नेपाल साफ यु-२० फुटबलको सेमिफाइनलमा

काठमाडौं, ४ भाद्र । नेपाल साफ यु-२० फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ए मा बँगलादेशले श्रीलंकालाई पराजित गरेपछि एक खेल जितिसकेको नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।
नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको थियो । बँगलादेशले मंगलबारको प्रतिष्पर्धामा श्रीलंकालाई २-० ले पराजित गरेर सेमिफाइनलको स्थान पक्का गरेको हो ।
नेपाल र बँगलादेशबीच बिहिबार हुने प्रतिष्पर्धाबाट समूह विजेताको टुंगो लाग्नेछ । समूह उपविजेताले समूह बीको विजेतासँग खेल्नेछ ।