३१ भाद्र २०८१, सोमबार | September 17, 2024

आरजु झन् शक्तिशाली


August 17, 2024
830
Shares

काठमाडौं, १ भाद्र । अहिलेको सत्ता गठबन्धन बनाउन आरजु राणाको महत्वपूर्ण भूमिका थियो । उनैले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बालकोट लगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नयाँ सरकार गठनको सहमति बनाएकी थिइन् । आरजुलाई ओली सरकारमा परराष्ट्रमन्त्री मिल्यो ।

आरजु परराष्ट्रमन्त्री बनेलगत्तै झन् शक्तिशाली बनिन् । सरकारका महत्वपूर्ण निर्णयमा काँग्रेसबाट उनकै निर्णय चल्न थालेको छ अहिले । उनको कार्यकालमा भारतका विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आए । उनले महत्वपूर्ण कुराकानी गरिन् ।

आरजुलाई भारत भ्रमणको निम्तो पनि आयो । उनलाई भारतका विदेशमन्त्री एस जयशंकरले निम्तो दिए । १८ भाद्रमा आरजु भारत भ्रमणमा जाँदैछिन् । उनलाई बाह्य जगतले सरकारमा शक्तिशाली मन्त्रीका रुपमा हेरेका छन् ।

काँग्रेस सभापति देउवाले गर्ने निर्णयमा आरजुको बढी चल्न थालेको छ अहिले । उनकी निकै शक्तिशाली बनेकि छिन् ।

प्रतिक्रिया