३१ भाद्र २०८१, सोमबार | September 17, 2024

धर्म बाँचे राष्ट्र बाँच्छ


August 14, 2024
3.8k
Shares
सन्तोष आचार्य: शक्तिको आधारमा राष्ट्रको भौगोलिक परिधी निर्माण हुन्छ र विघटन पनि हुन्छ तर धर्मले राष्ट्रको निर्माण गर्छ । राष्ट्रको आत्मा नै जीवन हो । धर्मविना राष्ट्र लगभग मरे तुल्य हुन्छ । त्यो केवल ढुंगा, माटो, पहाड, वृक्षको संगालो हुन्छ ! धर्मविना राष्ट्र बाँच्न सक्दैन ।
भारतवर्ष कुनै बेला इरानसम्म फैलिएको थियो, आर्यवर्त पनि कुनै समय फराकिलो क्षेत्रमा फैलिएको थियो, इरानदेखि इन्डोनेसिया र मरिससदेखि मस्कोसम्म, आर्यवर्त अस्तित्वमा थियो, तर धर्म घट्यो र राष्ट्र विभाजित हुँदै गयो ।
इजरायल यहूदीहरूको राज्य थियो जहाँबाट उनीहरूलाई इसाईहरूले धपाए । रोमीहरूले पनि उनीहरूलाई यातना दिए । त्यसपछि मुस्लिमहरू आए र उनीहरूले पनि यहूदीहरूलाई यातना दिए तर यहूदीहरूले आफ्नो जीवनको बलिदान दिएर पनि आफ्नो धर्मलाई बचाए ।
यहूदीहरूले आफ्नो धर्मको रक्षा गरेर आफूलाई बचाए र इजरायलको पुनर्स्थापना गरे । उनीहरुको धर्म नबाँचेको भए राष्ट्र बाँच्ने थिएन ।
त्यसैले धर्म सर्वोच्च हो । राष्ट्र र धर्म एक अर्काका परिपूरक हुन् । राष्ट्र हाम्रा लागि आमा जस्तै हो जसले हामीलाई पालनपोषण गर्छ र हामीलाई प्रगतिको बाटोमा डोर्याउँछ ।
धर्म हाम्रा लागि पिता जस्तै हो, जसले हामीलाई सुसंस्कृत, सभ्य, बौद्धिक र शक्तिशाली बनाउँछ । हामीलाई सही दिशा दिन्छ । हामीलाई अनुशासित बनाउछ । त्यसैले देश वा धर्म छनोट गरेर देशप्रतिको आफ्नो जिम्मेवारीबाट भाग्न सकिँदैन भन्ने स्पष्ट छ ।
एक वाक्यमा भनौँ भने धर्म ठूलो हो, तर राष्ट्र पहिलो (Nation First) हो । राष्ट्रले भूगोलको सीमालाई विभाजित गर्दछ तर धर्मले विभिन्न राष्ट्रलाई नि एक सिद्धान्त र नीतिमा जोड्न सक्छ ! आज विश्वमा ५७ वटा मुस्लिमको राष्ट्र छ तर ति सबै राष्ट्रलाई जोड्ने तत्व भनेको मुस्लिम धर्म नै हो !
त्यसरी नै इसाईको पनि ४४ राष्ट्र छन् भौगोलिक सिमाले ति सबै अलग छन्, सबैको भाषा, राष्ट्रियता अलग छ तर धर्मले ति सबै राष्ट्रलाई एक बनाएको छ !
बौद्धहरूको नि १० राष्ट्र छन् तर ति सबैको सिमाना, राष्ट्रियता, भाषा, पहिचान, अलग हुदा समेत ति सबैलाई एक सुत्रमा जोड्नलाई धर्मले काम गरेको छ !
सामान्यतया धर्म र राष्ट्रमा कुन ठुलो भनेर चुनाव गराउने अवस्था आउँदैन, तर त्यो आयो भने सबैले राष्ट्रलाई नै रोज्ने कुरा निश्चित छ । यसो गर्नाले अप्रत्यक्ष रूपमा सिमा भित्र रहेर धर्म छनोट, पालना र संरक्षण गर्न सकिन्छ किनभने धर्मले राष्ट्रको रक्षा गर्न पनि सिकाउँछ । राष्ट्रधर्म नै धर्मको अभिन्न अंग हो ।
All reactions:

1

प्रतिक्रिया