१८ पुस २०८१, बिहिबार | January 2, 2025

टिकटक खुलाउन चीनको दबाब


415
Shares

काठमाडौं, ३२ जेठ । टिकटक नेपालमा प्रतिबन्ध छ । टिकटकले सामाजिक समस्या ल्याएको भन्दै सरकारले प्रतिबन्ध लगायो । तर, अहिले यसलाई खुलाउन सरकारमाथि दबाब परिरहेको छ ।

चीनमा मुकाम रहेको टिकटकले आफ्नो सरकारमार्फत् दबाब बढाएको छ नेपालको वर्तमान सरकारमाथि । माओवादी नेतृत्वको सरकारमाथि पनि थेगिनसक्नुको दबाब छ । टिकटक बन्द गर्दा नगर्न पनि ठूलै दबाब थियो । तर, त्यतिबेला सरकारले थेग्यो ।

सञ्चारमन्त्री रेखा शर्माले यसै हप्ता संसदमा बोल्दै टिकटकले यहाँको कानून अनुसार समाजलाई मान्य हुने गरी चलाउन पाउने बताइसकेकी छिन् । टिकटक अब फेरि चलाउने गरी पहल चलेको संकेत उनले गरेकी छिन् ।

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक क्याबिनेटबाट पारित गर्दैछ । यो विधेयकले सामाजिक सञ्जाललाई नियन्त्रणमा राख्नेछ । विधेयक पनि टिकटक जस्ता समाजिक सञ्जालको अनुकूल हुनेगरी ल्याउन खोजिएको छ ।

प्रतिक्रिया