हिन्दुत्वः एक राजनीतिक आन्दोलन
विपिन देवः भारतीय स्वतन्त्रता संग्राम र हिन्दुत्व आन्दोलन विच अन्योनास्रित सम्बन्ध रहेको छ । भारतीय स्वतन्त्रता संग्रामको विभिन्न धारहरू मध्ये हिन्दुत्वको धार पनि प्रवल रहेको छ । हिन्दुत्व आन्दोलनको सैद्धान्तिक प्रस्तावना दिने विर सावरकार नै हुन् । १८५७ को विद्रोहलाई आधार बनाएर “इण्डियन बार ऑफ इनडिपेन्डेनस्” पुस्तक लेख्ने व्यक्तित्व सावरकर नै थिए । बेलायतमा अध्ययन गर्दा उनले सो पुस्तक लेखेका थिए । पुस्तक प्रकाशित हुनु भन्दा नै उनी अंग्रेज सरकारद्वारा गिरफ्तार गरिएर सेन्ट मौर्या नामक सामुद्रिक जहाजबाट भारत चलान गरिए । मध्य समुद्रबाट पानी जहाजबाट हाम फालेर अद्भूत पराक्रम देखाउने सावरकर नै थिए । दुर्भाग्यवस उनलाई बन्दी बनाई सबभन्दा क्रुर यातना दिई आडोबार निकोबारको जेल चलान गरियो ।
कालापानीको जेललाई उनका जीवनीकार धनञ्जय रवीरले संसारको सबभन्दा निर्मम यातनाको रूपमा व्याख्या गरेका छन् । ढुङ्गाको टुक्राबाट जेलको पर्खालमा ६ हजार कविता लेखेर क्रान्तिको ज्वारभाट फैलाउने साबरकर नै थिए । जीवनको २५ वर्षभन्दा अधिक समय जेल जीवन जीवन बिताएका सावरकरले हिन्दुत्वको राजनीतिक प्रस्तावना आफ्नो पुस्तक “हिन्दुत्व”बाट सार्वजनिक गरे । उक्त पुस्तकको माध्यमबाट हिन्दुत्वलाई जीवन दर्शनको रूपमा व्याख्या गर्दै प्रत्येक भारतेलीले भारतलाई पूण्य भूमी, पितृ भूमी र मातृभूमीको रूपमा स्वीकार गर्नु पर्ने उनको आग्रह थियो । मक्का र मदिनालाई पुन्य भूमी मानेको खण्डमा भारत मातृभूमी र पितृ भूमी नहुने उनको बुझाई थियो । गान्धीभन्दा पहिले नै अंग्रेजी वस्तु र लुगालाई आगो लगाएर विदेशी वस्तुलाई बहिष्कार गर्ने सावरकार नै थिए । उच्च कोटीको कविता सधै उनी समाज सुधारक समेत थिए । उनको कविता “वाल विधवा” चर्चित कविता रहेको छ । दलितलाई मन्दिर प्रवेशको अभियान सावरकरले नै सुरु गरेका थिए ।
“हिन्दुमहासभा”को नेतृत्व गर्दै हिन्दुत्वको माध्यमवाट राष्ट्रियतालाई बलियो बनाउने अभियान सावरकरले सुरु गरेका थिए । सावरकर पछि हिन्दुमहासभाको नेतृत्व डा. श्याम प्रसाद मूखर्जीले एउटा राष्ट्रिय आन्दोलनको रूपमा सुरु गरेको देखिन्छ । डा. मुखर्जी अद्भूत विद्वान थिए । ३३ वर्षको उमेरमा कलकत्ता विश्व विद्यालयको कुलपति हुनुका साथै उच्च कोटिका वक्ता थिए । भारतीय संसद भवनमा उनलाई “लाइन ऑफ इण्डियन पार्लीमेन्ट” को रूपमा चिनिन्थ्यो । पूर्वीय बँगाल (हाल वङगलादेश)मा रहेका हिन्दुहरू माथि अतिक्रमण र हिंसा गरिन्थ्यो । डा. मुखर्जी पूर्वीय वङ्गालको अल्पसंख्यक हिन्दुहरूको युखर अवाज थियो । गान्धीको विशेष