९ मंसिर २०८१, आइतबार | November 24, 2024

दाङ् शल्यान-पृथ्वी नारायण शाह


581
Shares
रोशण शाहा:

रोशण शाहा: राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाह द्वारा संमृद्ध राष्ट्रबनाउन राष्ट्रका आधारस्तम्भहरू सवलीकृत, दृढ र पुनस् एकवद्ध पार्न गरियका उहाँका कार्यहरू अतुलनीय छन् । स्वतन्त्र र संमृध्द नेपाल राष्ट्र चाहने जति सबैकालागी उहाँ आदर्श, राष्ट्रियविभुती, राष्ट्रनिर्माता र बडामहाराजधिरज हो ।

पृथ्वी नारायणका दिव्योउपदेशका महावाणीहरू, प्रजा मोटा ९संमृद्ध० भए मात्र दरबार बलियो हुने, राजाले न्याय–निसाफ हेर्दा कसैप्रति मोलाहिजा र पक्षपात गर्न नहुने, खानिउत्खनन्, कपडा लगायत देशभित्र खपतहुने कुराहरूको देशमै उत्पादन र क्षमता वृद्धि तथा निर्यात गरेर ‘नगद खैंचन’ हरबखत कोसिस गर्नुपर्ने, छिमेकीराष्ट्र र अन्यराष्ट्रसँग सँधै सन्तुलित र सावधानीपूर्ण सम्बन्ध बनाइराख्ने, देशलाई ‘सबै जातको फूलबारी’ का रूपमा सम्हाल्नुपर्ने, मुलुकलाई हानि वा कंगाल बनाउने बिदेशका महाजन वा जोकसैलाई घुसपैठ गर्न नदिने, न्याय निसाफ बिगार्ने भनेका घुस दिने र घुस खाने हुन् यी दुबैको त धन र जीउ हरि लिए पनि पाप छैन ! भन्ने सम्मको कठोर सजाय दिनुपर्नेजस्ता कुराले भ्रष्टाचाररहित राज्यव्यवस्था र सुशासनका साथ सवलराष्ट्र बनाउनकालागी भावी पुस्तालाई पृथ्वी नारायणले राम्रो सन्देश र शिक्षा दिइबक्सेको छ ।

हाल देशमा राष्ट्रिय संमृद्धिका आधार स्तम्भहरू धर्मरायका बेला राष्ट्रिय एकताको भावना प्रवल जगाउन सबैले पुनः एकपटक उहाँको दिव्योउपदेशका महावाणीहरू पठन पाठन र मनन् गर्नगराउन नितान्त आवश्यक छ जस्तो लाग्दछ । हामीमा अक्ष्युण्ण राष्ट्रिय भावना रहिराखोस भनि श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहलाई उहाँको आऊँदै गरेको २९९औँ जन्मजयन्तिको अवसरमा सम्झनकालागी उसवखतका दाङ्-शल्यान र उहाँ सँग सम्बन्धीत रहेका केही पुराना दस्तावेजमध्य केही चिठ्ठीपत्र र ताम्रपत्रका सहयोगमा सबैका ऐतिहासिक जानकारीमा पुनःर्ताजगी ल्याउन प्रस्तुत यो लेख लेख्दैछु । पुराना दस्तावेजहरूमा पृथ्वी नारायणले शल्यानी राजासँग पारीवारीक सम्बन्ध गाँसेको र शल्यानलाई ‘धर्मशल्ल्याना’ भनि लेखेको देखिन्छ । पुराना चिठ्ठिपत्रहरु हेर्दा शल्यानी राजासँग अत्यन्त सौहार्दपूर्ण पारीवारीक सम्बन्ध रहेको देखिन्छ ।

