२२ भाद्र २०८१, शनिबार | September 8, 2024

मोदी-पुटिन भेटले भारत अमेरिका सम्बन्धमा पराकम्पन


1.4k
Shares

विपिन देवः २०२४ जुलाईको पहिलो सातामा भारत रसिया समिट सम्पन्न भएको छ । विगत २१ वर्षदेखि सुरु भएका भारत रसिया समिटमा राष्ट्र प्रमुखहरू द्विपक्षीय मुद्दाहरूको चिरफार गर्दछन् । हुनतः भारत र रुस बीच टु प्लस टु सम्वादको संयन्त्र समेत रहेको छ । टु प्लस टु संवादमा वर्षेनी परराष्ट्र मन्त्री र रक्षा मन्त्रीहरू बीच संवाद हुने गर्दछ । तर यस वर्षको मोदीको रसिया यात्राको तरंग र पराकम्पन पश्चिमा छापाखानाहरूले अधिक चर्चा गरेका छन् । रुस युक्रेन युद्धले अमेरिका लगायत युरोपेली युनियनले रसिया विरुद्ध निरन्तर नाकावन्दी लागु गरेका छन् । रसिया चीन विच बढ्दो सामीप्यता अमेरिका र युरोपलाई पाच्य भएको छैन । मोदीले रसिया यात्रा गर्दा सोही दिन नाटो अन्तर्गतका नेतृत्वहरूको विच युक्रेन माथिको भावी रणनीति माथि विर्मश भइरहेको थियो । मोदीको तेस्रो कार्यकालको पहिलो द्विपक्षिय भ्रमण रुसामा हुनु र भारत रसियाको लामो दौत्य सम्बन्धको इतिहासमा मोदीलाई रुसको सर्वोच्च सम्मानद्वारा विभूषित गर्नु पश्चिमा जगतको लागि चासो र चिन्ताको विषय रहेको थियो ।

मोदीको रुस यात्रालाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीले कडा स्वरमा विरोध गरेका छन् । संसारको सबैभन्दा ठुलो प्रजातान्त्रिक मुलुकको नेता मोदीले संसारको ठुलो तानाशाहलाई आलिगंन गर्नुलाई जेलेन्सकीले उपहास गरेका छन् । भारत स्थित अमेरिकी राजदुतले भारतको सामरिक स्वायत्ता (स्ट्रटिजीक अटोनोमी) प्रति कटाक्ष व्यक्त गरेका छन् । उनको भनाई अनुसार प्रजातान्त्रिक मूल्य मान्यता अनुरुप भारतले मानव अधिकारलाई मध्य नजर राख्दै अमेरिकी अभियानमा आफ्नो सामथ्र्य प्रयोग गर्नु पर्दछ । त्यसै अमेरिकी सुरक्षा सल्लाहकार ज्याक सैलमनले मोदीको रुस यात्रा प्रति मिश्रित प्रतिक्रिया दिए । जैक सेलमेन भारतको लामो रसियासंगको इतिहासिक सम्बन्धलाई स्वीकार गरेका छन् । रुसको युक्रेन नीति प्रति भारतलाई आफ्नो अभिमत स्पष्ट गर्न आग्रह गरेका छन् । हावइट हाउसका प्रवक्ताले मोदीको विराट व्यक्तित्वलाई कूटनीतिक भाषामा प्रशंशा गर्दै मोदीलाई शान्तिको पक्षमा रुसलाई दवाव दिन आग्रह समेत गरेको छन् । वासीङ्गटन पोष्ट लगायत हरेक अमेरिकी नामुद पत्रिकाको स्वर र शैली यही सेरोफेरोमा रहेको छ । यसै सन्र्दभमा भारतले पनि आफ्नो अडानलाई सार्वजनिक गरेको छ ।

संघाई सहयोग संगठनको मञ्चलाई उपयोग गर्दै काजिगिस्तानमा मोदीले पुटिनसंगको सम्वादमा वर्तमान युग युद्धको लागि होइन भनेर आग्रह गरेका थिए । मोदीको उक्त अभिभाषणलाई फ्रान्सेली नेता माइक्रेनले बारम्बार विभिन्न मञ्चमा समेत दोहोराएका थिए । सन् २०२४ को जुलाई ८ को पुटिनसंगको सम्वादमा निर्दोष बालबालिकाको हत्याले आफु मर्माहत भएको कुरा मोदीले पुटिनलाई बताएका थिए । स्मरण रहोस् मोदी यात्रा ताका नै रुसले १४ वटा क्षेप्यास्त्र प्रयोग गरेर युक्रेन स्थित वाल वालिकाको अस्पताल माथि हमला गरेका थिए । नैतिक दबाब स्वरुप मोदीको उक्त अभिव्यक्तिलाई सबै सञ्चार गृहहरूले यथेष्ट ठाउ‘ दिएका थिए ।

