मधेशमा सीके राउतको दलको सरकार धरापमा

काठमाडौं, २ साउन । मधेश प्रदेशमा सीके राउतको दल जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिश कुमार सिंहको सरकार धरापमा परेको छ । नेपाली काँग्रेसले बिहिबार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निश्चित भएपछि सरकार धरापमा परेको हो ।
पहिलोपटक मधेश प्रदेशको सरकारको नेतृत्व गरेको सीके राउतको दलका मुख्यमन्त्री केन्द्रमा नयाँ गठबन्धन बनेलगत्तै झस्किएका थिए । सरकार गठन भएको एक महिनामै नयाँ घटना विकास हुन लागेको छ ।