अनुरोधमा नेहरु मन्त्रीमण्डलमा उद्योगमन्त्रीको रूपमा सामेल भए पनि नेहरुको नीति उनलाई पाच्य थिएन । नेहरूले पाकिस्तानको सैनिक शासकसँग नेहरु लियामत प्याक्ट गरेका थिए । अर्थात् उक्त प्याक्ट माध्यमबाट पाकिस्तानमा रहेका हिन्दुहरूको संरक्षणको जिम्मा पाकिस्तानको रहेको थियो । डा. मुखर्जीलाई पाकिस्तानको नीति प्रति विश्वास थिएन । तत्कालीन अवस्थामा पाकिस्तानमा हिन्दुहरूको संख्या १७ प्रतिशत थियो भने ३ प्रतिशतमा झरेको छ । डा. मुखर्जी नेहरु नीतिलाई प्रतिवाद गरे । काश्मिरको ३७० धारा प्रति उनको घोर आपत्ति थियो । तत्कालीन समयमा काश्मिरका छुट्टै कानुन र छुट्टै भण्डा समेत थियो । लियाकत प्याक्ट र काश्मिर नीति प्रति विद्रोह गर्दै डा. मुखर्जी नेहरु मन्त्रीमण्डलबाट राजीनामा दिए । पचासको दशक हिन्दुमहासभामा र राष्ट्रिय स्वंय सेवक संघको संयुक्त प्रयासबाट नयॉ राजनीतिक दल “जनसंघ” को जन्म भयो ।
जनसंघको नेतृत्व डा. मुखर्जीले गरे । डा. मुखर्जी काश्मिर कानुन विरुद्ध सत्याग्रह गर्दै काश्मिर प्रवेश गरे । डा. मूखर्जीले त्यो कानुनलाई तोड्दै आफ्नो गिरफ्तारी काश्मिरमा दिए । उनको रहस्यमय मृत्यु जेलमा नै भयो । हिन्दुत्वको आन्दोलनलाई अर्को आयाम दिने गुरु गलाववालकर नै हुन् । गुरु गवालवालकार राष्ट्रिय स्वंय सेवकको संघ सञ्चालक थिए । ४१ वर्ष भन्दा अधिक राष्ट्रिय स्वंय सेवक संघलाई नेतृत्व गर्ने गवालवाकर २० औं शताब्दीको हिन्दुत्वको लागि ठुलो उपहार मानिन्छ । गवालवाल करलाई संघ परिवारमा गुरुजीको नामले सम्वोधन गरिन्छ । राष्ट्रिय स्वंय सेवक संघको माध्यमबाट सूयोग्य नागरिक हिन्दुत्व संस्कारको अनुरुप तयार गर्ने उनको संकल्प थियो ।
जनसंघलाई सुयोग्य र संस्कारवान कार्यकर्ता तयार गर्न दिने आर.एस.एस.ले गर्दै आएको छ । अटल विहारीदेखि आडवाणीसम्म, मोदीदेखी नीतिन गडकरीसम्म सबै आर.एस. एस.बाट दिक्षित र शिक्षित भएका छन् । गुरु गवालवालकरले सैद्धान्तिक अवधारणा कालजयी कृती “वन्च आपैm थौट”मा सार्वजनिक गरेका छन् । काश्मिरलाई भारतमा एकीकरण गर्न गुरुजीले नै तत्कालीन काश्मीरी राजा हरी सिंहलाई नैतिक दबाब दिएका थिए । सन् १९६२ मा चीनसंग युद्ध हु‘दा भारत भरी राष्ट्रवादको शंखनाद गर्ने गुरुजी नै थिए । जीवनभरी आर.एस. एस.लाई शत्रुतुल्य व्यावहार गर्ने नेहरुले जीवनको उत्तरादृमा गुरुजीबाट प्रभावित हु‘दै सन् १९६३ को गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय स्वंय सेवकलाई आमन्त्रण गरेका थिए । गवालवालकरले आर.एस.एस.लाई देशभरी नै पैmलाए । तत्कालीन समयमा जनसंघलाई राजनैतिक दलको रूपमा अगाडी बढाउने काम पण्डित दिन दयाल उपाध्यायले गरे । दिन दयाल उपाध्यायलाई हिन्दुत्वको राजनैतिक दार्शनीकको रूपमा चिनिन्छ । उनको राजनैतिक दर्शनको नाम “एकात्मक मानववाद” हो । “एकात्मक मानववाद” दै कालान्तरमा भारतीय जनता पार्टीको राजनैतिक र आर्थिक दस्तावेज हुन गयो ।
