२३ आश्विन २०८१, बुधबार | October 9, 2024

ओली संसदमा बोलेर अन्तै लागे, माधवको कटाक्ष रवि र राजेन्द्रको आलोचना


830
Shares

काठमाडौं, ६ साउन । विपक्षीले चर्को आलोचना र कटाक्ष गर्ने बुझेरै प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिने संसदको छलफलमा बस्दै बसेनन् । उनी आफ्नो धारणा राखेर गए ।

ओलीलाई उनका पूर्व सहकर्मी नेकपा एसका अध्यक्ष माधव नेपालले कटाक्ष गरे । उनले भ्यु टावरमा ओलीको ध्यान गएको भन्दै कटाक्ष गरे । आफू स्वर्गमा जाने र अरुलाई लात्ताले हानेर नर्कमा पुर्याउने गरेको भने ।

ओलीले विगतमा संसद दुईपटक विघटन गरेको तर समिक्षा र गल्ती स्वीकार नगरेको भन्दै आलोचना गरे ।

रास्वपा सभापति रवि लामिछानेले आफूले अपराध र अनियमितताका जुन जुन विषयमा छानविन गरेको त्यहीसँग जोडिएकाहरुलाई मन्त्री बनाएर पुरस्कृत गरिएको भने । उनले नक्कली भुटानी शरणार्थी, बालमन्दिरको जग्गालगायत प्रकरणका विषय छानविन गरिरहँदा त्यो मामलामा जोडिएकालाई नै पुरस्कृत गरिएको टिप्पणी गरे ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि ओलीलगायत नेताको आलोचना गरे । आफूले विगतमा नेताप्रति जनताको धारणा सकारात्मक छैन भन्दा कुटौंला जस्तो गरेको अहिले त्यो तथ्य सबैले स्वीकार्न थालेको बताए । उनले राजसंस्थालाई गाली गरेर आफ्नो गल्ती छोप्ने प्रवृत्ति अझै रहेको बताए ।

प्रतिक्रिया