३१ भाद्र २०८१, सोमबार | September 17, 2024

विद्युत महशुलको अरबौंको खेलले खुल्न थाल्यो भ्रष्ट नेता र कर्मचारीको पोल


1.2k
Shares

काठमाडौं, २० साउन । विगतमा एनसेल प्रकरण, भुटानी शरणार्थी प्रकरणलगायत थुप्रै काण्डले भ्रष्ट नेता र कर्मचारीको पोल खुलेको थियो । अब फेरि नेपाल विद्युत प्राधिकरणमा अरबौं महशुल नतिर्ने उद्दोगीहरुसँगको साँठगाँठले धेरै नेता र कर्मचारीको पोल खुल्न थालेको छ ।

अरबौको महशुल नतिर्ने नियतले उद्दोगीले चलखेल गरिरहेका छन् । यस क्रममा सत्ता पक्ष र विपक्षबीच टकराव बढेको छ । जसका कारण धेरै रहस्य खुल्न थालेको छ ।
विद्युत प्राधिकरणमा माओवादी निकट मानिएका दुई संचालक समितिका सदस्य हटाइएका छन् । उनीहरु अदालत जाने भएका छन् । नयाँ नियुक्ति भइसकेको छ । तर, कुलमान घिसिङ नयाँ नियुक्तलाई मान्न तयार छैनन् ।

यसैगरी, डेडिकेटेड र ट्रंक लाइन अन्तर्गतको २० अर्बभन्दा बढी बक्यौतालाई पच पार्ने र नेतालाई घूस खुवाउने योजनाका साथ केही उद्दोगी योजनावद्ध तरिकाले लागेका छन् । जुन योजनामा शंकर ग्रुपका दाजुभाई शुलभ र साहिल अग्रवाल छन् । उनीहरुले सबैभन्दा बढी महशुल तिनुपर्नेमा पर्छन् ।

महशुल तिर्न वाध्य पार्ने कुलमानलाई हटाउन योजना बुनेरै माफिया शैलीमा केही उद्दोगी लागेका छन् । यसका लागि प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिलाई प्रयोग गर्न खोजिएको छ । लेखा समितिले कुलमानमाथि अख्तियार लगाउन निर्देशन दिने निर्णय शुक्रबार गर्न खोज्दा विवाद भएको थियो । अब यो प्रक्रिया फेरि बढाउन खोजिएको छ ।

लेखा समितिका सभापति ऋषिकेश पोखरेलले महशुल नतिर्ने उद्दोगीसँग गोप्य भेट गरेको रहस्य खुलेको छ । उनी स्वयं योजनावद्ध तरिकाले महशुल नतिर्ने उद्दोगीाबट प्रभावित भएको देखिन्छ । यसले थप अनियमितताको विषय आएको छ ।

प्रतिक्रिया