३ आश्विन २०८१, बिहिबार | September 19, 2024

बँगलादेशमा हिन्दू एकतावद्ध भएर सडकमा उत्रिएपछि…


August 11, 2024
1.4k
Shares

एजेन्सी, २७ साउन । बँगलादेशमा सत्ता परिवर्तनलगत्तै हिन्दूमाथि आक्रमण भइरहेपछि उनीहरु एकतावद्ध भएर सडकमा उत्रिएका छन् । बँगलादेशको ढाकालगायत मुख्य शहरहरुमा लाखौंको संख्यामा हिन्दूहरु सडकमा उत्रिएका हुन् । उनीहरुले आक्रमणको विरोध शान्तिपूर्ण रुपमा गरे ।

शनिबारको विरोधमा अहिलेसम्मकै ठूलो उपस्थिति रहेको बँगलादेशको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । स्वतस्फूर्त प्रदर्शनमा उत्रिएकाहरुले सुरक्षा र न्यायको मागका प्लेकार्ड बोकेका थिए ।

बँगलादेशमा हिन्दूको घर र मन्दिर लुटिएकोमा प्रदर्शनकारीले प्रश्न उठाएका छन् । हिन्दूलाई सुरक्षा प्रत्याभूती दिन माग समेत गरे ।

बँगलादेशमा हिन्दूमाथि योजनावद्ध तरिकाले आक्रमण हुनथालेपछि उनीहरु छिमेकी मुलुक भारतमा भाग्ने अवस्थामा पुगेका थिए । तर, हिन्दू संघसंस्थाले एकतावद्ध भएर आक्रमणको विरोधमा उत्रन आव्हान गरेपछि लाखौं सडकमा आए । यसले विश्वको ध्यान खिचेको छ ।

बँगलादेशका अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले हिन्दूलगायत अल्पसंख्यकमाथि आक्रमण नगर्न आव्हान गरेका छन् । उनीमाथि बाह्य जगत्को पनि दबाब बढेको छ हिन्दू आक्रमण नरोकिएपछि ।

हिन्दू एकतावद्ध भई सडकमा उत्रिएपछि त्यहाँको नयाँ सरकार पनि दबाबमा परेको छ । हिन्दू एक भई संघर्षमा उत्रिएमा अर्को संकट आउने भएकाले त्यहाँको सरकार सतर्क भएको छ ।

प्रतिक्रिया