शल्यानी राजा श्रीकृष्ण र पृथ्वीनारायणको सम्बन्धस श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह वाराणशी यात्रामा जाँदा योगी भवन्तनाथ र अन्यभारदार लिएर गएका रहेछन् संयोगवश (सायद यो संयोग सिद्ध भवन्तनाथ ले नै जुरायको हुनुपर्छ, मनिकर्णीका घाटको जल छोएर जाजरकोटी राजा सङ्ग सम्झौता भएको देखिन्छ।) तेतिखेरै शल्यान नरेश महाराजा श्रीकृष्ण शाहा पनि वाराणशीको तिर्थयात्रामा जाँदा जाजरकोटी राजा लगायत अरू राजारजौटाहरू साथलिई वाराणशी पुगेको समयमा मणिकर्णिका घाटमा भेटभई सङ्गत हुँदा मित्रता झाङ्गीएर एकअर्कासँग प्रभावित भएको देखिन्छ । पृथ्वी नारायणले श्रीकृष्ण शाहाका छोरा श्री रणभिम शाहालाई छोरी दिई सँधैलाई सम्बन्ध गाँस्न चाहेको मनसुबा भवन्तनाथ मार्फत राखेछन् । शल्यानी राजा श्रीकृष्ण शाहाले तिर्थस्थानमा गृहस्थिको कुरानगरौँ पछि गरौँला भनेकाले वाराणशीबाट फर्केपछी गोर्खा नरेश पृथ्वीनाराण शाहले पुनस् भगवन्तनाथ योगीलाई आफ्नी राजकुमारी विलाशकुमारीको र श्रीकृष्ण शाहाका पुत्र राजकुमार श्री रणभिम शाहको विवाहको कुरा लिएर शल्यानमा पठाई विवाहको निधोगराएको र यसरी पृथ्वी नारायण शाह एवम् उहाँकी जेठीरानी इन्द्र देवी शाह तिरकी जेष्ठ सुपुत्री छोरी राजकुमारी बिलासकुमारीसंग शल्यानी राजकुमार श्री रणभिम शाहाको सम्वत् १८२३ सालमा विवाह हुन्छ ।

श्री रणभिम शाहाको विवाहमा राजकुमारी बिलासकुमारीको डोला शल्यानको खलंगा दरवारमा नलगी फलावाङ्कै दरवारमा भित्र्याईएछ । डोलासङ्गै गोर्खाबाट दुलहीका साथलागी आएकाहरू सबै यतै बसोबास गर्ने भएछन र फलावाङ् दरवार नजिक बसाऊँदा दरवारको भेदखुल्ने ठानी फलावाङ्को थर्कोट पहाडको दक्षिण तर्फरहेका बस्तिमा गोर्खाबाट आयकाहरूलाई राखिएछ । अहिले दमारगाऊँमा हिमावतखण्ड हिमशैलको बोम्बोरबोनर बोन्पो सभ्यताका अनुयायी गुरुङ्हरूमा मात्र सिमितहुन पुगेको तमु ल्होसार पर्व मनाउनेहरू तिनै गोर्खाबाट आएकाहरू कै सन्ततिहरू लगायतका हुन् ।

पृथ्वी नारायणको छोरी राजकुमारी बिलासकुमारीसँग शल्यानी राजकुमार श्री रणभिम शाहाको विवाह गराउन सहयोग गर्ने सिद्ध भगवन्तनाथ योगी गोर्खा देखि शल्यान आएर शल्यानको राणागाऊँ र पछि दाङ् श्रीगाँऊ लगायत ठाऊँमा बसे । श्रीगाँऊमा अझै निज सिद्ध भगवन्तनाथयोगीका बेला बनाउन लगाएका मन्दिरहरु छँदैछन् ।
९श्रीगाऊँ दाङ्मा बि।स।१८४७ मा सिद्ध भगवन्तनाथ योगीका समयमा बनाईएका मठमन्दिर जहाँ भवन्तनाथ पछि मठाधिस भएर क्रमशः भुवनेश्र्वरनाथ, रूपनाथ, लोकनाथ, जक्तिनाथ आदि रहे०

नेपाल एकिकरणको सपना पूरा नभै बडामहाराज श्री ५ पृथ्वी नारायण शाहको मृत्यू भयो र मृत्यू पछि राजा भएका राजा प्रतापसिंह शाह पनि तिनवर्षमात्र राज्यगरी २६ वर्षको अल्पआयुमै मृत्यू भएपछि बडामहाराजको राष्ट्र एकिकरणको अधुरो चाहनालाई पूरागर्न नाबालक राजा वा राजमाता भाइबुहारी राजेन्द्रलक्ष्मीबाट कठिन देखि श्री ५ पृथ्वी नारायणकी छोरी सल्ल्यानी महारानी विलास कुमारी शाहाले, सौतेनी काका दलजित र राजा प्रतापसिंहले बहादुर शाहको राज्यको शासन प्रशासनमा मजबुत पकड देखि डराई कोपमा पार्नथालिसकेकोमा आफन्तहरू र राजगुरूको अनुनयविनयबाट उम्कनसफल भै चेपेनदी पारी निकालामा परेका र पछि पाल्पाहुँदै वेतिया कलकत्ता निर्वासनमा गएका भाइ राजकुमार बहादुर शाहलाई बुवाको सपना पूरागर्न भाइबुहारीलाई पटक पटक बोलाउन लगाऊँदा नआएपछि आफैले बुवाको सपना पूरागर्न राज्य एकिकरणका लागि तिमी जसरीहुन्छ अविलम्ब नेपाल फिर्कीआऊ यहाँ तिमीलाई केही हुनेछैन । तिम्रो अनुकुल वातावरणको सम्पूर्ण व्यवस्था हामी गरौँला, भनि चिठ्ठी लेखी भवन्तनाथ सँग पठाउँदा, बहादुर शाह दिज्यूको भरोसामा नेपाल फर्किई जसो तसो अवरोधका बावजुद काठमाण्डौ छिरी पुनः चौतरिया र नायवीको पदलिई पश्चिम तिर नेपाल राज्य एकिकरण गर्न निस्किए र नेपालको सिमाना पश्चिममा काँगडा सम्मफैलियो ।

