२३ भाद्र २०८१, आइतबार | September 8, 2024

इतिहासमै पहिलोपटक संवैधानिक परिषदमा दाजुभाई सहभागी बैठकले गर्यो नियुक्तिको सिफारिश


25.5k
Shares

काठमाडौं, २ असार । नेपालको इतिहासमा पहिलोपटक दाजुभाई संवैधानिक परिषदमा रहेर नियुक्तिको सिफारिश भएको छ । परिषद्ले निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधानलाई सिफारिश गरेको छ ।

परिषद्मा प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहाल पदेन अध्यक्ष छन् । सदस्यहरुमा दाहालकै भाई नारायण दाहाल राष्ट्रिय सभा अध्यक्षका रुपमा छन् । अन्य सदस्यहरुमा सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र उपसभामुख इन्दिरा राना छन् ।

परिषद्ले संवैधानिक निकायमा नियुक्ति गर्दछ । यसकारण पनि यसलाई निकै शक्तिशाली मानिन्छ ।

प्रतिक्रिया