३ मंसिर २०८१, सोमबार | November 18, 2024

उथलपुथल गर्दै चीन


1.8k
Shares

विपिन देवः पश्चिमा सभ्यताले स्थापित गरेका मूल्य र मान्यताहरूको उपयोगीताको वारेमा व्यापक विर्मशको थालनी भएको छ । पश्चिमा सभ्यताले स्थापित गरेका मानयताहरूमा प्रजातन्त्र, मानवअधिकार, विधिको शासन, मतदान जस्ता अनेकौ मान्यताहरूको आधारस्तम्भको रूपमा ग्रीक दार्शनिक प्लेटोको दर्शनलाई लिइन्छ । पश्चिमा दर्शनको सारतत्व प्लेटोको विचारमा पाइन्छ । तर आधुनिक समाजको परिकल्पना इमानुअल कान्टले नै गरेका थिए । आफ्ना कालजयी पुस्तक “परपेचूयल पिस” मा कान्टले सभ्य समाजको परिकल्पना गरेका थिए । राज्य र राज्य विच आन्तरिक सम्बन्ध र अन्तराष्ट्रिय संघ संस्थाको वारेमा व्यापक विर्मश पाइन्छ । वास्तवमा द्वितीय विश्व युद्धको खरानीबाट नै आधुनिक समाजको सृजना भएको देखिन्छ । द्वितीय विश्व युद्धको राप र तापले गर्दा प्रजातन्त्र, मानव अधिकार, मतदान, प्रेश स्वतन्त्रता जसता विभिन्न मान्यताहरू संस्थागत रूप लिए । सन् १९३० ताका जर्मनी र इटाली अधिनायकवादको विम्वको रूपमा स्थापित भएता पनि द्वितीय विश्व युद्ध उपरान्त युरोपमा प्रजातन्त्र संस्थागत भयो ।

द्वितीय विश्व युद्धले संसारलाई तीन भागमा समेत खण्डित गर्यो । फस्ट वल्र्ड, सेकेन्ड वल्र्ड र थर्ड वल्र्डमा संसार विभक्त देखियो । पू‘जीवादी संसारलाई फस्ट वल्र्ड, साम्यवादी संसारलाई सेकेन्ड वल्र्ड र गरिव एवम् प्रताडित मुलुकहरूलाई वल्डको संज्ञा दिइयो । शित युद्धको अन्त्यको साथ साथै फुकुयामाले “इण्ड आफै हिष्ट्रि”को घोषणा गर्यो भने अमेरिकी सामरिक नीतिकार हेनरी किसिनजरले आप्mना पुस्तक “वान डिपलोम्यासी”मा बहुपक्षिय (मल्टीपोलार संसार)को आगमनको समेत गर्यो । शित युद्धको अन्तयको साथै प्रजातन्त्रको विगुल र ध्वनीले गर्दा पूर्वीय युरोप लगायत ल्याटीन अमेरिकामा समेत प्रजातन्त्र अंकुरित, पुस्पित र पल्लवित हुन गयो । ल्याटिन अमेरिकाको क्युवा वाहेक हरेक मुलुकले प्रजातन्त्रलाई आत्मसाथ गर्यो ।

शीत युद्धको अन्तयको साथै चीन आप्mनो रणनीतिमा व्यापक परिर्वतन ल्यायो । चीनले देडको नीतिलाई रणनीतिक रूप दियो । संयुक्त राष्ट्र संघद्वारा परिचालीत शान्ती सेनाको खर्चमा सबभन्दा अधिक लगानी गर्ने मुलुकको रूपमा चीन नै देखियो भने संयुक्त राष्ट्र संघलाई अनुदान दिने मुलुकहरूको पंक्तिमा चीन नै अगाडी देखियो । सन् २००८ को विश्व आर्थिक मन्दीको ताकामा युरोप लगायत अमेरिकालाई आर्थिक स्थायित्व स्थापना गर्न चीन अहम भुमिका खेलेर विश्वको लगानी कर्ताहरूको दिल दिमाग जित्न सफल भयो । अमेरिका लगायत युरोपका अधिकांश मुलुकहरू चीनमा व्यापक परिर्वतनको अपेक्षा गरेका थिए । पश्चिमा पू‘जी र प्रविधिको साथै पश्चिमा शासन पद्वती समेत चीनमा स्थापित हुने विद्वानहरूको आकलन थियो । चीन पश्चिमा पू‘जी र प्रविधिलाई प्रयोग प्रचूर मात्रामा गरेता पनि पश्चिमा राजनीतिक प्रणालीवाट प्रभावित भएन । सन् २०१३ मा राष्ट्रपति सीको आगमनका साथै चीनको सामरिक सोचमा परिर्वतन भयो ।

