३ आश्विन २०८१, बिहिबार | September 19, 2024

‘हिन्दू राष्ट्र’ मेटायौ उनीहरु दक्षिण एशियामा ‘इशाई राष्ट्र’ बनाउँदैछन्


August 10, 2024
3k
Shares

डा. दीपेश केसीः बँगलादेशमा शेख हसिनाले एउटा ग्रान्डडिजाइनको खुलासा २०२४ को मे महिनामा गरेकी थिइन् । त्यो थियो इष्ट टिमोर जस्तै दक्षिण एशियामा ‘क्रिस्चियन देश’ बनाउने अनि बँगालको खाडीमा सैन्य अखडा बनाउने । त्यो खेल कस्ले खेल्दैछ भन्ने उनले नखोलेपनि सिधै अमेरिकातर्फ थियो । हुनपनि धर्मान्तरणले बँगलादेशको चट्टोग्राम क्षेत्र, म्यानमाको चीन क्षेत्र, मिजोरम र मनिपुरको विभिन्न क्षेत्रलाई निकै असर पारेको छ । ती क्षेत्रमा क्रिस्चियन बाहुल्य जनसंख्या छन् । ती क्षेत्रहरु द्वन्द्वग्रस्त छन् । त्यहाँ अमेरिका र पश्चिमा संस्थाहरुको गतिविधि बढी छ । त्यही क्षेत्र टुक्राएर क्रिस्चियन बाहुल्य नयाँ देश बनाउने ग्रान्डडिजाइनको खुलासाले तरंग नै ल्यायो । हसिनाको आरोपलाई बल पुग्ने गरी बँगलादेशमा तत्काललाई एउटा परिवर्तन सफल पारिएको छ । योजनामुताबिक सत्तामा अमेरिकाले पत्याएका नोबेल पुरस्कार विजेता मोहम्मद युनुस सरकार प्रमुख बनेका छन् ।

बँगलादेशमा अहिले हिन्दूहरुमाथि आक्रमण चलिरहेको छ । हिंसाको तारोमा हिन्दूहरु परेका छन् । आतंकवादी हमला भइरहेको छ । पाकिस्तानी जर्नेलहरुको भोज चलिरहेको छ । पश्चिमा लगानीमा चलेका मानवअधिकारवादी संघसंस्था सुतेका छन् । प्यालेस्टाइनी उग्रवादीको पक्षमा नेपालको सडकमा आउनेहरु हिन्दू मारिँदा मौन छन् । यी सबै घटनाले धर्मको राजनीति चल्दैन भन्ने भ्रम फैलाउनेहरु उदांगिएका छन् । शेख हसिनाले भनेजस्तै इस्ट टिमोर जस्तै इशाई राष्ट्र बनाउने योजनाहरु दुरगामी रणनीतिमा चलिरहेको घटनाक्रमले पुष्टि गर्दै लगेको छ ।

पश्चिमाहरु कहिले हतियारको बलमा उपविनेश बनाएर विश्वभर वर्चश्व बनाउन पुगे त कहिले सांस्कृतिक आक्रमण गरेर । उनीहरुले विश्वका धेरै देशलाई इशाई बाहुल्य बनाए । त्यहाँको सत्तामा आफ्नो वर्चश्व बनाए । अफ्रिका, उत्तर र दक्षिण अमेरिकामा त्यही रणनीति बनाए । एशियामा भने उनीहरुले हतियारको बलले उपनिवेश त खडा गरे तर धर्म संस्कृतिमाथि ठूलो क्षति पुर्याउन सकेनन् । उनीहरु अहिले धर्मान्तरण र सांस्कृतिक अतिक्रमणबाट आफ्नो वर्चश्व बनाउन खोजिरहेका छन् । त्यो दक्षिण एशियामा मात्र नभई नेपालमा पनि चलिरहेको छ । उनीहरुकै दबाबमा नेपालमा धर्मनीरपेक्ष संविधानमा लेखिएको घाम जत्तिकै छर्लंग छ । हसिनाले भनेजस्तै पश्चिमाहरु दक्षिण एशियामा नयाँ इशाई राष्ट्र बनाउने योजनामा लागिरहँदा नेपालमा भने नेताहरु विश्वको एकमात्र हिन्दूराष्ट्रको परिचय नै नामेट पारे । यो अक्षम अपराध थियो भन्ने समयले प्रमाणित गर्ने नै छ ।

