बँगलादेश घटनाले भारतलाई चुनौती
विपिन देवः धर्मको आधारमा मुलुक विभाजन हुनुलाई इतिहासकारहरू अप्राकृतिक घटनाको रूपमा व्याख्या गरेका छन् । महात्मा गान्धीका जीवनी लेख्ने प्रख्यात इतिहासकार रामचन्द्र गुहारले भारतको विभाजन नेतृत्वहरूको उद्वेग, सम्पेग र उत्तेजनाबाट भएको ठहर गरेका छन् । भारतीय स्वतन्त्रता संग्रामका महानायक पण्डित जवाहरलाल नेहरुले आफ्नो पुस्तक “डिस्कभरी ऑफ इण्डिया” मा धर्मको आधारमा समाजलाई खण्डित गर्ने हो भने भारतको प्रत्येक गाउ‘लाई विभाजन गर्नु पर्ने तर्क राखेका छन् । धर्मको आधारमा पाकिस्तान विभाजित भएता पनि पाकिस्तान पुनः संस्कृती र भाषाको आधारमा विखण्डित हु‘दै ७० को दशकमा विश्व भूगोलमा एउटा नयॉ मुलुक “बँगलादेश” बन्यो । इतिहासको त्यो कालखण्डमा चीन, पाकिस्तान, अमेरिका लगायत इस्लामिक जगतको सामथ्र्य र शक्तिलाई मत्थर र निस्तेज गर्दै इन्दिरा गान्धीको अब्वल नेतृत्वले गर्दा भारत वङलादेशको धाईआमा बन्न सफल भयो ।
बङलादेशका राष्ट्रपिता शेख मजहबुर रहमान राष्ट्रपतिको रूपमा वङगलादेशको वागडोर सम्हाले । वङ्गलादेशलाई प्रजातान्त्रिक पद्वतिको गोरेटोमा लग्न मजहबुर रहमान कटिवद्ध थियो । कटरपन्थीलाई त्यो परिर्वतन पाच्य थिएन । सन् १९७५, १५ अगष्तका दिन राष्ट्रपति निवासमा रहेका सम्पूर्ण सदस्यहरूको नरसंहार गरियो । रहमानका दुई छोरी शेख हसीना र शेख रहमाना जर्मनीमा भएकाले मात्र जोगीए । शेख हसीनाको विवाह आणविक वैज्ञानिक वाजीद मीयासंग भएको थियो । वाजीद मीया जर्मनीमा भएकोले शेख हसीना जर्मनी पुगेकी थिइन् ।
शेख हसीना बाल्यकाल्यदेखि विद्रोही स्वभावकी थिइन् । किशोरी अवस्थामा नै पाकिस्तानी तानाशाह अैयूव हु‘दा उनले परीक्षामा अैयूव खानको विरोधमा उल्लेख गर्दै एक किसिमको जॉचलाई बहिष्कार गरेकी थिइन । विद्यार्थी राजनीतिको आरोह र अवरोहलाई भोग्दै राष्ट्रिय राजनीतिको लागि आफूलाई योग्य बनाएकी थिइन । जर्मनी बसेर वङ्गलादेशको राजनीतिलाई दिशानिर्देश गर्न सकिन्न भन्ने शेख हसीनाको बुझाई थियो । तदनुरुप उनले भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीसंग आश्रय माग्दै जीवनको ६ वर्ष भारत निर्वासमा बसिन् । सन् १९८१ तका मजहबुर रहमानद्वारा नेतृत्व गरेको राजनीतिक दल अवामी लिंगको नेतृत्व सम्हालिन । बङ्गलादेशको शासन सैनिकको हातमा थियो । साना साना राजनीतिक दलहरूको गठवन्धन बनाउ‘दै शेख हसिनाले चूनावी वातावरणको सैन्य शासकलाई आवश्यक दवाव निर्माण गर्न सफल भइन् । जीवनको आरोह र अवरोहमा शेख हसीनाले १९ पटक संघातिक हमलाबाट ज्यान जोगाउन सफल भइन । एक अभिव्यक्तिमा उनले आफू जीवन र मृत्युको दोसाँधमा सदैव रहेको समेत उल्लेख गरेकी छिन् । सन् १९९६ मा प्रधानमन्त्रीको रूपमा विजित भएर सर्वप्रथम उनले भारतसंग गँगा सन्धी गरिन । पुनः सन् २००१ मा चुनावमा पराजित भइन् । तर २००८, सन् २०१४, सन् २०१९, सन् २०२४ मा लगातार बङगलादेशको सत्तामा रहेकी शेख हसीनालाई राजनीतिक वृतमा एक अब्वल नेतृको रूपमा स्वीकार गरिन्छ ।
