१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सरकारको सबै निकाय लाग्दा पनि अमेरिकाले सन्दिप लामिछानेलाई भीसा दिएन


747
Shares

काठमाडौं, १७ जेठ । नेपालका क्रिकेट स्टार सन्दीप लामिछानेलाई अमेरिकाबाट भीसा दिलाउन सरकारको सबै जिम्मेवार निकाय लागिपरेका थिए । सबै किसिमको पहल गर्दा पनि लामिछानेले भीसा पाएनन् ।

ट्वेन्टी ट्वेन्टी विश्वकप खेल्नका लागि सन्दीपका लागि भीसा अनिवार्य हुन्थ्यो । वेष्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा हुनलागेको विश्वकप क्रिकेटमा सन्दीप महत्वपूर्ण खेलाडी थिए । तर, उनले अन्तिम समयमा भीसा पाएनन् ।

क्यानले सन्दिप लामिछानेको भीसाका लागि कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघ सार्थ आइसीसीबाट समेत आवश्यक पहल भएको तर अमेरिकी दूतावासले भीसा नदिएको जनाएको छ ।

बलात्कारको मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका सन्दिपलाई पुनरावेदन अदालतले सफाई दिएको थियो । उनको सफाई प्रति पश्चिमा देश तथा आइएनजीओबाट अनुदान लिदै आएका अधिकारकर्मीहरुले विरोध गर्दै आएका छन् । यसकारण पनि सन्दिप लामिछानेले भीसा नपाएको विश्लेषण भइरहेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया