३ आश्विन २०८१, बिहिबार | September 20, 2024

श्रीलंका र बँगलादेशको बाटोमा रहेको नेपाल जोगाउने कसरी ?


6.6k
Shares

प्रदिप भट्ट: दक्षिण एशियाली देशहरूमा पछिल्ला केही बर्षमा भएका राजनैतिक घटनाक्रम एवं आन्दोलन र प्राप्त उपलब्धि हरुले के देखाउछ भने कुनैपनी रास्ट्रको सरकार ,नेता त्यहाँको जन प्रशासन जनता प्रती जिम्मेवार हुनु पर्छ रास्ट्र अनुकुल कार्य गर्नु पर्दछ भन्ने देखाउछ अफगानिस्तान ,श्रीलंका र बाङ्लादेशमा भएका निम्न घटनाक्रमले नेपालले पनि धेरै कुरा सिकेर अगाडि बढनु पर्ने देखिन्छ ।

अफगानिस्तानमा घानीको पतन

घानी पहिलोपटक २०१४ मा अफगानिस्तानको राष्ट्रपतिमा निर्वाचित भएका थिए । अमेरिका समर्थित राष्ट्रपति घानीमाथि धाँधलीको आरोप लागेको थियो । २०१९ मा भएको विवादास्पद चुनावमा घानी पुनस् निर्वाचित भए । सन् २०२० को फेब्रुअरीमा दोहाको कतारमा अमेरिकाले तालिवानसँग शान्ति सम्झौतामा हस्ताक्षर गर्‍यो र त्यहीँ अमेरिकी सेना फिर्तीको समय तोकियो । उक्त सम्झौतामा घानीलाई सहभागी गराइएको थिएन ।

सन् २०२१ मध्यसम्म अमेरिकी सैनिकले फिर्ता हुने घोषणा गर्दानगर्दै तालिवानले अफगानिस्तानका धेरै भूभाग कब्जा गरिसकेको थियो । तालिवान राजधानी काबुलमा प्रवेश गरेपछि २०२१ अगस्ट १५ मा घानीको शासन पतन भयो ।

त्यसपछि तालिवानले काबुललाई नियन्त्रणमा लिएर इस्लामिक इमिरेट अफ अफगानिस्तानको स्थापना गरिएको घोषणा गर्‍यो । घानी त्यहाँबाट भागेर संयुक्त अरब इमिरेट्स ९यूएई०मा शरण लिन पुगेका थिए ।

श्रीलंकामा राजापाक्षेले देश छोडनु परेको अवस्था

सन् २०२२ को जुलाई ९ मा हजारौं प्रदर्शनकारीहरूले राजधानी शहर कोलम्बोमा राष्ट्रपति निवास र अन्य प्रमुख सरकारी भवनहरूमा आक्रमण गरेपछि त्यहाँका तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेर भाग्नुपर्ने परिस्थितिको सिर्जना भएको थियो ।

प्रधानमन्त्री हुँदाको बखत शुरूमा उनले महत्त्वपूर्ण जनसमर्थन पाएका पनि , उनीमाथि भ्रष्टाचार र निरंकुशताको आरोप लागेको थियो ।

भोकमरी , महंगी,परिवारवाद र भ्रष्टाचारले जनता निरास भई देशमा ब्याप्त आन्दोलन बढे पछि २०२२ को जुलाई १३ मा राजापाक्षेले देश छाडनु परेको थियो ।

शेख हसिनाको विदेश शरण

सन् १९७१ मा स्वतन्त्रता युद्धपछि बंगलादेश स्वतन्त्र भएको थियो। बंगलादेशका स्वतन्त्रता संग्राम सेनानीका सन्तानलाई सरकारी जागिरमा ३० प्रतिशत आरक्षणको व्यवस्था गरेको थियो। सोही व्यवस्था खारेजीको माग गर्दै विद्यार्थीले जुलाई महिनाको सुरुदेखि नै आन्दोलन थालेका थिए।

विगत एक महिनादेखि बंगलादेशमा जारी उक्त आरक्षण विरोधी आन्दोलन सोमबार उत्कर्षमा पुगेको छ। आन्दोलनरत विद्यार्थी एवं लाखौ जनताको आन्दोलनले १५ बर्ष शासन सत्ता संचालन गरेकी प्रधानमन्त्री शेख हसिनाले पद बाट राजिनामा दिदै देश छोडनु पर्यो।

बाङ्लादेशको आन्दोलन आरक्षण बिरोधि भए पनि हिन्दु हरु माथी भएको हिंसा र हिन्दु मन्दिरमाथी भएको आक्रमण निन्दनीय कार्य हो यस्ले के स्पष्ट हुन्छ भने यो आन्दोलन हिन्दु माथी भैरहेको नरसंहार हो ।

