४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

नेकपा एसको महाधिवेशमा को को पुगे


747
Shares

काठमाडौं, १६ असार । नेकपा एसको दशौं राष्ट्रिय महाधिवेशन राजधानीमा सुरु भएको छ । एसले महाधिवेशनको उद्घाटनमा प्रमुख दलहरुलाई निम्तो दियो जसमा नेकपा एमालेबाहेकका सबैको सहभागिता देखियो ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एसका अध्यक्ष माधवकुमार नेपालको दायाँबायाँ देखिएका थिए मञ्चमा । देउवाको नजिकै रास्वपा अध्यक्ष रवि लामिछाने थिए ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जसपा अध्यक्ष अशोक राई मञ्चको दोस्रो लहरमा थिए जसको बीचमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला थिए । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष सीके राउत पनि सहभागी भए उद्घाटन समारोहमा ।

एसको महाधिवेशनमा नेकपा एमालेका भने कोहीपनि प्रतिनिधि देखिएनन् । एस एमालेबाट फुटेको हो । एसले एमालेमा रहँदा भएको महाधिवेशनपछिको महाधिवेशनमा रुपमा गणना गरेको छ ।

प्रतिक्रिया