शल्ल्यानी राजा श्रीकृष्णशाहा तथा नेपाल एकिकरणमा महत्वपूर्ण योगदान रहेका सिद्ध भगवन्तनाथ योगीको धर्मसन्धिस
श्री । गोसाई । ज्यू । भगवन्त
स्वस्तिश्री साके १६९० श्री सम्वत् १८२५ आषाड् सुदि ५ रोज १ स्वस्तिश्रीमन्महाराजाधिराज श्री श्री श्रीमाहाराज श्रीकृष्णशाहादेवानां सदा समरविजयिनां ज्यू के लिषि दिनु भो धर्मपत्र श्री । गोसाई । ज्यू ले पाउनु भो भगवन्त माथी अनचित पाप हामिले हाम्रा सन्तानले न चिताउनु पाप अनचित चितायाः धर्मः नासः हाम्रा सन्तानले हामिले गर्याको धर्म सन्तान दरसन्तान तक हार्या भन्या हाम्रा कुलविषे जन्म भयेन गर्भ पतित भो भनि लेषि वक्सीउ येस षत का साछि शल्ल्यानु वार हजार गोर्षालि । साछि । मान्साही कालुषत्रि । श्रीष्टा षत्री ससिधर । उपाध्या । लिषक साछि । धनपति जैसि शुभम्

९राष्ट्रका ओरीपरी विभिन्न संराज्यहरू ले जराफैलाउन थाले पछि राष्ट्र, स्वधर्म, स्वसंस्कारको संरक्षणका खातिर नेपाल एकीकरण अपरिहार्य भएकाले एकीकरणकालागि अलख जगाउनुहुने गुरू गोरखनाथका चेला सिद्ध भगवन्तनाथ योगीलाई गोर्खामा पृथ्वीनारायण शाहले पनि राजकिय सम्मान दिएको देखिन्छ०
सिद्ध भगवन्तनाथजीलाई श्री ५ पृथ्वीनारायणले दिएको मण्डलाइसश्री दुर्गा भवानि श्रीदुर्गा सहायः १ श्रीभगवन्तनाथ। स्वस्तिश्रीगिरिराजचक्रचूडामणिनरनारायणेत्यादिविविधविरुदावलिविराजमानमानोन्नतश्रीमन्महाराजाधिराज श्री श्री श्रीमत्पृथ्वीनारायणसाहदेवानां सदा समरविजयिनाम्
आगे गोसाञि।।। जिके हाम्रा मुलुक भरिको जोगीहरुको मंडल्याइ चह्रायुँ माझि कुमाल दनुवार दरोई थारु पहरि कुसहरि थामि हायु सुनुवार चेवांग ज्वलहा कुशुल्या नेवाऱ्या कुमाल एती जातका घरही एक एक १।१ आना दस्तुर दिनु साज विहान पान दिनु जोगीका षतछितको डंडकुंड मोरो अपुताली महा मंडलिको षानु मंडलिले लीनु दुवाऱ्या उमराको षानु दुवाऱ्या उमराले लिनु एस हिसावले दुवाऱ्या उमराले तिराई दिनु इतीसम्वत् १८२७ कार्तिक सुदी १५ रोज ७ मुकाम कांतीपुर राजधानि शुभम् (
श्री ५ पृथ्वीनारायणको धर्मशल्ल्याना दाङ्ग फलावाङ् छिल्ली मुगलानाको सीमासन्धि तामापत्रस

