२३ आश्विन २०८१, बुधबार | October 9, 2024

२४ वर्षपछि जब पुटिन उत्तर कोरिया पुगे…


498
Shares

एजेन्सी, ५ असार । उत्तर कोरियाको कम्युनिस्ट शासन स्थापनामा तत्कालीन सोभियत संघकै मुख्य भूमिका छ । किम इल सुङलाई सत्तामा ल्याउन सोभियत संघले ठूलै लगानी गरेको थियो । अहिलेपनि उत्तर कोरिया रुसको भरपर्दो मित्रशक्ति हो ।

युक्रेन हमलामा उत्तर कोरियाले रुसलाई निकै सघाइरहेको छ । हतियारको अभाव पर्दा उत्तर कोरियाबाट आपूर्ति हुन्छ । किम इल सुङका नाति किम जोङ सुनलाई आवश्यक सहयोग देखि विलासी सामान पनि रुसी भूमिबाटै पुग्छ । यो हदसम्मको मित्रता छ यी दुई देश र तिनका नेताबीच ।

अहिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको भ्रमणमा छन् । त्यहाँ पुग्दा उनलाई रातो कार्पेट बिछ्याएर विशेष स्वागत गरियो ।

उत्तर कोरियाली नेता किम जोङ उन आफै विमानस्थल पुगेर स्वागत गरे । दुवैले अंकमाल गरे । पुटिनको कारगेडसम्म पुगेर कारमा बसाए ।

पुटिनको नयाँ कार्यकालमा चीनपछि उत्तर कोरिया भ्रमणको प्राथमिक सूचीमा परेको छ । उनी उत्तर कोरिया पुग्दा एयरपोर्ट देखि सडकको दायाँबायाँ रुसी झण्डा लिएका देखि पुटिनको तस्बिर बोकेकाहरु थिए ।

पुटिनको साथमा विदेशमन्त्री, उपप्रधानमन्त्री, रक्षा, स्वास्थ्य, यातायात मन्त्रीका अलावा रुसी रेलसेवाका प्रमुख पनि छन् ।

पुटिन सन् २००० मा उत्तर कोरियाको भ्रमणमा पुगेका थिए । त्यतिबेला अहिलेका उत्तर कोरियाली नेताका पिता किम जोङ इलले उक्त देशको नेतृत्व गरेका थिए । २४ वर्षपछि भएको यो भ्रमणलाई विश्वले चासो दिएको छ ।

प्रतिक्रिया