“एकात्मक मानवावद”ले प‘ूजीवाद र साम्यवादलाई सूत्रात्मक रूपमा प्रश्नको घेरामा ल्याउ‘छ । अर्थात् पण्डित दिनदयालले साम्यवाद र पू‘जीवादलाई उधौगीकरण र साम्राज्यवादको मानसपूत्रको रूपमा व्याख्या गरेका छन् । यी दुईवटै दर्शन मानवको भौतिक तृप्ती र आंकक्षा प्रति केन्द्रित रहेको उनको ठहर रहेको छ । साम्यवाद र पू‘जीवादले मानवलाई लोभी र वस्तुवादीको रूपमा ग्रहण गरेको छ । ६६ पृष्टको एकात्मक मानववादले मानवको सम्वन्ध प्रकृती, जीवजन्तु, अधात्यम र जीवनको सम्पूणतालाई सम्वोधन गरेको छ । राज्य सञ्चालनको सम्पूर्ण सूत्रहरूलाई पण्डित दिनदयालले “एकात्मक मानववाद”को माध्यमवाट व्याख्या गरेका छन् । राज्यको हरेक नीति र नियम बनाउ‘दा “अन्तोदय”को सिद्धान्तलाई अबलम्वन गर्नु पर्ने उनको आग्रह रहेको छ । “अन्तोदय” भन्नाले समाजका सबभन्दा पिडित, प्रताडित र अपहेलित मान्छेको अवस्थालाई अर्जुनदृष्टि बनाई राष्ट्रिय नीति अंगिकार गर्नु पर्ने पण्डित दिन दयालको आग्रह रहेको छ । अर्को शब्दमा भन्ने हो भने “नर”लाई नारायणको रूपमा र जनतालाई जन्मदिनको रूपमा ग्रहण गर्नु पर्ने उनको आग्रह रहेको छ । डा. मुखर्जी जस्तै पण्डित दिन दयाल उपाध्ययको मृत्यु नै बडो रहस्यमय ढङ्गले मूगलसराय स्टेशनमा भएको देखिन्छ ।
जनसंघको नेतृत्व दिन दयाल पछि अटल विहारी वाजपेयीले लिएको देखिन्छ । अटल विहारी वाजपेयी डा. मूखर्जीको निजी सचिव थिए । इतिहासको कालखण्डमा लाल कृषण आडवाणी समेत वाजेपेयीको निजी सचिव थिए । संघ परम्परा निजी सचिव वृषण जस्तै चतुर र योग्य हुनु पर्ने परम्परा रहेको छ । नेपालको राजनेताहरू योग्यता र कौशलताको आधारमा यो सिद्धान्तलाई अबलम्वन गर्नु जरुरी देखिन्छ । सत्तरीको दशकमा जनसंघ जे.पी. आन्दोलनमा सहभागी हु‘दै असीको दशकमा भारतीय जनता पार्टीको रूपमा रुपान्तरीत भए । विगत पचीस वर्षमा वि.जे.पी.ले वाजपेयी, मोदीलाई प्रधानमन्त्रीत्व प्रदान गरेको छ । काश्मिरबाट ३७० धारा खारेज गर्नु, संसारमा हिन्दुहरू प्रति संवेदनशील हुनु र वौदिक संस्कार प्रति सजग रहनु नै यी महापुरुषहरूको दिगर्दशन रहेको छ । वङ्गलादेशमा हिन्दुहरू प्रति भएको निन्दनीय घटना प्रति संवेदसशिल हुनु र हिन्दुत्वलाई राजनैतिकक आन्दोलनको भाव रूपमा लिनु नै यी महापुरुषको आग्रह रहेको छ । भारतको ७८ औं स्वतन्त्रता दिवसको अवसरमा शुभकामना !