अमेरिकाको सामरिक रडारमा तिब्बत
विपिन देवः सन् २०२४ जुन १६ मा वासिंगटन पोष्टमा प्रकाशित एक समाचारले विश्व कूटनीतिक मञ्चमा हलचल छाएको छ । समाचार अनुसार अमेरिकी काङ्ग्रेसका मुर्धन्य सदस्यहरू माइकल मेकोल, नैन्सी पेलोसी, डब्लु मिक्स, मिस्टर गोर्भन र एनी वेरा जस्ता व्यक्रित्वहरू भारतमा धर्मशालामा आश्रय लिएका धर्मगुरु दलाई लामासंग भेटघाट कार्यक्रम रहेको छ । सन् १९५९ देखि नै लाखौ तिब्वतेली शरणार्थीहरू दलाई लामाको नेतृत्वमा भारतमा शरण लिएका छन् । अमेरिकी काङ्ग्रेसले “तिब्वत पोलीसी एण्ड सर्पोट एक्ट” समेत अनुमोदित गरिसकेका छन् । अर्थात् ताइवानको पक्षमा सामरिक र कूटनीतिक वातावरण निर्माण गर्न अमेरिकाले “ताइवान रिलेशन एक्ट” अनुमोदित गरेसकेको छ । अर्थात् ताइवानको पक्षमा सामरिक र कूटनीतिक वातावरण निर्माण गर्न अमेरिकाले “ताइवान रिलेशन एक्ट” अनुमोदित गरे जस्तै तिब्वतको पक्षमा अनुकुल वातावरण निर्माण गर्न “तिब्वत स्र्पोट एक्ट” सार्वजनिक गरेका छन् ।
अमेरिकी संदनका पूर्व सभामुख रहेकी नेनसी पोलिसी प्रजातन्त्र र मानव अधिकारका पक्षमा विश्वव्यापी वहस गर्ने अब्वल नेतृ हुन् । सन् २०२२ अगष्टमा पेलोसीले ताइवान यात्रा गरेर ताइवानको मुद्दालाई अन्तर्राष्ट्रिय छापाखानामा गुंजीत गरेकी थिइन् । सन् २०२२ ताका पेलोसीको ताइवान यात्राको चीनले घोर निन्दा र आपत्ति गर्दै ताइवान माथि आर्कमण गर्ने संकेत समेत दिएका थिए । ताइवान विरुद्ध प्रतिक्रिया स्वरुप चीनले क्षेप्यास्त्र समेत प्रयोग गरेका थिए ।
वर्तमान परिवेशमा कूटनीतिक रडारमा तिब्वतको सामरिक महत्व बुझ्न भारत अमेरिका र चीनको त्रिकोणात्मक रणनीति दृष्टिगौचर गर्न आवश्यक देखिन्छ । सन् १९५० ताका नै माओको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले तिब्वत माथि आफ्नो अधिपत्य कायम गरे । तिब्वतलाई कब्जा गर्दा चीनिया कम्युनिष्ट पार्टीले फरक भाष्य प्रयोग गरे । अर्थात् तिब्वती जनतालाई र्बुजुवा शासकवाट जोगाउन तिब्वतको मुक्तिको लागि चीनमा विलय आवश्यक रहेको चिनियाँ कम्युनिष्ट पार्टीको ठहर थियो । सन् १९५१ चीनिया कम्युनिष्ट पार्टी र तिब्वती संस्थापन पक्ष विच १७ बुँदे सहमति भएका छन् । सो सहमति अनुसार तिब्वत चीनको अभिन्न अंग रहेको कुरा उल्लेखित गरिएको छ । अर्कोतर्फ, दलाई लामाको नेतृत्वमा रहेको तिब्वतेली सामाजले सो समझौता कम्युनिष्ट पार्टीले वन्दुकको नोकमा गराएको कुरा पटक पटक उल्लेख गरेका छन् ।
चीनिया कम्युनिष्ट पार्टीको सैनिक आक्रमणलाई प्रतिकार गर्न तिब्तेली धर्मगुरु दलाई लामासंग सार्मथ्य थिएन । दलाई लामाले तिब्वतेली समाजलाई धर्म, आस्था र अधात्मको कसीमा वाधेका थिए । चीनिया सैनिकले तिब्बत माथि आक्रमण गर्दा दलाई लामाका ३ हजार सैनिक समेत बन्दी वनाइएका थिए । अर्थात् चिनियाँ दबाबका कारण दलाई लामा तिब्बतमा वस्ने अवस्था थिएन । सन् १९५९ ताका दलाई लामा भारतको हिमाञ्चल प्रदेशमा धर्मशाला सञ्चालन गर्दै आएको छ । दलाई लामा लगायत लाखौं तिब्वतेली शरणार्थीलाई भारतमा शरण दिनु जस्ता परिघटना प्रति चीन घोर आपत्ति प्रकट गर्दे आएको छ । सन् १९६२ मा भारत चीनबीच युद्ध हुनुका विभिन्न कारणहरू मध्ये एक करण दलाई लामालाई भारतमा शरण दिनु समेत थियो ।