नेपाल श्रीलंका र बाङ्लादेशको बाटोमा

– कृषिप्रधान देशमा यस क्षेत्रको उत्पादन र यस क्षेत्रको आधुनिकीकरण अपेक्षाअनुरूप गर्न नसक्दा भोकमरीको अवस्था आउन सक्ने सम्भावना छ ,वास्तविक कृषकले अनुदान पाउदैन ,समयमा मल पाउदैनयसले समग्र कृषि प्रणाली खतरामा रहेको देखिन्छ ।
-राष्ट्रले उपयुक्त र सवल नीति निर्माण गर्न सकिरहेको छैन र त्यस्ता कमजोर नीतिले रास्ट्रलाई असफलता तर्फ लैजाने सम्भावना छ ।
-नेपालको उच्च सार्वजनिक पदमा अनुपयुक्त र दल एवं नेतृत्वको नजिक रहनेहरूले ब्यक्तिले मात्र अवसर प्राप्त गर्दै आएका छन् ,यसले गर्दा आम मानिसमा निराशा छाएको छ ।
-देशमा विधिको शासन सत्तामा रहनेले मिच्दै गएका छन् । भ्रष्टाचार मौलाएको छ व्यापक मौलाएको छ ।
-जलस्रोत क्षेत्रको व्यापक सम्भावना छ । तर, त्यसको सदुपयोग गर्न देशले गर्न सकेको छैन
-घट्दो वैदेशिक मुद्रा सञ्चितिको अवस्थाले देशको समग्र अर्थतन्त्र प्रभावित बनिरहेको छ ,यस अवस्थाको सुधारका लागि सरकार गम्भीर भएको देखिँदैन ।
-धर्मान्तरण ,सांस्कृतिक आक्रमण नेपालको पुर्विभागमा देखिएको जातीयता र क्षेत्रीयताको सिनारी  र वैदेशिक शक्तिको प्रभाव व्यापक बढिरहेको छ
जब देश विदेशीको क्रिडास्थल बन्छ अनि कुनैपनी रास्ट्र असफलता तर्फ धकेलिन्छ ।
-राजनैतिक अस्थिरता फलस्वरूप भैरहने सरकार फेरबदल नेताहरुको सत्तामोहले जनतामा चरम निरासा छाएको देखिन्छ ।

नेपाल यसरी जोगाउन सकिन्छ

-राजनीतिक नेतृत्वले राजनैतिक अस्थिरताको अन्त्य गर्ने
-भ्रस्टाचार र कार्यकर्ता पाल्ने अड्डा बनेको प्रदेश सरकार खारेज गर्ने ।
-आफन्तको भर्ती केन्द्र बनेको समानुपातिक प्रणाली खारेज गर्ने ।
-धर्मका जातिका नाममा खोलिएका आयोग खारेज गर्ने ।
-पटक -पटक सत्ता सम्हालेका नेताले सत्ता मोह त्याग्ने ।
-वैदेशिक सन्तुलन कायम गर्ने नीति कायम गर्दै छिमेकी संगको सम्बन्ध सुधार गर्ने ।
-कोटाको नाममा दिदै आएको आरक्षण प्रणालीलाई हेरफेर गर्ने ।
-नैतिक ,संस्कृत,आयुर्वेद र योग शिक्षा समेत पाठ्यक्रममा समावेश गरिएको देशको माटो सुहाउँदो शिक्षा नीति ल्याउने ।
-बन्द हडताल सधैंका लागि बन्द गर्ने ।
-प्रत्यक्ष निर्वाचित कार्यकारिणी प्रधानमन्त्रीको ब्यवस्था गर्दै धर्म निरपेक्षताको पुनरावलोकन गर्ने ।

नेतालेगफ दिएर मात्रै जनताले मान्दैनन् ,धैर्यको सीमा जनताको टुट्यो भने कुनै तन्त्र,पार्टी र नेता बाँकी रहनेछैनन्- श्रीलंका र बंगलादेशका जनताले यहीँ प्रमाणित गरेका छन् ।

यी घटना र परिदृश्य हेरेर नेपालका नेता समाजको अगुवा गर्ने ब्यक्ती बेलैमा सुध्रिनु पर्ने देखिन्छ न सुध्रिए यहीँ अवस्था न आउला भन्न सकिन्न राष्ट्रिय आविष्कार केन्द्रका संचालक बैज्ञानिक महाविर पुनले समाजिक संजालमा लेखेका छ्न बाङ्गलादेश बाट सिकौं

देशमा धेरै भन्दा धेरै कलेज र विश्वविद्यालयहरु खोलेर लाखौँ लाख युवाहरुलाई उच्च शिक्षा प्रदान गरेर मात्र पुग्दैन। पढाई पुरा गरेका विद्यार्थीहरुलाई चाहिने उचित रोजगारीको सृजना सरकारले गर्न सकेन भने बाङ्लादेशमा जस्तै युवाहरुले नेताहरूलाई लखेट्छन्,उचित रोजगारी पाए पछि कसैले आन्दोलन गर्दैन ।उनले आफ्नो आत्मकथाको किताब लेखेर कारखाना संचालन गर्ने बताएका छ्न जुन काम सरकारको हो ।लाखौं युवा रोजगारीको अवसरको खोजिमा बिदेशीनु परेको छ यसरी हेर्दा देशले प्रगति गर्ने दिशामा सफलता प्राप्त गर्न नसक्ने स्पष्ट संकेत देखाएको छ ।

यसरी नागरिक अगुवाहरुमा निराशा देखिनु स्वभाविक हो देशको वर्तमान अवस्था छ नै यस्तै तर , नेपालमा पनि यसरी शैन्य ुकूु हुनुपर्छ भन्ने धेरै मान्छे अहिले सतहमा देखिरहेका छ्न तर त्यस्तो अवस्था आउनु हुदैन शैन्य कू पछि नेपाल अन्तर्राष्ट्रिय समुदायबाट एक्लिएर कुनै निश्चित देशको स्वार्थमा भुमरिमा फस्न सक्छ ुकूु पछि सेना आएर जनताको मौलिक हक खोसिने सम्भावना अत्याधिक रहन्छ ।

दस बर्ष जनयुद्धको चपेटामा परेको देशलाई पुनः द्वन्दको बाटोमा धकेल्नु हुदैन । यी तमाम घटनालाई नजिक बाट नियालिरहेको नेपालका नेतृत्वकर्ताले बेलैमा सच्चिनुमा नै रास्ट्रको हित हुने देखिन्छ ।

प्रतिक्रिया