मोदीको रुस यात्रालाई विरोध गर्नु कूटनीतिको मार्यादा अनुरुप नभएको समेत जानकारहरूको समिक्षा रहेको छ । अष्टे«लीया कर्वाड (अमेरिका, भारत, अष्ट्रेलीया, जापान)को सदस्या मात्र नभएर अक्स (अमेरिका, विट्रेन र अष्ट्रेलीया)को सक्रिय सदस्य रहेको छ । विगत छ महिनामा अष्ट्रेलीयाका नेतृत्व पनि चीन भ्रर्मण गरेका छन् भने चीनिया नेतृत्वले समेत अष्ट्रेलीया यात्रा गरेका छन् । भारत अमेरिकी सुरक्षा छातामा नरहेकोले भारतीय नेतृत्वलाई रसिया भ्रर्मण प्रति आपत्ति व्यक्त नगर्नु पर्ने भारतका पूर्व राजदुत पंकज शरणले अभिव्यक्ति दिएका छन् । कूटनीति आपसी तालमेलको खेल समेत हो । सन् २०२० देखि चीनले गालवानमा सैनिक दवाव दिदा अमेरिकी नेतृत्व र युरोपेली चीन यात्रा गर्नु जस्ता परिघटनालाई भारत विरोध नगरेको कुरा जानकारहरू बताउ‘छन् ।

भारत रुस सम्बन्धले अमेरिकी नीतिलाई सहयोग हुने समेत जानकारहरूको समिक्षा रहेको छ । अमेरिकी नाकाबन्दी र प्रतिबन्धले चीनियाहरू रुसबाट अधिक लाभ लिइरहेको छ । रुस र चीनिया व्यापार २३४ विलियन डलरको रहेको छ । जबकि भारत रसिया विच ६५ विलियन डलरको मात्र व्यापार रहेको छ । आउने २०३० सम्म भारत रसिया बीच व्यापारमा बढोत्तरी गर्दै १०० विलियन अमेरिकी डलर लक्ष्य लिएको देखिन्छ । भारत रसियासंग आफ्नो सम्बन्ध र सम्पर्कलाई धनिभूत नबनाएको खाण्डमा रसिया पुरै चीनको पोल्टोमा जानसक्ने जानकारहरूको तर्क रहेको छ । वर्तमान परिवेशमा अमेरिको सबभन्दा ठुलो चूनौती चीन रहेको छ । जानकार अनुसार रसिया चीन र भातर दुवैलाई हात हतियार र प्रविधि उपलब्ध गराउ‘छ ।

भारत-चीन विच कटुता भएकोले गर्दा रसिया चीन र भारतसंग सन्तुलित नीति लिन वाध्य भएको छ । वर्तमान अवस्थामा रसियाको आर्थिक आकार भारत भन्दा आधा रहेको छ । यस अर्थमा भारतलाई दवावमा राख्न रसियाको सार्मथ्य रहेको छैन । मोदीले आफ्नो समकक्षीयसंगको भेट वार्तामा भारतको आर्थिक विकास दरलाई निरन्तरता दिन रुसको सहयोग र सद्भाव अति आवश्यक भएको कुरा स्वीकार गरेका छन् । भारतको आर्थिक विकास दरको आधार स्तम्भ नै रुसद्वारा आपूर्ति भएको कच्चा तेल हो । कच्चा तेलका साथै मलखाद्य समेत भारतले रसियाबाट खरिद गर्ने गरेको छ । भारतको आणविक कार्यक्रमको लागि चाहिने अधिकांश श्रोत र साधन भारतले रसियाबाट खरिद भइरहेको अवस्था छ । अर्थात् भारतले आप्mनो राष्ट्रिय हित अनुरुप रसियाबासंग सहज र सघन सम्बन्ध बनाउनु पर्ने राष्ट्रिय आवश्यक्ता रहेको छ । भारत रसियाको सघन सम्बन्ध अगाडी बढेको खण्डमा भारत अमेरिकी सम्बन्ध प्रभावित नहुने समेत शोधार्थीहरूको अनुसन्धानले अवगत गराउ‘छ ।

भारत आफ्नो कूटनीतिक आरोह र अवरोहमा अमेरिकी दबाबमा नआएको समेत अध्ययनले प्रमाणित गर्दछ । भारतका परराष्ट्रमन्त्री डा. जयशंकरले आफ्ना पुस्तक “हवाई भारत म्याटरस”मा भारतीय परराष्ट्रनीतिको मुख्य विशेषता नै सामरिक स्वायत्ता (स्ट्राटेजीक अटोनोमी) हो भने जिकिर गरेका छन् । तदनरुप इरान अमेरिकी प्रतिवन्धमा भएता पनि इरानको ठुलो चावाहार बन्दरगाहको निर्माण र सञ्चालनको जिम्मा भारतले लिएको छ । सामरिक स्वायत्ताको सिद्धान्त अनुरुप साउदी अरबेयीदेखि इजरायलसम्मा भारतले सन्तुलित नीति लिएको छ । अमेरिकी छापाखाना र अमेरिकी सरकारको भारत प्रतिको कठोर ध्वनि र स्वरको कारण अमेरिकी चूनाव समेत रहेको छ । अमेरिकी चूनावमा युक्रेन र इजरायलको भाष्य हरेक डिवेट (वहस)को प्रमुख हिस्सा रहेको छ । मोदीको रसिया यात्राले पनि अमेरिकी चुनावी भाष्य बनेको छ । चुनावी मुद्दालाई मध्य नजर राख्दै अमेरिकी नेतृत्वद्वारा भारत प्रति तिरको प्रतिक्रिया रहेको छ । अनेकौ राजनैतीक उत्तार चढावले विगत २० वर्षदेखि भारत अमेरिकी सम्बन्धलाई प्रभावित गरेको छैन । यस अर्थमा मोदीको रुस यात्राको नकारात्मक प्रभाव भारत अमेरिकी सम्बन्धमा नपर्ने जानकारहरूको विश्लेषण रहेको छ ।

प्रतिक्रिया