४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

पाकिस्तान आर्थिक संकटमोचनमा सफल होला ?


249
Shares

एजेन्सी, ४ असार । भारत र पाकिस्तान एक अर्काका दुश्मन जस्तै छन् । दक्षिण एशियाका यी दुई देशमध्ये भारत विश्वकै पाँचौ धनी भइसकेको छ । जनसंख्यामा पनि भारत विश्वकै ठूलो हो । भारतले विश्व मञ्चमा आफूलाई सशक्त रुपमा उभ्याइसकेको छ । जसका कारण पाकिस्तानका नेताहरु आत्मग्लानीका शब्द मिसाएर अभिव्यक्ति दिन्छन् ।

पाकिस्तानी नेता इमरान खानले त भारतबाट सिक्नुपर्ने भन्दै त्यहाँको सैनिकको आलोचना नै गरे । नवाज सरिफले समेत भारतले चन्द्रमामा यान पठाइसकेको उल्लेख गर्दै त्यो श्रेय पाकिस्तानले लिनुपर्नेमा चुकेको भने ।

भारत समृद्धितर्फ बढिरहँदा पाकिस्तान भने आर्थिक संकटमा फसेको छ । राजनीतिक अस्थिरता उतिकै छ । सैनिक कू भइरहन्छ त्यहाँ ।

पछिल्लो समय सत्तामा रहेका सेहवाज सरिफ आर्थिक संकटमोचनमा लागेका छन् । उनले पाकिस्तानको नजिकको मित्र मानिएका चीन, साउदी अरब र युएइएको भ्रमण गरेका छन् विगत तीन महिनामा । त्यहाँका नेतालाई भेटेका छन् ।

सरिफले लगानी भित्राउन पहल गरिरहेका छन् । साउदी अरबबाट मात्र ५ अर्ब डलरको लगानी भित्राउन पहल गरे । साउदी अरबले २५ अर्ब डलर लगानीको प्रतिवद्धता जनाएको दाबी गरिएको छ । तर कार्यान्वयन भएको छैन ।

युएईबाट पनि १० अर्ब डलर लगानीको प्रतिवद्धता जनाइएको भनियो । तर, त्यो पनि कार्यान्वयनमा आएन । कृषि, ऊर्जालगायतका क्षेत्रमा पाकिस्तानले लगानी भित्राउन खोजेको छ । तर, त्यहाँको अस्थिरता र असुरक्षाले लगानीकर्ता हतोत्साही हुनेगरेका छन् ।

चीनले पनि विभिन्न क्षेत्रमा लगानी गरेको छ । पूर्वाधार विकासमा लगानी गरेपनि असुरक्षा भोगिरहेका छन् चिनियाँ कम्पनी । चिनियाँ इञ्जिनियरहरु आतंकवादी हमलामा मारिएका छन् । यसले पनि पाकिस्तानमा लगानीमैत्री अवस्था बन्न सकेको छैन । आर्थिक संकट सजिलै समाधान हुने देखिदैन ।

प्रतिक्रिया