दोस्रो शितयुद्धमा अमेरिका-चीन टक्कर
विपिन देव: शित युद्धका केही आयामहरू हुन्छन् । शितयुद्ध वास्तवमा दुई महाशक्तिहरूको बिचको संग्राम हो । महाशक्तिहरू गठबन्धन र गठजोडको आधारमा सामरिक नीति परिचालन गर्दछ । पहिलो शितयुद्धमा वैचारिक र राजनैतीक प्रस्तावनाले भू-राजनीतिलाई प्रभावित गरेको थियो । सोभियत रुस पूर्वीय यूरोप लगायत एसियाका धेरै मुलुकहरूमा साम्यवादी शासन प्रणालीलाई प्रत्यारोपण गर्ने रणनीति साथ अगाडि बढेको थियो । वर्तमान परिवेशमा शीतयुद्धलाई नेतृत्व गर्ने अमेरिका र चीनको रणनीतिक प्रारुप फरक देखिन्छ । चीन शासन प्रणाली र राजनैतिक प्रस्तावना बढाउन आतुर देखिएको छैन । चीनले आर्थिक र सामरिक प्रभाव बढाउन उधत देखिएको छ । शित युद्धको कारक तत्वमा गठवन्धन र गठजोडले अहम भूमिका खेलेको हुन्छ । चीनिया वठवन्धनमा रसिया, इरान, पाकिस्तान र उत्रर कोरिया रहेको छ । मुलतः यी मुलुकहरूको शासन पद्धतीमा समरुपता छ । इरानले ड्रो दिएर रसियालाई सघाएको छ भने तेल र इन्धन चीनलाई दिएको छ । चीनले रसियालाई आर्थिक भरथेगको साथै प्रविधि समेत हस्तान्तरण गरेको छ ।
उत्तर कोरिया युद्ध उपकरणको लागि कच्चा पर्दाथको लागि यी गठवन्धनको लागि उपयोगी शिद्ध भएको छ । अमेरिकाले गठवन्धन र गठजोडलाई अधिक महत्व दिएको छ । द्वितीय विश्व युद्ध पश्चात अमेरिका प्रजातन्त्र, मानव अधिकार, खुला अर्थतन्त्र, भूमण्डलीकरण जस्ता मुद्दाहरूको सम्भावहक भएकोले गर्दा अमेरिकी गठवन्धनमा प्रजातान्त्रिक कित्तामा रहेका मुलुकहरू अष्ट्रेलीया, जापान, दक्षिण कोरिया, यूरोपेली युनीयन लगायत अनेकौ मुलुकहरू आवद्ध रहेको छ । शित युद्धको अर्को कारक तत्वको रूपमा राजनैतीक प्रस्तावना नै रहेको छ । चीन, रसिया, पाकिस्तान, इरान र उत्तर कोरीयामा तानाशाहरूको एकमना शासन नै रहेको छ । शितयुद्धमा उत्पादनले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । वर्तमान परिवेशमा संसारको उत्पादनको कारखाना चीन नै रहेको छ । सन् २००४ मा चीनको उत्पादन अमेरिका भन्दा आधा थियो भने वर्तमान परिवेशमा चीनको उत्पादन अमेरिका भन्दा दोब्वर रहेको छ । विश्वको १२५ मुलुकहरू प्रमुख व्यापारिक साझेदारको रूपमा चीन रहेको छ । दक्षिण गोलाद्र्धका अधिकांश मुलुकहरू चीनको भीमकायी गुरुयोजना वि.आर.आए.को साझेदार भएको छ । शित युद्धको प्रभावले गर्दा रसिया युक्रेन युद्ध, इजरायल हमास भिडन्त अन्त्य हुने अवस्थामा देखिएको छैन । साथ साथै संयुक्त राष्ट्र संघका संस्थाहरूको प्रभाव स्वखलित भइरहेको छ । शान्ती र अमन चयन वाहाल गर्ने संस्थाहरूको सामथ्र्य ओझेलमा परेको छ ।
चीन र अमेरिकाका टक्करले गर्दा अनेकौ देशहरूले सैन्य खर्च बढोत्तरी गरेको छ । अष्टे«लीया र जापान यसको प्रतिनिधि उदाहरणहरू हुन् । शित युद्धको प्रभावले गर्दा अनेकौ हटस्पट (तनाव क्षेत्र)मा मलजल भइरहेको छ । जीवनको उत्तराद्धमा हेनरी किसीमजरले दोस्रो शित युद्ध पहिलो शित युद्ध भन्दा भयावह हुने संकेत गरेका थिए । सन् १९६२ क्युवा शित युद्धको तारो भएको थियो । इतिहासको कालखण्डमा त्यो अवस्था फरक थियो । क्यूवाले शिगार मात्र निर्यात गथ्र्यो । वर्तमान परिवशेमा जानकारहरू सर्वेक्षण अनुसार शित युद्धको हट स्पोट ताइवान हुनेछ । ताइवानलाई चीनले घेरावन्दी गरेको खण्डमा विश्व अर्थतन्त्र नै उथल पुथल हुने जानकारहरूको बुझाई रहेको छ । अमेरिकी सामरिक जानकार निल फ्रगसनले दोस्रो शित युद्धमा आर्टफिसियल इनटेलीजेन्सको भूमिका अधिक रहेको आफ्नो अभिमत राखेको छ । ताइवानका साथ साथै हट स्पटको रूपमा तिब्वतलाई समेत लिन सकिन्छ ।
