३१ भाद्र २०८१, सोमबार | September 17, 2024

भ्रष्टाचार मुद्दामा गोदावरीका मेयर गजेन्द्र महर्जनलाई सफाई


August 14, 2024
747
Shares

काठमाडौं, ३० साउन । भ्रष्टाचार मुद्दामा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहितले सफाई पाएका छन् । रोडाढुंगा उत्खननमा राजश्व हिनामिना गरी राज्यलाई नोक्शानी पुर्याएको भन्दै अख्तियारले मुद्दा दायर गरेकोमा महर्जनले सफाई पाएका हुन् ।

विशेष अदालतले सफाई दिएकोमा उपमेयर मुना अधिकारी, तत्कालीन कर्मचारीहरु, ठेकेदार कम्पनी र ठेकेदार समेत छन् ।

गोदावरी नगरपालिका मेयर र उपमेयर विहिन हुँदा कामकारबाहीमा असर परिरहेको थियो । सफाई पाएसँगै मेयर र उपमेयर काममा फर्कने बाटो खुलेको छ ।

प्रतिक्रिया