१२ श्रावण २०८१, शनिबार | July 27, 2024

अमेरिकासहित पश्चिमाप्रति ज्ञानेन्द्र शाही किन आक्रामक ?


415
Shares

काठमाडौं, २९ जेठ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही विगतमा अमेरिकी सहयोगसम्बन्धी एमसीसीको चर्को आलोचना गर्थे । आक्रामक अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा प्रभावशाली बनेका शाहीले जुम्लाबाट राप्रपाको टिकटमा चुनाव पनि जिते ।

शाही पछिल्लो समय पश्चिमाहरुको नेपाल मामलाको गतिविधिप्रति आक्रामक रुपमा प्रस्तुत हुन्छन् । उनले सन्दीप लामिछानेलाई अमेरिकाले भीसा नदिएकोमा सडक र सदन दुवैमा विरोध गरे । क्रिकेट स्टार लामिछानेले बलात्कारको अभियोगमा उच्च अदालतबाट सफाई पाएपनि विश्वकप क्रिकेट खेल्नबाट रोकिए सुरुमा । उनी अब वेस्ट इन्डिजमा हुने खेलमा सहभागी हुन उतै पुगिसकेका छन् ।

शाहीले यूरोपियन युनीयनको गतिविधिको पनि आलोचना गर्दै आएका छन् । यसले तरंग नै आएको छ ।

धर्मान्तरणमा पश्चिमाहरुको भूमिकाको पनि विरोध गर्दै आएका छन् । प्रतिनिधिसभाका सांसदमध्ये शाही नै सबैभन्दा कडा बोल्ने मध्ये पर्छन् यो विषयमा ।

शाहीले सहकारी ठगी प्रकरण देखि गिरीबन्धु टी स्टेटको जग्गा घोटाला प्रकरणमा पनि आवाज उठाउँदै आएका छन् । यसले पनि तरंग ल्याइरहेको छ ।

अमेरिकासहित पश्चिमाप्रति शाहीको आक्रामक अभिव्यक्तिका कारण उनीहरुसँग नजिक भनिएकाहरु प्रतिरक्षाका अभिव्यक्ति र गतिविधिमा लागेका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया