३१ भाद्र २०८१, सोमबार | September 17, 2024

एमाले मुख्यालय बसेको च्यासलको एनजीओको भवनमा चासो


0
Shares

ललितपुर, १७ साउन । नेकपा एमालेको मुख्यालय बनाइएको च्यासलस्थित भवन तुलसीलाल स्मृति प्रतिष्ठानको हो । नदी किनारमा कम्युनिष्ट नेता तुलसीलाल अमात्यको नामको एनजीओलाई दिलाइएको जग्गामा एमाले मुख्यालय छ अहिले ।

भव्य भवनमा यसपटक बाढी पसेको छ । बागमती नदी र मनोहरा नदीको दोभान नजिकै च्यासलमा रहेको भवन एमालेले भाडामा लिएको जनाइएको छ ।

सरकारले मन्त्रिपरिषदबाट पारित गरी एनजीओलाई विगतमा धेरै जग्गा दिएको छ । बागमती किनारमा यस्ता धेरै जग्गा विभिन्न संस्थाका नाममा छन् । तिनले भवन बनाएर भाडामा लगाएका छन् । जग्गा प्रयोगमा पनि भाडामा लगाइएको तथ्यहरु फेला परेका छन् ।

महत्वपूर्ण केन्द्रहरुका यस्ता जग्गाको धेरैले दुरुपयोग गरेका छन् । तुलसीलाल प्रतिष्ठानलाई यति ठूलो भवन किन चाहियो ? भवन यति ठूलो नचाहिएरै भाडामा लगाइएको बुझ्न सकिन्छ । राजनीतिक दलले एनजीओको भवन त्यो पनि सरकारले दिएको जग्गामा बनेको ठाउँमा भाडामा लिएको छ । यसले प्रश्न जन्माएको छ ।-Photo Source: Social Media

प्रतिक्रिया