३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रहरीमा एआइजी सरुवा हुने


830
Shares

काठमाडौं, २२ साउन । नेपाल प्रहरीमा एआइजीको सरुवा हुने भएको छ । सरकार परिवर्तन भएसँगै प्रहरीमा व्यापक सरुवा चलिरहँदा एआइजीको सरुवा प्रक्रिया बढेको हो ।

विश्वस्त स्रोतका अनुसार सीआइबीका निर्देशक एआइजी श्याम ज्ञवालीको सरुवा हुने भएको छ । उनीमाथ कारबाही पनि बढ्ने भएको बुझिएको छ ।

सीआइबीमा एआइजी दिपक थापालाई ल्याउने तयारी भएको छ । उपत्यका हेर्ने एआइजीमा किरण बज्राचार्यलाई सरुवा गर्ने बुझिएको छ ।

प्रहरीमा सरकार परिवर्तनसँगै दलहरुले आफ्नो स्वार्थ अनुरुप सरुवा गर्ने र एक अर्कालाई कमजोर पार्ने गरी कारबाही चलाउने गर्न थालेका छन् । यसले धेरै अनियमितता र आपराधिक कार्यहरु बाहिर आइरहेका छन् ।

प्रतिक्रिया