३१ भाद्र २०८१, सोमबार | September 17, 2024

अशोक सिग्देल कामु प्रधानसेनापति


996
Shares

काठमाडौं, १५ साउन । सरकारले २४ साउनबाट लागू हुनेगरी नेपाली सेनाको कामु प्रधानसेनापतिमा अशोक सिग्देललाई जिम्मेवारी दिने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद्को निर्णयबाट सिग्देललाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

सेनाको नियमानुसार कार्यकाल सकिन लाग्दा बहालवाला प्रधानसेनापति बिदामा बस्ने प्रचलन छ । प्रधानसेनापति प्रभुराम शर्मा बिदामा बस्दैछन् । त्यसपछि सिग्देल कामु प्रधानसेनापति बन्नेछन् । योसँगै उनी एक महिनापछि प्रधानसेनापति बन्ने निश्चित भएको छ ।

नेपाली सेनाका अनुसार झण्डै ३४ वर्षअघि सिग्देल क्याडटका रुपमा प्रवेश गरेका थिए । उनले नेपाललगायत चीन र भारतबाट विभिन्न सैनिकसम्बन्धी तालिम लिएका छन् ।

सेनाका अनुसार सिग्देलसँग पृतना, बाहिनी र गण कमान्ड गरेको अनुभव छ । उनले प्रतिविद्रो तथा जँगल वारफेयर स्कुलको कमान्डेटको पनि अनुभव लिएका छन् ।

युद्धकार्य विभाग र व्यवस्था, नीति तथा योजना महानिर्देशनालयको विभागीय प्रमुखका अलावा प्रधानसेनापतिको सैनिक सहायकको समेत अनुभव लिएका छन् ।

सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्र भने निकै विवादमा आयो । तर, सेनाले कानून विपरित नभएको भन्दै सिग्देलको बचाऊ गर्यो ।

प्रतिक्रिया