स्वस्तिश्रीगिरिराजचक्रचूडामणिनरनारायणेत्यादिविविधविरुदावलिविराजमानमानोन्नत श्रीमन्महा राजाधिराज श्री श्री श्रीमहाराजे गीर्वाणयुद्धविक्रमसाहवहादुरसम्सेर्जङ्गदेवानां सदा समरविजयिनाम्(आगे श्रीदुर्गा सहायः श्रीफुपुवज्या विलासकुमारी देवी के सम्वत् १८२३ सालमा श्रीज्युज्यु वाज्या पृथ्वीनारायणसाह र श्रीजिज्यु वज्या नरेन्द्रलक्ष्मीदेवी ले सल्ह्यानाका महाराजा श्रीकृष्णसाहका पुत्र माहाराजा श्री रणभीमसाहलाई श्रीलक्ष्मीनारायण स्वरूप मानि पुजि श्री तुलसिको विरवा गरि हजुरलाई कन्यादान गर्दा कोर्वाङ्ग छिल्ली थपाला समेत । फलावाङ्ग पहाड दाङ्ग देउषुरी वहिडो मधेस चार पट्टी दाइजो कुशविर्ता वितलप। सर्वांक माफ गरि वक्सतु भयाको हो । श्रीवुवाज्यु रणवहादुरसाहा ले । वाइसी चौविसी राजा ध्वस्त गरि श्रीज्युज्यु वाज्या पृथ्वीनारायणसाह ले गर्याको धर्म थामि । थपालासमेत पहाड दाङ्ग देउषुरी वाहिडो मधेस चारै पट्टी फलावाङ्गको वहाली चलाइ वक्सनु हुँदा । छिल्ली दाङ्गदेषी भिन्नै राज्य हो भनि । छिल्ल्यालीले । दुइ चारका हिमाइतले मोहोर पायेछ । पछि । श्रीदुर्गा सहायः श्रीफुपुवज्या विलासकुमारी देवी ले एक गाइः दुइ गोस त हुन्या होइन भनि विंति पार्दा । वाउन्न लाष वसाइ ठुलो कचहरी गराई न्याय निरूपण गर्दा । छिल्ली । दाङ्गको थपालो ठहरियो र ।

छिल्यालीलाई दियाको मोहोर । फिर्ता गराइ । छिल्ली समेत । वाहाली चलाइ वक्सनु भयाको हो । आज सोहि । धर्म थामि। पुर्व माडि साँध । दक्षिण वलरामपुरसितको पुरानु साँध । पश्चिम सल्याना पुरानु साँध । उत्तर सल्यानासितको साँध। एति साँध भित्रको जगा र । आफनु पुरानु सल्यानाको मुलुक। पश्चिम भैरवि साँध । दक्षिण मोगलाना साँध । पुर्व फलावासितको पुरानु साँध । उत्तर चिपल्या झिंपानीको लेक पानि ढलो साँध । एति साँध भित्रको जगाको, सर्वकर । अकर गरि सर्वांक मारी मेटी विर्ता वितलपको ।

