२३ आश्विन २०८१, बुधबार | October 9, 2024

को बन्ला टेलिकमको प्रबन्ध निर्देशक ?


913
Shares

काठमाडौं, ४ असार । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पद रिक्त छ । सुनिल पौडेल भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएपछि रिक्त पदमा २२ असारमा आवेदन खुल्ला गरिएकोमा १७ जनाले आवेदन दिएका छन् ।

टेलिकमको कमाण्ड सम्हाल्न निमित्त प्रबन्ध निर्देशक संगिता पहाडीका अलावा बहालवाला कर्मचारीहरुले आवेदन दिएका छन् । पूर्वप्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य, अहिलेका कर्मचारीहरु सुवास साह, राजेश जोशी, अनन्तप्रकाश मल्लिक, डा. बिमल आचार्य, डा. शालिग्राम पराजुली, शालिकराम सुवेदी, कमल लामिछाने, प्रेमप्रसाद सिलवाल, कृष्णप्रसाद भण्डारी, लक्ष्मण महर्जन र केदारनाथ कोइराला पनि प्रतिष्पर्धामा छन् ।

टेलिकम बाहिरबाट अनिल झा, चिन्तामणि बराल पनि प्रतिष्पर्धामा छन् । विश्वस्त स्रोतका अनुसार झा मुख्य दाबेदार मानिएका छन् । जनक शिक्षा सामाग्री लिमिटेडमा झाको कामबाट प्रधानमन्त्री प्रचण्ड खुशी भएको बुझिएको छ । उनी प्रबन्ध निर्देशक भएपछि इतिहासमै पहिलोपटक समयमै पाठ्यपुस्तक छपाई भनी देशभर पुग्यो । लगातार दुई वर्ष समयमै पाठ्यपुस्तक छपाई र ढुवानी गरेकाले प्रचण्ड सरकारले सफल कामका रुपमा प्रचार गर्न पायो ।

यसैगरी, बिमल आचार्य पनि सञ्चारमन्त्री रेखा शर्माको रोजाईमा छन् । उनले बालुवाटारसम्म भने पहुँच पुर्याउन नसकेको बुझिएको छ ।

बुद्धि आचार्य पनि पुरानो अनुभवका आधारमा प्रबन्ध निर्देशक बन्ने प्रयासमा छन् । अन्य प्रतिष्पर्धी भने कमजोर मानिएका छन् ।

डिल्ली आचार्यले भने आवेदन नै दिएनन् । उनले प्रबन्ध निर्देशकमा अर्को व्यक्ति बन्ने पक्का रहेको सूचना पाएपछि पछि हटेको बुझिएको छ ।

प्रतिक्रिया