युएईमाथि नेपालको सानदार जित

काठमाडौं, ४ साउन । एसिसि महिला एशिया कप क्रिकेटमा नेपालले युएईमाथि सानदार जित हासिल गरेको छ । शुक्रबार श्रीलंकामा भएको प्रतिष्पर्धामा नेपालले ६ विकेटको जित निकालेको हो ।
युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।