२ मंसिर २०८१, आइतबार | November 17, 2024

मोदीको रुस यात्राको तरंग


1.5k
Shares

विपिन देवः सन् १९१७ मा रुसी क्रान्तिले विश्व सम्राज्यवाद र उपनिवेशवाद विरुद्ध हुरीबतास ल्याएको थियो । सन् १९१७ मा नै भारतका प्रथम प्रधानमन्त्री जवाहर लाल नेहरुले पुत्री लाभ गरेका थिए । अर्थात् इन्दिरा गान्धीको जन्म पनि १९१७ मा भएको थियो । नेहरु आफ्ना कालजयी पुस्तक “विश्व इतिहासको एक झलक” जसलाई “छोरीको लागि चिठ्ठी” को रुपमा चिनिन्छ । पुस्तकमा नेहरुले इन्दिरालाई क्रान्तिको छोरीको रूपमा सम्बोधन गरेका छन् । नेहरु अर्को प्रसिद्ध पुस्तक “भातको खोज” मा सोभियत क्रान्ति र रसियामा भइरहेका आर्थिक क्रान्तिको बारेमा सुन्दर वर्णन गरिएको छ । भारतका प्रथम प्रधानमन्त्री नेहरु अमेरिकी पू‘जीवादलाई उपहास गरेका थिए भने सोभियत रुसको निकास पद्धति प्रति मोहित थिए । भारतका परराष्ट्र नीतिका आधार स्तम्भको रूपमा नेहरुको सोभियत मोहलाई नै लिइन्छ । भारत स्वतन्त्रता उपरान्त सोभियत रुस र भारत विच घनिभूत रूपमा दौत्य सम्बन्धको विकास भयो । भारतको पूर्वाधार विकासमा अधिक लगानी गर्ने मुलुकको रूपमा सोभियत रुस भारत प्रति सदभाव राखेको देखिन्छ । भारतका परराष्ट्रमन्त्री डा. जयशंकरले आफ्नो पुस्तक “इण्डिया वे” मा भारत रसिया सम्बन्धलाई उच्च मूल्याङ्कन गर्दै भारतसंग रुसीयाको सम्बन्ध सदैव अविरल रूपमा अगाडी बढिरहेको जिकिर गरिएको छ । भारतको पक्षमा सबभन्दा अधिक भिटो प्रयोग गर्ने देश रसिया नै रहेको छ । इतिहासको एक कालखण्डमा भारतको संप्रभूता र अन्तर्राष्ट्रिय प्रतिष्ठा जोगाउन रसियाले आफ्नो सम्पूर्ण सामथ्र्य प्रयोग गरेका थिए ।

सत्तरीको दशकमा भारतले वङ्गलादेशको जन्ममा धाईआमाको भूमिका खेल्दा एक साथ चीन र अमेरिका भारत विरुद्ध सैन्य कारबाही गर्न तम्तयार देखिएका बखत भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले सोभियत रुससंग शान्ति सम्झौता गरेकी थिइन् । शान्ति सम्झौताको अभिप्राय नै भारतलाई कुनै देशले आक्रमण गर्दा त्यस विरुद्ध सोभियत रुसले सैन्य कारबाही गर्न वाध्य हुने व्याहोरा स्पस्ट थियो । शान्ति सम्झौताको हुकारले चीन र अमेरिकाको आक्रामकता सेलायो ।

भारत र रुसको सम्बन्ध मोदी र पुटिनको नेतृत्वले बलियो बनाएको देखिन्छ । सन् २००१ मा नै गुजरातको मुख्य मन्त्रीको हैसियतले मोदीले रुसको यात्रा गरेका थिए । मुख्य मन्त्रीको हैसियतले सन् २००६ र सन् २००९ मा समेत यात्रा गरेका थिए । तर मोदीको तेस्रो कार्यकालको प्रथम द्विपक्षिय यात्रा रुसमा हुनु  महत्वपूर्ण रहेको छ । हुनतः तेस्रो कार्यकालमा बहुपक्षिय (मलटील्ट्राल) बैठक जी सेभेनमा मोदी आमन्त्रित सदस्यको रूपमा इटालीमा भाग लिएका थिए । तर मोदीको तेस्रो कार्यकालको प्रथम भम्रण रुसमा हुनु र त्यसै बेला नाटोको वैठक वासीङ्गटनमा हुनु आपैmमा अर्थपूर्ण विषय रहेको छ । आफ्नो २६ घन्टे रुस बसाईँमा मोदीको अभिव्यक्तिले संसारका नाम चलेका सञ्चार गृहको प्रथम पृष्ठको समाचार बन्यो भने धेरै अन्तर्राष्ट्रिय पत्रिकाहरूको सम्पादकीय । सन् २००४, ८ र ९ जुलाईको रुसको आतिथ्यमा त्यहाँको सरकारको सर्वोच्च पदकद्वारा मोदीलाई सम्मानित गर्यो । रुसको यो सर्वोच्व पुरस्कारको इतिहास ३०० वर्षको रहेको छ । उक्त सम्मानमा कूटनीतिको गहकिलो सुत्र अभिमन्त्रित रहेको छ । अर्थात् विगत दुई दशकदेखि चिनियाँ दबाबका कारण भारत पश्चिमा शक्तिबाट नजिक देखिएको छ । भारतको हिन्दमहासागरीय नीति रसियालाई पॉच्य भएको छैन भने रसियाको चीनसंगको सामिप्यता भारतलाई स्वीकार भएको छैन । भर्खरै जी सेभेनमा मोदी जेलेन्सकी भेटले गर्दा पश्चिमा पत्र-पत्रीकाहरूले रसिया र युक्रेन बीच मोदीले सहजकर्ताको भूमिका खेल्ने समेत आकलन गरेका थिए । यी पृष्ठभूमीमा मोदी र पुटिनबीच भएको वार्ताले केही सकारात्मक संदेश समेत दिएको छ ।

