पहाड फर्क
प्रदीप भट्टः नेपाललाई भौगोलिक हिसावले हिमाल, पहाड र तराई गरी तीन भागमा विभाजन गरिएको छ । यस देशको अक्षांश २६ डिग्री २२ मिनेट उत्तरी अक्षांशदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांशसम्म फैलिएको छ भने ८० डिग्री ४ मिनेट ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर रहेको छ ।
हिमालमा २० वटा जिल्लाहरु रहेका छन् । यश प्रदेशमा न्यून तापक्रम अनि न्यून वर्षा र हिमपातका कारण जनजीवन र विकासमा कठिनाइ हुने गर्दछ । यस क्षेत्रमा बौद्धमार्गीहरुको बाहुल्यता र गुम्बाहरुको प्रचुरता रहेको छ । यस क्षेत्रमा लेकाली र हिमाली हावापानी पाइने, लेकाली र टुण्ड्रा वनस्पति पाइने गर्दछ भने अन्य प्रदेशको तुलनामा यो प्रदेशमा मानवीय बस्ती एकदमै कम रहेको छ ।
नेपालको मध्य भागमा पहाडी प्रदेश पर्दछ जुन समुन्द्री सतहको ६०० मिटरदेखि ३,००० मिटरसम्म फैलिएको छ । यस क्षेत्रमा २९ जिल्लाहरु पर्दछन् । उत्तरमा पूर्वदेखि पश्चिममा महाभारत पर्वतसम्म फैलिएको छ । समशितोषणदेखि ठण्डा समशितोषण हावपानी पाइन्छ ।
तराई प्रदेशमा नेपालका १८ जिल्लाहरु पर्दछन् भने देशको कूल भू–भागको २३ प्रतिशत ओगटेको छ । तराई प्रदेशले नेपालको १७ प्रतिशत भू–भाग ओगटेको छ। त्यसतै भित्री मधेस ७ काठमाडौ उपत्यका ३ जिल्ला रहेका छ्न ।
पछिल्लो केही बर्ष यता हिमाल र पहाड बाट तराई झर्ने तराईमा बसोबास गर्ने मानिसहरुको होडबाजी नै चलेको देखिन्छ जस्को फलस्वरूप पहाड रितिदै गएको छ भने तराई ठाउँनै न पुग्ने अवस्था बनिरहेको छ ।
वास्तवमा तराई बस्न योग्य नभई खेती योग्य उर्वर मलिलो माटो भएको जमिन हो । आर्को शब्दमा भन्दा अन्न फलाउने अन्नको भण्डार हो । मानव बस्तिको लागि तराई उपयुक्त ठाउँ होइन किन भने यस प्रदेशमा गर्मी मौसममा अत्यधिक गर्मी । चिसो मौसममा अत्यधिक चिसो,शितलहर ,महिनौ दिन सम्म घाम नलाग्ने, बर्षाको समयमा पानी अत्यधिक पर्ने तथा हिमालबाट पहाड हुँदै तराईसम्म बग्ने पानीले गर्दा यस प्रदेशमा बाढी,डुबानको जोखिम वर्षेनि हुने गर्दछ जस्को फलस्वरूप मानिस रोगको सिकार हुन पुग्द छ र स्वस्थ संग बस्न पाउदैन पछिल्लो समय हिमाल तथा पहाडबाट सुरक्षित र विलासी जीवन बिताउने प्रवृत्तिको कारण हाल तराईमा बसोबास बाक्लो रहेको छ ।तराई प्रदेशमा जनसंख्या बढ्दै गएको छ ।
तराईमा खेती गरेर अन्न उत्पादन गरेर आफुले खाएर निर्यात गर्नु पर्ने ठाउँमा उर्भर जमिन,हरिया जंगल फाँडेर कंक्रीट्को जंगल निर्माण गरिनु गलत हो । वर्तमान अवस्थामा