विगत एक वर्षमा नै तिब्वतमा १५० मान्छेहरू आत्मदाह गरेको छ । यी आत्मदाह दलाई लामाको पक्षमा भएको छ । दलाई लामाको आन्दोलनलाई अगाडी बढाउन अमेरिकी सदनले विल समेत पाश गरेको देखिन्छ भने दलाई लामाको आन्दोलनलाई अगाडी बढाउन नेलशी पोलीसीको नेतृत्वमा हिमाचल प्रदेश अवस्थित दलाई लामाको आश्रम धर्मशाला यात्रा गरेका छिन् । अर्थात् चीनलाई सामरिक दवावमा राख्न अमेरिकाले ताइवान र तिब्बतलाई रडारको रूपमा प्रयोग गर्ने रणनीति लिएको छ । अमेरिकी प्रभावलाई रणनीतिक र सामरिक टक्कर दिन चीनले दक्षिण चीन सागर र पूर्वीय चीन सागरमा आक्रमक्तामा तीव्रता दिएको छ । अमेरिकी सुरक्षा छातामा रहेका मुलुकहरू फिलिन्स लगायत आसीयानका मुलुकहरू चीनिया आक्रमक्ताबाट आक्रान्त देखिन्छ ।
शित युद्धको वाछिटा हिन्दमहासागरीय क्षेत्रमा समेत देखिन्छ । हिन्दमहासगरीय क्षेत्र संसारको लागी नै व्यापरिक जीवन रेखा (कर्मशियल लाइफ लाइन) रहेको छ । हिन्दमहासागरीय क्षेत्रको जिवुतीमा चीनिया वेस क्याम्प रहेको छ भने हम्वसटोटा (श्रीलङ्का र ग्वादर (पाकिस्तान) बन्दरगाहमा समेत चीनिया सैन्य जत्थालाई तैनाथ गर्न चीनले आवश्यक पूर्वाधार निर्माण गरिसकेको छ । दोस्रो शित युद्धमा हिन्दमहासागरीय क्षेत्रमा अमेरिकाले प्रभाव बढाउन मध्य एसिया लगायत अफगानीस्तानबाट समेत सैनिक उपस्थिती हटाइ सकेको छ । हिन्दमहासागरीय क्षेत्रमा अमेरिकी प्रभाव वा प्रजातान्त्रिक कित्तामा रहेका मुलुकहरूको प्रभावलाई बढाउन अमेरिका, जापान, अष्ट्रेलीया र भारतले चर्तुभूजीय गठवन्ध (कवार्ड)लाई िअगाडी बढाएको छ । शित युद्धको प्रभावले गर्दा हिन्दमहासागरीय क्षेत्रमा ननस्टेट एम्टर (साना साना लडाका समुहहरू) सक्रिय देखिएको छ ।
इरानका हुती विद्रोही लगायत आतंकवादी समुहहरूले मालवाहक सामुद्रिक जहाजमा वेला वखत आक्रमण समेत गरेको देखिन्छ । हिन्दमहासागरीय क्षेत्रमा सामुद्रिक कानुनलाई संरक्षण गर्ने अमेरिकी र वेलायती सेनाहरूले यी जत्थाहरूलाई जवाफी कार्वाही समेत गरेको देखिन्छ । शित युद्धको प्रभावले गर्दा भारत चीन सीमा विवाद समेत वलझिएको देखिन्छ । सन् २०१६ देखि डोकलम हु‘दै सन् २०२० मा गलवान भिडन्तले गर्दा भारत चीन तनाव चुलिएको छ । वार्ता र सैन्य तैनाथी साथ साथ भइरहेको छ । १७ हजार फिटको उ‘चाई ५० औं हजार सैनिक तैनाथी चीन र भारतले गरेको छ । अमेरिकी चुनावको मुख्य भाष्य चीन नै भएको छ । चीन प्रतिको आक्रमक्ता अमेरिकी चुनावमा पू‘जीकृत भइरहेको छ । तर जानकारहरूको अनुसार चीनको आन्तरिक द्वन्द र खस्किदो अर्थतन्त्रले गर्दा शित युद्धमा शिथिलता समेत आउन सक्ने सम्भावनालाई इनकार गर्न सकिदैन ।
१८ ट्रिलियन अमेरिकी डलर भएको अर्थतन्त्रमा छ ट्रिलियन अमेरिकी डलर आयातमा आधारित रहेको छ । चीनिया अर्थतन्त्रको मेरुदण्ड नै विश्व बजार रहेको छ । जनसंख्याकि लाभांशको कमी, रीयल स्टेटको व्यापारमा २० प्रतिशतको कमी, उच्च बेरोजगारी दर र विश्व मानसपटलमा चीन प्रतिको नकारात्मक्ताले गर्दा चीनले शित युद्धको राप र तापलाई युद्धमा रुपान्तर नगर्ने तर्क समेत जानकारहरूको रहेको छ । दोस्रो शित युद्धमा युरोप भन्दा एसियामा नै अधिक तनाव बढ्ने जानकारहरूको समिक्षा रहेको छ ।