३१ भाद्र २०८१, सोमबार | September 17, 2024

सरकार परिवर्तनसँगै प्रहरी अधिकृत तारोमा


581
Shares

काठमाडौं, १८ साउन । सरकार परिवर्तनसँगै प्रहरीका उच्च अधिकारीको सरुवा चलिहाल्ने प्रवृत्ति बढेको छ । यस्तै भएको छ नयाँ सरकार गठन भएपछि ।

केपी ओली प्रधानमन्त्री र रमेश लेखक गृहमन्त्री बनेपछि प्रहरीका उच्च अधिकारीको सरुवा चलेको छ । डिआइजी मनोज केसी सरकार परिवर्तनसँगै सरुवामा पर्ने पहिलो उच्च अधिकृत बनेका छन् ।

सीआइबीका निर्देशक एआइजी श्याम ज्ञवालीमाथि त कारबाही नै चल्ने भएको छ । उनीमाथि भित्र भित्र छानबिनको तयारी भएको छ । ज्ञवाली अघिल्लो सरकारमा निकै हावी थिए ।

विगतमा प्रचण्ड प्रधानमन्त्री हुँदा गठबन्धन परिवर्तनसँगै प्रहरीमा व्यापक सरुवा चलेको थियो । एआइजी किरण बज्राचार्य त कारबाहीमै परिन् । उनलाई सीआइबीको निर्देशकबाट तानियो ।

गठबन्धन र सरकार परिवर्तनसँगै प्रहरीमा व्यापक सरुवा आतंक चल्ने गरेको छ । प्रहरीमा आफ्ना मान्छे राखेर निहित स्वार्थ पूरा गर्न नेताहरु लागेको देखिएको छ । यसले प्रहरीको मनोबल घट्ने खतरा देखिन्छ ।

प्रतिक्रिया