८ माघ २०८१, मंगलबार | January 21, 2025

सन्दीपको भीसा रोक्ने अमेरिकासँग सरकारले खुट्टा कमाएको ज्ञानेन्द्र शाहीको टिप्पणी


332
Shares

काठमाडौं, २३ जेठ । नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेको भीसा रोकेकोमा अमेरिकाको आलोचना बढ्न थालेको छ । नेपालले मंगलबार नेदरल्याण्ड्ससँगको टी ट्वेन्टी विश्वकपको पहिलो प्रतिष्पर्धा हार्दा सन्दीपको अभाव खड्किएसँगै झन् आलोचना बढेको छ ।

संसदमा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले भीसा रोक्ने अमेरिकी राजदूतावासको कदमको आलोचना गरे । बुधबारको बैठकमा पनि अमेरिकी राजदूतलाई बोलाएर स्पष्टिकरण सोध्न माग गरे । शाहीले सरकार नै अमेरिकासँग डराएको हो भनी प्रश्न समेत गरे ।

अदालतले सफाई दिएको, क्यानले स्वीकृति दिएको, आइसीसीले स्वकृति दिएको खेलाडीलाई आयोजक अमेरिकाले किन भीसा नदिएको ? सरकारले त्यो देशको राजदूतलाई बोलाएर स्पष्टिकरण किन नलिएको ? शाहीले प्रश्न गरे । उनले सरकार डराएर खुट्टा कमाएको आरोप समेत लगाए ।

प्रतिक्रिया