तर विद्यार्थी आन्दोलन, पाकिस्तानी समर्थन भएका जमाती इश्लामीक पार्टी र कट्टरपन्थी समुदायहरूको संयुक्त आन्दोलनको राप र तापले गर्दा शेख हसिना राजीनामा दिदै तत्कालको लागि भारतमा बास पाएकी छिन् । १० औं हजार विद्यार्थी र आन्दोलनकारीलाई जेल चलान गर्नु, विपक्षी विना आम निर्वाचान गराउनु र आरक्षण नीतिलाई आफ्ना पार्टी सम्वद्ध कार्यकर्ताको स्वार्थ तृप्ती गर्नु जस्ता परिघटनाको आधारमा शेख हसीनालाई प्रश्नको घेरामा राख्न सकिन्छ । तर सकारात्मक पक्षलाई दृष्टिगौचर गर्दा विगत १६ वर्षमा वङ्गलादेशको जिडिपि. दोब्वर भएको देखिन्छ । विभिन्न थर्मल प्लान्टहरूको माध्यमबाट उर्जा संकटलाई केही हदसम्म समाधान गर्न वङ्गलादेश सफल भएको देखिन्छ । वङ्गलादेशको आर्थिक कायापलट भारतसँगको सम्बन्धको विशेष भूमीका देखिएको छ । वङगलादेशको आर्थिक विकासमा भारतले १० विलियन अमेरिकी डलर लगानी गरेको देखिन्छ । वर्तमान परिवेशमा वङ्गलादेश भारतको पॉचौ व्यापरिक साझेदार रहेको छ ।
चीनसंग सबभन्दा अधिक हात हतियार खरिद गरेता पनि वङ्गलादेशले कच्चा पर्दाथ भारतसंग खरिद गरेको देखिन्छ । दक्षिण एसीयामा तीव्र गतिदरले विकसित गरेको अर्थतन्त्रको रूपमा वङगलादेशलाई लिइन्छ । जानकारहरू अनुसार वङ्गलादेशमा गैर सरकारी संघ संगठनको खेती नै हुने गर्दछ । पश्चिमा लगानीबाट चलेको यी गैर सरकारी संस्थाहरू जहिले पनि राजनीतिक अस्थिरताको भुमरीमा आप्mनो स्वार्थ सिद्ध गर्न खोज्दछ । विगतका वर्षहरूमा शेख हसीनाले इश्लामीक कटरपन्थीहरूलाई लगाम लगाउन सफल भएकी थिइन । जमाती इश्लामीक पार्टी पाकिस्तान पक्षीय पार्टी भएकोले गर्दा आप्mनो उदगमबाट राष्ट्रिय धारबाट पृथक थियो । जमाती इश्लामीक पार्टी वङ्गलादेशको जन्मको पक्षमा थिएन । अर्थात् जमाती इश्लामीक पार्टी र इश्लामीक कट्टरपन्थीको गठवन्धनले केही उचीत मुद्दाहरूलाई उठान गर्दै शेख हसिनाको विपक्षमा वातवरण निर्माण गर्न सफल भयो । खास अर्थमा भारतसँगको सम्बन्धलाई शेख हसिनालाई भारतसँग समर्पणवादी नेताको रूपमा विपक्षीहरूले व्याख्या गरेका थिए । ‘
चुनाावमा विजित भए पश्चात पहिलो राजकीय भम्रणमा भारत यात्रा गर्नु शेख हसीनाको परराष्ट्र नीतिको प्रारुप नै थियो । सन् २०१७ मा शेख हसीनालाई स्वागत गर्न स्वंय भारतका प्रधानमन्त्री मोदी हवाई अड्डामा पुगेका थिए । अमेरिकी राष्ट्रपति ओबामा र साउदी अरेवीयाका राजकुमार मोहम्मद विन सलमान बाहेक मोदीले अरु कूनै नेतालाई स्वागत गर्न हवाई अड्डा पुगेका थिएनन् । अर्थात् शेख हसिनाको विरुद्ध आन्दोलनको कारक तत्व मध्ये एक उनको भारत पक्षिय छवी समेत हो । साथ साथै कोरोनाको कहर पश्चात वङगलादेशको आर्थिक अवस्थामा प्रतिकुल असर परेको देखिन्छ । मुद्रास्फिति (इनप्mलेसन) दर १८ देखि १९ प्रतिशतको रहेको छ भन्ने बेरोजगारी दरमा वढोत्तरी भएको छ । निर्यातमुखी अर्थतन्त्र भएकोले गर्दा युरोपको आर्थिक शिथिलिकरणले अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको देखिन्छ । यी असंतुष्टि आक्रोसमा अंकुरित भएर आन्दोलनको रूप लिएको देखिन्छ । दक्षिण एसियाली मुलुकहरूमा पाकिस्तान कटरपन्थी तत्वको दव दवाले गर्दा विकास र प्रगतिको धावक हुन सकेको वङ्गलादेश समेत इश्लामीकरणको पथमा लम्किन गएको खण्डमा शेख मजहबुर रहमानको “हमार, सोनार, वंगाल” (मेरो सुन्दुर वङगलादेश) को सपना स्वीकार हुने कम संम्भावना देखिन्छ ।