बँगलादेशमा हिन्दूहरुको नरसंहार विगतमा पनि भएकै थियो । यसपटक सत्ता परिवर्तनका दौरान पनि भयो । हिन्दूहरु दक्षिण एशियामा आधार बनाउन सकेका छन् । उनीहरु त कतिपय क्षेत्रबाट लखेटिए या मारिए । दक्षिण एशियाकै अफगानिस्तानबाट हिन्दू नामेट जस्तै भए । विगतमा हिन्दूहरु बहुमतमा थिए त्यहाँ । १९औं शताब्दीको शुरुमा लाखौंको संख्यामा थिए । त्यसको अन्ततिर केही हजारमा झर्न पुग्यो । अहिले त्यहाँ १५० भन्दा कम हिन्दू र शिख छन् त्यो पनि आतंकवादी हमलाको तारोमा पर्दै घटिरहेका छन् । पाकिस्तानमा हिन्दूको संख्या घट्दो छ । बँगलादेशमा पनि त्यही हालत छ । भुटानबाट पनि धेरै हिन्दू लखेटिए । अब नेपाल र भारत मात्र ८० प्रतिशतभन्दा बढी हिन्दू बाहुल्य देश हुन् सँसारमा । हिन्दू सभ्यतामाथिको आक्रमणको तारोमा यीनै दुई देश बढी पर्दै आएका छन् । नेपाल त परिनै रहेको छ ।

बँगलादेशको बाटो
धेरैका लागि नेपाल बँगलादेशको बाटोमा जाँदैन भन्ने भ्रम छ । तर, नेपाल थेग्नै नसक्ने गरी त्यो बाटोमा गइरहेको छ । आफ्नो धर्म संस्कृतिमाथि आक्रमणको मार्ग प्रशस्त गरिदिन जिम्मेवार दलका नेता नै लागेका छन् । उनीहरु कतिपय अवस्थामा हली नै बनेका छन् तिनको । हिन्दूहरु प्रयोग गरेर हिन्दूहरुविरुद्ध योजनावद्ध गतिविधि चलाइएका छन् । हिन्दू धर्ममा आस्था राख्नेहरुबीच विभाजनको रेखा कोरिएको छ । जनजातिहरुलाई हिन्दू होइनौं भन्ने अभियान चलाइएको छ । धर्मान्तरणबाट गैरहिन्दू बाहुल्य क्षेत्र नै बनाइएको छ । त्यस्ता क्षेत्र काठमाडौं वरपरका जिल्लामा नै हुनु अर्थपूर्ण छ । भविष्यमा बँगलादेशमा जस्तै नेपालमा पनि गैरहिन्दू प्रान्तको निर्माण गर्ने दबाब बनाइनसक्छ ।

तराईमा सीके राउतको पृथकतावादी गतिविधि त एउटा प्रयोग मात्र थियो त्यो कुनै न कुनै रुपमा प्रयोगमा ल्यान्छ नै । यो हिन्दूहरुमाथि योजनावद्ध तरिकाले दबाब बनाउने ग्रान्डडिजाइन अन्तर्गत हो । हिन्दूलाई गैरहिन्दू हौ भन्ने परिचय बनाउन एउटा समूह नै लागिपरेको छ । उनीहरु अन्तगत्वा हिन्दू समुदायसलाई अल्पमतमा पार्न उद्धत छन् ।
गैरहिन्दूको संख्या बढेको जनगणनाले देखाइरहेको छ । त्यो संख्या बढ्नुमा गैरकानूनी आप्रवासीको घूसपैठ र धर्मान्तरण नै हो । नत्र उनीहरुको संख्या कसरी बढ्छ । अब त्यही संख्यामा खेल्न योजनावद्ध तरिकाले लागेका छन् यो क्षेत्रमा अस्थिरता चाहनेहरु ।

अहिले त हिन्दू बहुमतमा छन् । तिव्र गतिमा यही योजना सफल हुँदै गए अबको एक सय वर्षभित्र नेपालमा हिन्दू अल्पमतमा हुनेछन् । त्यतिबेला नेपाललाई अफगानिस्तान बनाउने ग्रान्डडिजाइन सफलतातर्फ पुग्नसक्छ । मधेश टुक्राउन खोज्ने ग्रान्डडिजाइन विफल भयो पहाड र हिमालसँगको सांस्कृतिक र धार्मिक समानताले । यसैले अर्को तरिकाले यहाँ कुनै गैरहिन्दू प्रान्त हुँदै देश नै बनाउने षड्यन्त्र चलाइएको छ । यसकारण पनि हिन्दू बौद्ध सनातनीहरु बेलैमा जाग्न जरुरी छ । हिन्दूहरु संगठित हुन जरुरी छ । संगठित हिन्दू शक्ति नै धर्मान्तरण रोक्न सफल हुन्छ । हिन्दूले पीछडिएका र विपन्न हिन्दूलाई साथ दिने भावनाको विकास गर्न सक्नुपर्छ । यसो भएमा सांस्कृतिक आक्रमणबाट नेपाललाई बर्बाद बनाउन खोज्नेहरुको सपना साकार हुनेछैन ।

प्रतिक्रिया