निम्न कारणले मानिस तराई बस्न रुचाउँछन्
– स्वास्थ्य र शिक्षाको पहुँच: स्कुल जान घण्टौ हिडन पर्दैन,बिरामी भए बाटोमै मर्न पर्दैन पहाड र हिमालको तुलनामा तराईमा स्वास्थको र शिक्षाको सुबिधा सहज छ ।
-रोजगारीको झिनो अवसर: तराईमा अत्यधिक मानिसको बसोबास र त्यसै अनुरुपको बिकास,बिस्तारले मानिसले सानो भए पनि रोजगारि पाउने आस राख्द छ ।
-विलासी जीवन: अहिलेको मानिस सुखको भोगी छ्न् संघर्ष गर्न डराउँछन् विभिन्न सेवा पहाडको तुलनामा तराईमा सहज पाईने हुदा ।
-गलत होडबाजी: तराईमा जमिन र घर नहुने मानिस पुच्छर नभएको गाई जस्तै हुने एक गलत भास्य निर्माण गरिएको छ ,ज्वाईं बन्न छोरिचेलिको बिबाह गरिदिन समेत तराईको घर जमिन हेर्ने गलत चलन छ यश प्रकारको गलत होडबाजीले मानिस तराई बस्न रुचाउँछन् ।
पहाड किन फर्किने
पहाड मानिसहरुले बसोबास गर्न प्राकृतिक हिसाबले उपयुक्त ठाउँ हो जहाँ मानवीय बसोबासको लागि स्वास्थकर हावापानी पाइने हुँदा स्वास्थ्यको दृष्टिकोणले उपयुक्त वासस्थानरुपमा रहेको छ । पहाडमा मानिसहरु बिच एक आर्कामा सहयोगको भावना छ मिलेर भाइचराको सम्बन्ध राखेर बस्ने समुदाय छ ।
धर्म संस्कृतिको रक्षा गर्दै परम्परा मानिदै आइएको छ पहाडमा । ऐतिहासिक सामाजिक र साँस्कृतिक धरोहरहरु पहाडमा पर्याप्त छ्न् । तसर्थ ,खेतीयोग्य र ब्यवस्थित बसोबासको बैज्ञानिक निति नियम हरु राज्यले बनाउन आवश्यक छ । तराईको खेतमा घर र पहाड र हिमाल मानव बस्ती बिहिन हुने अवस्था आउने देखिनु समग्र रास्ट्रका लागि समेत घाटा हो ।
त्यसैले तराईको खेती योग्य जमिनमा खेती नै गरौ । खेतीयोग्य उर्वर जमिनलाई मासेर हरियो जंगल फाडेर घरैघरको कंक्रीटको जंगल निर्माण न गरौ तराईमा धेरै बसोबास हुनाले एकातर्फ खाद्यान्न उत्पादन घट्यो आर्को तिर मौसमका हिसाबले मानिसलाई बस्न हैरान आजभोलि अत्यधिक गर्मी केही दिन पछि सितलहर ,अनि डुबान त्यसैले अब के गरौ भने पहाडको जमिन बाझो छोडेर ,घरमा ताला ठोकेर पाँच धुर जमिन किनेर तराई बसेकाहरु आउनुहोस् पहाड फर्कनुहोस् । हो पक्कै भौतिक विकासमा पछाडि छ पहाड । आर्थिक रुपमा समृद्ध छैन पहाडमा । तपाई हामी मिलेर पहाड समृद्ध बनाउनुछ । पहाडमा अब अवसरहरु झन् देखापर्दैछन् । साधन र स्रोतको उचित सदुपयोग गरेमा पहाड आकर्षणको केन्द्र बन्छ । भनिन्छ पहाडमा पानी र जवानी रहँदैन । अब दुवै रहने अवस्था बनाउनुपर्छ । त्यसैले पहाड विकसित बनाऔं, सफा ,स्वच्छ ,हराभरा वातावरणमा स्वस्थ भएर रमाऔं ।