द्विपक्षिय भेटघाटमा भारतले सन्तुलित नीति उद्घोष गरेको देखिन्छ । अर्थात् युक्रेन युद्धलाई समाप्त गर्न रुसको भावना र युक्रेनको वेदनालाई समाहित गरेर शान्तीको खोजी गर्नु पर्ने भारतको तर्क रहेको छ । मोदी र पुटिनको वार्ता रुस र भारतबीचको आर्थिक र सामरिक सम्बन्धसंग अधिक जोडिएको छ । भारत र रुसबीच ६५ बिलियन अमेरिकी डलर भन्दा अधिक व्यापार रहेको छ । वर्तमान परिवेशमा भारतको तीव्र विकासको मुख्य आधारहरू मध्ये भारत र रुस सम्बन्ध समेत हो । अर्थात् भारतले कच्चा तेल रुससँग खरिद गरेर त्यसलाई प्रसोधित गरेर युरोपमा निर्यात गर्ने गरेको छ । यस संयन्त्रवाद भारतको विकास दरले टेवा पाएको छ । साथ साथै मल र खाद्यमा पनि भारत रसियाको ठुलो खरिद कर्ता रहेको छ । भारतले रसियालाई फलाम, स्टील, स्फट्वेयर जस्ता अनेकौ समानहरूको निर्यात गर्दछ । तर सबभन्दा महत्वपूर्ण पक्ष के छ भने हालसम्म समेल भारतको ६० प्रतिशत हात हतियार रसियाबाट नै आपूर्ती हुन्छ ।

मोदी र पुटिनको द्विपक्षीय भेटमा रुसी प्रविधिबाट भारतमा ६ वटा न्यूकिलियर प्लान्टहरू स्थापना गर्ने समेत सम्झदारी भएको छ । साथ साथै भारतले रसियामा विद्युतिकरणको लागि आफ्नो प्रविधि समेत हस्तानतरण गर्ने सहमति भएका छन् । तर मोदी पुटिनको वार्ताले रुस र चीन सम्बन्धमा पर्ने असरमा पनि दृष्ट्रिगौचर गर्न जरुरी देखिन्छ । सन् २०१७ मा भारत चीनबीच डोकलम विवाद हु‘दा पुटीनले सम्वयकारी भूमिका खेल्दै चीनको बुहानमा हुने संघाई सहयोग संगठनमा मोदीलाई भाग लिन आवश्यक वातावरण निर्माण गरेका थिए । तर विगत ५ वर्षदेखि भारत र चीन सीमा विवादलाई सहजीकरण गर्न रसीयाको कूटनीतिक र सामरिक कसरत देखिएको छैन ।

अमेरिका र यूरोपको नाकावन्दीको पराकम्पनले गर्दा रसियाको सामीप्यता चीनसंग बढेको छ । तर चिनियाँ दबाबलाई मत्थर गर्न रुसबाट प्रयास देखिएको छैन । मोदी र पुटीनको वार्ता पश्चात रसिया चीन भारतको त्रीकोणात्मक सम्बन्धको बारेमा केही सार्वजनिक भएको देखिदैन । मोदी र पुटीन वार्ताको माध्यमबाट भारतले चीनलाई पक्कै केही संकेत दिएको छ । अर्थात् रुस र चीनबीचको गठबन्धनका बाबजुद भारत र रुसको प्राचीन सम्बन्ध अविरल रूपमा बढ्ने संकेत दिएको छ । पूटीन मोदी वार्ता खास अर्थमा सामरिक दृष्ट्रिकोणले महत्वपूर्ण रहेको देखिन्छ ।

 

प्रतिक्रिया