चीनिया कम्युनिष्ट पार्टीको काङ्ग्रेसलाई सम्वोधन गर्दै राष्ट्रपति सीले वर्तमान विश्व व्यवस्था चीनको अनुकुल हुनु पर्ने तर्क राखेका थिए । अर्थात् विश्व व्यवस्थालाई परिर्वतन गर्नु पर्ने चीनिया कम्युनिष्ट पार्टीको सामरिक नीति रहेको छ । तदनुरूप “मिडिल किङ्गडम”को नक्सा अनुरूप नयॉ सार्मथ्य र शक्तिको साथ चीन अगाडी बढ्नु पर्ने राष्ट्रपति सीको नीति देखिएको छ । राष्ट्रपति सीको नीतिले गर्दा दक्षिण चीन सागर, हिन्दमहासागरीय क्षेत्र, भारत चीन वोर्डर आक्रान्तको अवस्थामा छ भने आसीयानका मुलुकहरूसंग दक्षिण चीन सागरमा संघर्षको अवस्था छ । फिलिपिन्स एक प्रतिनिधि उदाहरण हुन ।

राष्ट्रपति सीको पहिलो रणनीति अमेरिकी नेतृत्ववाट स्थापित विशव व्यवस्थालाई चूनौती दिनु हो । अर्थात्, भुमण्डलीकरण, खुला अर्थ व्यवस्था, मानव अधिकार, प्रेश स्वतन्त्रता जस्ता स्थापित मान्यताहरूलाई चीनिया नेतृत्वले प्रश्नको घेरामा राखेका छन् । राजनीति विरोधाभाषको खेल समेत हो । भुमण्डलीकरण र खुला अर्थ व्यवस्थालाई सबभन्दा अधिक दोहन गर्ने राष्ट्रको रूपमा चीनलाई नै देखिएको छ । चीनले हरेक मञ्चमा अमेरिकी नेतृत्वलाई चुनौती दिइरहेको छ । जबकी वर्तमान परिवेशमा अमेरिकी अर्थ व्यवस्था चीन र जापानको आर्थिक आकारलाई जोड्दा समेत अधिक हुन्छ भने अमेरिकीले चीन, जापान र अष्ट्रेलीयाको सुरक्षा खर्चलाई जोडेर समेत अधिक खर्च गर्दछन् । जीवनमा स्वतन्त्रता र खुला समाजलाई हेर्न मानवको अभिलाषाको गन्तव्य अमेरिका हुने गर्दछ, चीन होइन । तर विश्वका १०० भन्दा अधिक देशहरूको प्रमुख आर्थिक साझेदार चीन रहेको छ । आर्थिक विकासको फड्कोको लागि विश्व अनेकौ मुलुकहरू चीनसंग हातेमालो गर्न तम्तयार भएता पनि भू(राजनीतिक संरक्षणको लागि अमेरिकी सुरक्षा छातामा वस्न रूचाउ‘छन् ।

समृद्ध राष्ट्रहरू जापान, दक्षिण कोरिया, अष्ट्रेलिया यूरोपेली युनियन समेत अमेरिकी सुरक्षा छातामा रहेको छ । ९० को दशकमा संसारमा अमेरिकी हस्तक्षेपको यत्र तत्र विरोध हुन्थ्यो । भियतनाम, इराक, क्युवा, मध्य एसिया लगायत अनेकौ देशहरूमा अमेरिकी हस्तक्षेपको विरोध हुने गथ्र्यो । तर वर्तमान परिवेशमा अमेरिकाले हस्तक्षेप नगरेर विश्व व्यवस्था उथलपुथल रहेको जानकारहरूको ठहर देखिएको छ । अमेरिकी सेना अफगानीस्तानवाट फिर्ता हुनु एक प्रतिनिधि उदाहरण हुन् । अर्थात् भू(राजनीतिले गर्दा संसार अहिले पनि अमेरिकी उपस्थितिलाई रूचाएको देखिन्छ । विश्वमा अधिकांश मुलुकहरूसंग अमेरिकाको सन्धि र सम्झौता छ ।

नाटो, क्वाड, अक्स, आए.टु.यू, टु जस्ता अनेकौ प्याक्टमा अमेरिकी नेतृत्व रहेको छ । गठवन्धन र गठजोडमा चीनको औपचारिक सम्बन्ध उत्तर कोरियासंग देखिएको छ भने अनौपचारिक सम्बन्ध रुससंग देखिएको छ । अमेरिकाद्वारा स्थापित मान्यताहरूको विरोधमा कट्टरपन्थी इश्लामीक संघ संगठनहरू समेत रहेका छन् । यस अर्थमा राष्ट्रपति सी र पुटिनलाई इश्लामिक धर्म गुरुहरूको समेत सद्भाव प्राप्त रहेको छ । अमेरिकी नेतृत्वमा रहेका विश्व व्यवस्थालाई कमजोर बनाउन चीनको सम्बन्ध पाकिस्तान लगायत अनेकौ इस्लामिक राष्ट्रहरूसंग सघन रहेको छ । अगामी दिनहरूमा अमेरिका र चीन विच कटुता वढ्ने समेत यी तथ्यहरूको आधारमा आकलन गर्न सकिन्छ ।

 

प्रतिक्रिया