थियो । तर, ती सम्झौतामध्ये कतिपय कार्यान्वयन भएका छैनन् । पञ्चेश्वर त्यस्तो सम्झौता हो जुन झण्डै ३० वर्ष पुग्न लाग्दा पनि कार्यान्वयन हुनसकेको छैन । आरजु त्यसको कार्यान्वयन गराउने गरी बढेको संकेतहरु मिलेको छ ।

प्रतिक्रिया