अमेरिकाले स्वतन्त्र तिब्वतको पक्षमा सुरुवात देखि नै वहस गरेता पनि अमेरिकी राष्ट्रपति निक्सन र अमेरिकी सामरिक नीतिकार किसिंनजरको नीतिले गर्दा इतिहासको लामो अवधिसँग दलाई लामालाई अमेरिकी सहयोग र सदभाव प्राप्त भएन । यस अर्थमा तिब्वतेली मुद्या अमेरिकी सहयोग विना ओझेलमा पर्यो । अर्को शब्दमा भन्ने हो भने निक्सन र किसिंनजर सोभीयत रुसलाई विघटन गराउन चीनलाई अब्बल बनाउने नीतिमा थियो । तदनुरुप तिब्वतलाई कूटनीतिक कार्डको रूपमा अमेरिकाले रुचाएन । वर्तमान परिवेश पृथक देखिएको छ । चीनसंग जापान, अष्ट्रेलीया, भारत र आसीयानका मुलुकहरू फिलिपिन्स र भियतनामसँग चिसिएको छ । चीनको अमेरिका लगायत युरोपसंग समेत सघन सम्वन्ध देखिएको छैन । चीन आर्थिक रूपमा विश्वको दोस्रो महाशक्ति भएता पनि आर्थिक विकास दर खस्किदो अवस्थामा छ । सन् २०१३ देखि नै राष्ट्रपति सी दक्षिण चीन सागरको नीति र हिन्दमहासागरीय नीतिमा आक्रमता बढाएको छ ।
चीनको बढ्दो आक्रमणलाई दवावमा राख्न प्रजातान्त्रिक पद्धतिमा आवद्ध रहेका मुलुकहरू घेरावन्दी गर्दै आएको छ । चीनको कमजोर कडीको रूपमा तिब्बत समेत देखिएको छ । कूटनीति कमजोर कडीमा प्रहार गर्ने संयन्त्र समेत हो । यही सुत्रलाई प्रयोग गर्दै अमेरिकामा काङ्ग्रेस सदस्यहरू दलाई लामासँग भेट गर्न भारत आउ‘दै छन् । चीनले दलाई लामाको हरेक गतिविधि प्रति गहिरो रुची राखेको छ । दलाई लामाको ८२ औं जन्म दिनको अवसरमा भारतका प्रधानमन्त्री मोदीले वधाई दिदा समेत चीनले आपत्ति प्रकट गरेको थियो । तिब्वत संकार, संस्कृती, अधात्म र ज्ञानको भुमी हो । तिब्वतलाई संसारको छानाको रूपमा शास्त्रमा वर्णन गरिएको छ । दुर्भाग्यवस तिब्वतेलीहरू छाना विहिन हु‘दै संसारमा कुना कुनामा शरणर्थीको रूपमा जीवन विताइ रहेको छ । तिब्वतेली शरणार्थीहरूलाई हजारौ संख्यामा अमेरिकाले छात्रवृत्ति प्रदान गर्दै आएको छ भने तिब्वतेली भाषा, साहित्य, दर्शन र संस्कृतिलाई संरक्षण गर्न अति आधुनिक पुस्तक निर्माण गर्न अमेरिकाले ५०० मिलियन डलर समेत उपलब्ध गराएको छ । वर्तमान अवस्थामा दलाई लामा जीवनको उत्तरार्धमा छन् ।
आफ्नो उत्तराधीकारी चयन गर्ने दलाई लामाको धार्मिक अधिकार रहेको वौद्ध धर्मलम्बीहरूको आवस्था रहेता पनि १७ वुंदाका आधारमा दलाई लामाको उत्तराधीकारी चयन गर्ने अधिकार चिनियाँ कम्युनिष्ट पार्टीको नै रहेको चीनको ठहर रहेको छ । वर्तमान परिवेशमा चीनले भारतलाई दबाबमा राख्न गलवानमा सैनिक तैनाथ गरेका छन् भने अरुणाचलको विभिनन ठाउ‘लाई चीनिया भाषबाट नामाकरण गरेका छन् । प्रतिउत्तरमा भारतले समेत तिब्वतको विभिन्न ठाउलाई आफ्नो भाषामा नामाकंरण गरेका छन् । अमेरिकी काङ्ग्रेसको दलाई लामासँगको भारतमा भेट हुनुको अर्थ तिब्वतेली मुद्दालाई अन्तर्राष्ट्रिय करणमा मलजल गर्नु हो । यो परिघटनालाई भारतले समेत गलवानमा चीनले दिइरहेको दबाब सन्तुलन गर्ने सामरिक प्रयत्न गर्ने सम्भावना देखिएको छ ।