ताँवापत्र गरि वक्स्यौं, आफ्ना सन्तान सन्तान संम कुश विर्ता वितलप जानि । चल अचल कल्याण धन खानि समेतको आइ उपति । लि । सुखभोग्य गर्नु हवस् । हजुरका संतान संतानलाई श्रीज्युज्यु वाज्या पृथ्वीनारायणसाह का संतान संतान पर्यंत ले । हिजो श्रीज्युज्यु वाज्या पृथ्वीनारायणसाह ले गर्याको श्रीवुवाज्यु रणवहादुरसाहा ले थाम्याँको दृढ धर्म संझि । एक घर जाँनी अह्राउँनु सिकाउँनु श्री तुलसि को विरवा जानी सेचना गर्नु, अरु राजा भन्दा सन्मान अर्ध्यालो राखनु । सल्ह्यानीले गर्याका मिहिनतको रीझ न पचाउनु कन्यादान गरी । विर्ता दाइजो वक्सदा । पानी हालन्या । श्री ज्युज्युवावासिंहप्रतापसाह संकल्पवाक्य पर्रह्न्या श्रीगुरुवाज्या जयमंगल पंडित ज्यु प्राचार्य प्रोहित महेश्वर पंडितः साक्षी प्रोहित सक्तिवल्लभपंडित स् प्रोहित जगन्नाथ भट्टराइ । वाभन्नामि लक्ष्मीरमण उपाध्या । चौतरिया कीत्तिमहोद्दामसाह । चौतरिया दलमर्दनसाह । काजी सुरप्रतापसाह । सर्दार दलजितसाह । चौतरिया रनसिंसाह । काजि वंशराजपाँडे । काजि श्रीहर्षपन्थ । काजि दुवलपन्थ । सर्दार तुलारामपाँडे । वक्सि केहरसिं वस्न्यात । कपर्दार सुरसिं राना । षजांचि वीरभद्र उपाध्या । कुलानन्द जैसी । षर्दार विश्वेश्वर जोसि । जगजित पाँडे । नाहारसिं वस्न्यात । अभिमानसिं वस्न्यात । रणजीत पाँडे । धौकलसिं वस्न्यात । कालु कपर्दार । नरसिं । रन्या लामा । पिहुवर लामा । पर्तिमन् गुरुङ । विस्राम षवास । जयकृष्ण वोहरा । वंसुगुरुङ् जसाम् । गजवल दुवाऱ्या । भक्तराम दुवाय । जस्मत् राना । धिर्जमनि लामा फरास धिा छिभडेल । नवाकोटको धामि हाकुदेव कुलानंद चौधरी । देविशंकर चौधरी। तामापत्र गरि दिनाका साछि । मार्फत् रंगनाथ पंडितराज । रुजु विद्याकर भट्ट ज्यु । रुज्यु धर्मो अधिकारि । वाणीविलास पंडित । मार्फत् चौतरा रणउद्योतसाह । मार्फत् चौतरा सेरवहादुर साह । मार्फत् चौतरा प्राणसाह । मार्फत् चौतरा वम्साह । मार्फत् काजि रणजीतपाँडे । मार्फत् काजि भीमसेन थापा । मार्फत् काजि वषतवारसिं वस्न्यात । मार्फत् काजि त्रिभुवन् । मार्फत् काजि नरसिं । मार्फत् काजि विरभंजन पांडे । रुजु प्रोहित यदुनाथ अर्याल । रुजु षरिदार वलभद्र पंडित् । मार्फत् कपर्दार भोटु पाँडे । रुजु काजि रण दिपसिं वस्न्यात । रुजु काजि नाहारसिं वस्न्यात । रुजु काजि सर्वजित् पाँडे । मार्फत् काजि रणध्वजथापा । रुजु षांजि स्यामलाल । मार्फत् सर्दार अजम्वरपंथ । मार्फत् सर्दार इन्द्रसिंथापा । रुजु काजि जस्पावथापा । रुजु सर्दार वालनसिं कवर । मार्फत् सुवा रुद्रविरसाह । मार्फत् सर्दार पुरणसाह । रुजु षजांचि उदैगिरि गोसांइ । मार्फत् कपर्दार राघौसि बँडका । रुजु ददा कृष्णविर राना । संघियार । रंगमनि पांडे । श्रीनाथ पंथः चक्र अर्याल । षनाल भानुपाध्या । वंसविर राना । हरिवंस वोहराः श्री साके १७२६ श्री सम्वत् १८६१ साल मिति माघ सुदि ५ रोज २ मोकाम कान्तिपुर शुभम् ।।

धेरैभयो अहिलेलाई यतिनै।।। पृथ्वी नारायण र श्रीकृष्ण शाहाका गोरक्ष रत्ननाथ मन्दिर चौघेरा लगायतमा रहेका लालमोहर श्याहामोहरहरु पनि तेतिखेरका ऐतिहासिक सम्बन्ध दर्साउने दस्तावेजहरू नै हुन र अरूपनि होलान् ।।।
राष्ट्रिय एकता दिवसमा झैँ हाम्रा हृदयमा सँधै राष्ट्रिय भावना प्रवलहोवस् देश एकवद्ध र समृध्दहोवस् १ सबैलाई मंगलमय शुभकामना छ !
अन्तमा फेरी सबै मिलिजुली एकता दिवस मनाऊँ।।।
कसैका मनमा द्विविधा नरहोस् !
राष्ट्रिय एकतादिवस वा पृथ्वीजयन्ती नमनाउने अँझ उल्टै विषवमन गर्नेहरू नेपाललाई एकीकृत, सार्भभौमसत्ता सम्पन्न, स्वावलम्ब र समृद्ध राष्ट्र देख्न नचाहाने निकृष्ट, परचक्रीका इशारामा चल्ने बिखण्डनकारीहरू नै हुन् !

प्रतिक्रिया