५ आश्विन २०८१, शनिबार | September 21, 2024

बालेनविरुद्ध खनियो एमाले, योगेश भट्टराईको गम्भीर आरोप


996
Shares

काठमाडौं, २२ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नेकपा एमाले र उसका नेताहरु खनिन थालेका छन् । बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीले हजार करोडको गिरीबन्धु चियाबगानको जग्गा काण्ड छोप्न न्युरोडमा सडकपेटी बनाउन खोज्दा हस्तक्षेप गरेको आरोप लगाएपछि एमाले आक्रामक बनेको हो ।

एमालेका नेता कार्यकर्ता सामाजिक सञ्जालमा बालेनविरुद्ध केन्द्रित भइरहेका छन् । ठिक त्यही बेलामा एमाले नेता योगेश भट्टराईले संसदमा बोल्दै बालेनलाई आफ्नै आमाको अस्तित्वमाथि चिथोरिरहेको टिप्प्णी गरेका छन् ।

नेताहरुले जेल नेल गएर अहिलेको लोकतन्त्र ल्याएको भन्दै त्यस्ता नेताको मजाक बनाउने भन्दै योगेशले प्रश्न् उठाए । एमाले संलग्न भएको विषयमा मात्र बालेनले बोलेको भन्दै उनले आलोचना गरे ।

प्रतिक्रिया